
अनदेखा राज्यः
अग्ला अग्ला भ्यूटावरतिर ध्यान पुग्छ, शासकहरुको । तर,हजारौ वर्ष पुराना ऐतिहासिक सम्पदाप्रति पुग्दैन नजर । यस्तो नियतीबाट देश आजित छ,कंक्रिटका भ्युटावरमा ५० औ अर्ब पैसाको खोलो बगिसकेको छ, यस्ता कंक्रिटतिर । यो हदसम्मको बेवास्ता शासकहरु मात्रै होइन, संरक्षण अभियान्ता होउन्,या नागरिक समाजहरुको पनि उस्तै उस्तै देखिन्छ, चालामाला ।

भनिन्छ नि, कस्तुरीले वीनाको सुगन्ध खोजेर देश दुनियाँ चाहारे जस्तै छ,यहाँको चलन। घर आँगनकै सम्पत्तिप्रति अनदेखा गर्दछन्, घरदैलोको सिँहदरबार भनिएका स्थानीय सरकारले पनि । त्यस्तै अनदेखा गरिएको एउटा जिउँदो उदाहरण हो, पुरानो शहर बटौलीको। आधुनिक राज्यमा बुटवल भनिने यस नगरको एक कुना छ, एउटा त्यस्तो पुरातात्विक सम्पदा । जुन एक कुनामा साढे तीन सय वर्षदेखि घिटिघिटीमै छ। त्यस्तो ऐतिहासिक सम्पदा हो, नारायण मन्दिर। हरेक वर्ष पर्यटक ल्याउँछु भन्दै ठूला ठूला दस्तावेज लेख्दै आएको बुटवल उपमहानगरले नदेखेको सम्पदा हो,यो ।
फौजदार मनिराज र नारायण मन्दिरः
इतिहासविद् डा. गितु गिरीद्धारा लिखित “लुम्बिनी अञ्चलका सांस्कृतिक पर्यटकीय स्थलहरु” पुस्तकमा उल्लेख भए अनुसार बुटवल उपमहानगर १ मा रहेको छ, यो नारायणको मन्दिर। जुन मन्दिरको निर्माण मनिराज चन अर्थात मनराज मास्केले गरेका थिए। प्राप्त लालमोहरमा मनराज मास्के नाम उल्लेख छ, यद्यपि डा गितु गिरीको पुस्तकमा मनिराज चन भनिएको छ। तत्कालीन नेपाल एकीकरणमा उल्लेख्य योगदान पुराएका फौजदार हुन् मनिराज । जसले अमरसिंह थापाको नेतृत्वमा चलेको अंग्रेज विरुद्धको लडाइमा उजिरसिंह थापालाई सघाएर उनले ठूलो कुर्बानी गरे ।

बुटवलको जितगढीबाट अंग्रेज सेनालाई परास्त गर्न उनको ठूलो योगदान भएपनि उनको ऐतिहासिक बलिदान छाँयामा छ। उनै मनराज मास्केले निर्माण गरेको श्री ७ मन नारायण अर्थात नारायण मन्दिरको विनायकपुरमा १३९ विघा जमिन छ, साथै ठूलै मात्रामा सुनचादी गरगहना लगायतका सम्पत्ति र जायजेथा भएको पनि पाइन्छ।
सुगौली सन्धिको जिउँदो इतिहासः
सुगौली सन्धिसंग जोडिएको इतिहासका एक जिउँदो प्रमाण हो, मन्दिर ठूलो पुरातत्व विभागले जिर्णाेद्धार गर्न भन्यो, गएका ३ वर्षका दिनहरुमा ५० लाख दामपैसा खर्च गरेको देखिन्छ। तर, यति महत्वपूर्ण ऐतिहासिक सम्पदा असरल्ल परिरहँदा पनि किन कोही कसैको आँखा खुलेन भन्दै प्रश्न गर्दछन्, पाल्पाका एक अभियान्ता पदम न्यौपाने । उनी भन्छन्, “यति महत्वपूर्ण सम्पदाको विषयमा गुठी संस्थानदेखि स्थानीय सरकार व्युउँझ, संस्कृति र सम्पदा मर्न नदेउ। मन्दिरको जायजेथा के कति हो, बेलैमा सम्भार गरिदेउ ।”

मन्दिरमा रहेको शिलालेखमा उल्लेख भए अनुसार यस मन्दिरको स्थापना विक्रम सम्वत १७२९ सालमा भएको देखिन्छ, इतिहास विद्डा. गितु गिरीले आफ्नो लुम्बिनी अञ्चलका सांस्कृतिक स्थलहरु भन्ने पुस्तकमा विक्रम सम्वत १७६५ भनेर उल्लेख गरेका छन्। यस मन्दिर कसले मनिराजका पूर्खाले बनाएको देखिन्छ, शिला लेखमा उल्लेख भए अनुसार आज भन्दा साढे तीन सय वर्ष पहिले निर्माण भएको श्री ७ मननारायण मन्दिर भने बटौली शहरभित्रै हराइरहेको छ। पर्यटकीय महत्व भएको यस सम्पदाको अबिलम्ब जिर्णाेद्धार गरी संचालनमा ल्याउन विशेष गरी स्थानीय सरकारले जाँगर देखाउनुपर्ने हो। विडम्बना, स्थानीय सरकार बुटवल उपमहानगरपालिका अनदेखा गर्दै आइरहेको छ, भने पुरातत्व विभाग आधा करोडको हाराहारीमा लगानी गरेर सुस्ताएको देखिन्छ।

श्री ७ मन नारायण गुठीको नाममा रहेको १३९ विगाह जमिनको विषयमा गुठी संस्थानले खोज्न थालेकोछ, यही मिति २०८१ असार ७ गतेका दिन गुठी संस्थानका कानून अधिकृत जनक पोखरेलले मालपोत कार्यालय रुपन्देहीलाई विवरण बुझाउन पत्रमार्फत भनेका छन्। यस अघि पनि संस्थानले गुठीको विवरण मागेको थियो,तर मालपोत कार्यालय रुपन्देहीले विवरण पठाउन आलटाल गर्दै आएको देखिन्छ।

