३ असार २०८३, बुधबार | Wed Jun 17 2026

युवतीमाथि दुर्व्यवहार गरी सामाजिक संजालमा भिडियो पोष्ट गर्ने रमेश ठाडा मगर पक्राउ !


३ असार २०८३, बुधबार  


प्रहरीले एक युवतीमाथि दुर्ववहार गरेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्ने व्यक्तिलाई गएराति पक्राउ गरेको छ।
दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका वडा नं. २ भमके बस्ने वर्ष २४ को रमेश ठाडा मगरलाई प्रहरीले पक्राउ गरेको हो।

दाङ प्रहरीका अनुसार उक्त भिडियो गएको चैत्र महिनामा तुलसीपुर बस्ने एक युवतीलाई भमके स्थित जंगलमा लगी खुकुरी देखाइ डराई धम्काई गरी कुटपिट गरेको पाइएको छ। तीन महिना अघिको भिडियो बनाई यही असार २ गते बेलुकी ८:३० बजेको समयमा आफ्नै फेसबुक आईडीबाट सामाजिक संजालमा पोष्ट गरेको प्रहरीले बताएको छ।

भिडियो क्लिप फेला पर्नासाथ इलाका प्रहरी कार्यालय तुल्सीपुर दाङबाट प्रहरी नायव उपरीक्षक होम बहादुर पराजुली सहितको प्रहरी टोलीले निज रमेश ठाडा मगरलाई आफ्नै घरबाट गएराति १०:४०बजेको समयमा नियन्त्रणमा लिएको हो। आरोपित रमेश ठाडा मगरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको दाङ प्रहरीले बताएको छ।

प्रहरीले निजको घर कोठा खानतलासी गर्दा निज सँगै संगै रहेका बालापुर बस्ने बर्ष २१ को जिबराज खत्री समेतलाई पक्राउ गरेको छ। निज रमेश ठाडा मगरको कोठामा लुकाई छिपाई राखेको pragams १ ट्याबलेट,Trohmo ४१ ट्याबलेट, Antikop२ ट्याबलेट र Nitrazohm५ ट्याबलेट लागू औषध फेला पारी रितपुर्बक बरामद दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भैरहेको प्रहरीले सरजु अनलाइनलाई बताएको छ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  ८ : २१ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित