शनिबार काठमाडौकाे भृकुटीमण्डपमा माओवादी अध्यक्ष प्रचण्डले दलाल ,भ्रष्ट र माफियाहरूकाे सत्ता समीकरणकाे खुबै परिभाषा र व्याख्या गरे। विवादास्पद व्यापारी मिनबहादुरकाे दानदातव्यले बदनाम भएको एमाले र एमालेका एकल कमान्डर ओलीमाथि निर्मम ढंगले प्रहार गरे।
विवादास्पद सञ्चार उद्ममी रामेश्वर थापाकाे अड्डामा मध्यरातमा भएको कांग्रेस एमाले राजनीतिक लेनदेनकाे खुबै चर्चा गरे।तर, आ फूले पनि कांग्रेस र एमाले जस्ता भ्रष्ट दलसँग सत्ता उठबसलाई त्यति कमजोरी ठानिनन्।यद्यपि चुनावी तालमेल र सत्ता लेनदेन गरिनु गल्ती भएको अभिव्यक्ति दिए।
पछिल्लो समय राष्ट्रिय राजनीतिमा अलि पाका र परिपक्व देखिने प्रचण्ड शनिबार भने निकै गर्जिए। ओलीसंगकाे सत्ता धरापबाट बिच्किएका उनी समकालीन राजनीतिका शीर्ष तीन अनुहार देउवा ओली भन्दा धेरै गुुणा वेदागी छन्। परिवारवादकाे दाेषाराेपण खेप्नु बाहेक उनीमाथिका अन्य आराेपहरू मिथ्या र प्रतिशाेधी मात्रै हुन्।
तर,राजनीतिक नाफा र घाटामा तराजु चिन्न सक्ने माहिर खेलाडी प्रचण्ड धेरै बाठाे बन्दा सत्ताबाट चिप्लिएकाे पक्का हाे।ओलीकाे प्रतिशाेधी भाव र देउवाकाे भ्रष्टाचार काण्डकाे याेगफलकाे परिणाम उनी बिच्काईएका हुन्।
जनयुद्धको भीषण र निर्मम यात्राबाट शान्तिपूर्ण राजनीतिकाे राजमार्गमा हिडिरहेका प्रचण्ड र उनको दल माओवादी अधिकांश समय सत्तामा छ। नामुद ठग ठेकेदार शारदाप्रसाद अधिकारीकाे दरबारमा बस्दै आएका उनी पछिल्लो समय करिब १९ महिना सत्ताकाे स्टेरिङ घुमाए ।पार्टी भित्रका नेता नारायणकाजी श्रेष्ठकाे साथमा रहेकाे पछिल्लो उनको कार्यकाल तुलनात्मक रूपले उपलब्धिमूलक रह्याे। कांग्रेसका शक्तिशाली नेतादेखि आफ्नै पार्टी उपाध्यक्ष कृष्णबहादुर महरालाई समेेत अनुसन्धानमा ल्याएकाे थियोे उनको सरकारले ।तत्कालीन गृहमन्त्री काजीले नक्कली भुटानी शरणार्थीकाे फाईल खाेलेर माओवादीकाे छवि उचाे बनाएकाे हाे।
सत्ताबाट बाहिरीएकाे माओवादी सय दिनपछि सडकबाट गर्जियाे। शनिबारकाे काठमाडौकाे गर्जन अपेक्षा भन्दा बढी देखियाे। भ्रष्टाचार र कुशासनले ओली सरकार डुङ्डुङ्ती गन्हाइरहेकाे बेला माओवादीकाे सडक गर्जन अलि तेज बढी देखियाे। यद्यपि भ्रष्ट शासनकाे नैतिक जिम्मेवारीबाट माओवादीलाई अलग हुने सुविधा भने छैन। जनताप्रति गरिएको बाचा विर्सिएर सत्ता गणितमा लाग्नु गम्भीर भुल थियोे । यद्यपि माओवादी अध्यक्ष प्रचण्डले गम्भीर गल्ती भएको हजारौं कार्यकर्ता अघि भनिसकेका छन् ।तर, उनी मुद्दामा अडान हुन्छन् या हुन्नन्। यसै ठाेकुवा त गर्न सकिन्न ।किनकि उनको मुख्य समस्या भनेको नै अस्थिरता हाे।गतिशील प्रचण्डकाे अस्थिर प्रवृत्तिले नाफा भन्दा बढी नाेक्शान पुराएकाे छ। शनिबारकाे कार्यक्रममा जे अभिव्यक्ति दिए, त्याे यथार्थ हाे।तर, मुलुककाे तीन प्रधानमन्त्री भएको, संविधान र व्यवस्थाकाे अभिभावक भएको नाताले त्यो अभिव्यक्ति उपयुुक्त देखिन्न। कांग्रेस महामन्त्री विश्व प्रकाश शर्माले भने जस्तै तुलनात्मक प्रचण्ड अघि बढाै भन्दा सहजै बढ्ने , फर्काै भन्दा सहमत हुने सरल नेता हुन्। यस्तो भन्नुकाे तात्पर्य हाे,प्रचण्ड व्यवहारिक र जिम्मेवारी बाेध गर्ने एक नेता हुन्। राष्ट्रले पत्याएका, राष्ट्रिय समस्यामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ। भरखरै गएकाे असाेज ११-१२ काे प्राकृतिक विपतमा पनि उनलेे त्याे पहलकदमी देखाएका थिए।तर, पर्याप्त थिएन।
यतिबेला देश त्यो विपत्ती भन्दा ठूलो समस्यामा छ। जनताका दैनिकी अत्यन्तै कष्टकर छ।मुलुककाे राष्ट्रिय उत्पादन ध्वस्त छ।भ्रष्टाचार र कुशासनले जर्जर छ, मुलुक । माफियाहरूले आफू अनुकूल सरकार बनाउने र भत्काउने गरेका छन् ।दलका नेता माफियाका एस म्यान भएको छन् ।जुन कुरा प्रचण्डले शनिबार पनि दाेहाेर्याए। तर ,बिडम्वनाकाे कुरा याे छकि राष्ट्रिय स्तरको त्याे नेताले सत्तामा हुँदा तिनै माफिया र दलाल नदेख्ने।तर, सत्ताबाट ओर्लिएकाे भाेलिपल्टबाट देखिने याे के प्रवृत्ति हाे ? जनता यही प्रश्नको जवाफ खाेजिरहेका छन् , के माओवादी सुप्रिमाे यस प्रश्नको जवाफ दिन सक्छ ?








