राजनीतिक विज्ञानको शाश्वत सत्य नियम भन्छ, समाज अघि बढ्छ,तर, पछि फर्किदैन।यही वास्तविकतालाई गिज्याउने गरि पछिल्लो समय केही मानिसहरू गणतन्त्र उल्टाउछौ, भन्दै सडक,संसद र सञ्जालमा रोइलो गरिरहेका छन् ।
रोईलोकै भरमा समयको चक्का पछि धकेलिदैन, यो वास्तविकता हो, यत्ति कुरा आजभोलि हाहा हुहु गरिरहेका उनीहरूलाई पनि राम्रोसँग थाहा पनि छ। तर, नेपाली राजनीति ढाँट,झुट,जालझेल षड्यन्त्र र चुक्लीको रणनीतिबाट चल्छ भन्ने कुरा बुझेका उनीहरूले त्यही गरिरहेका छन् ।जे नगर्नु पर्ने थियोे ।
यति भनिरहँदा गणतन्त्रका शासकहरू ठिक छन् भन्ने होईन। उनीकै बेधर्मले जनतामा आ क्रोश थामिनसक्नु छ। गणतन्त्रका नालायक अनुहारहरूको घिनलाग्दो चरित्रका कारण नै राजावादी समूहको नक्कली राजनीति पनि सशक्त बन्ने गरेको हो । सत्तामा पुग्न र पद बाँड्न उनीहरू मसानघाटको राजा बोकिरहेका छन् । राप्रपाका लिङ्देन, रवीन्द्र मिश्र र ज्ञानबहादुर शाही राजावादी होईनन्।
उता दुर्गा प्रसाईले राजावादी नभइ राष्ट्रवादी भएको प्रष्ट्याएका छन् यश अघि नै ।खाँटी राजावादी धवल शमशेर ,पशुपति शमशेर र कमल थापाहरू हुन्। तर, शमशेर र थापाहरू कर्नरमा छन् । अवसर आ ए यिनी पनि सशक्त हुनेछन् । कमल थापा पनि गणतन्त्रका पूर्व उपप्रधानमन्त्री हुन्।त्यसको क्षति राप्रपा अध्यक्ष पद फुत्क्यो। हार नस्विकारी लिङ्देनको खेदो खनिरहे।विभित्र थरीका नक्कली सक्कली राजावादीहरू सबैको एकै स्वर छ। राजतन्त्र राजसंस्था पुनःस्थापना गरेरै छाड्छौ।
यद्यपि राजसंस्था होस् या राजतन्त्र पुनःस्थापना हुने कुरामा स्वयं शाह नै विश्वस्त छैनन्। पृष्ठभूमि व्यापारी भएपनि अन्तर्राष्ट्रिय तथा घरेलु राजनीतिको नौ नाडी छाम्न सक्छन् ज्ञानेन्द्र शाह। कागताली परेर दुई पटक राजा भएका उनी गणतन्त्र भित्र मौलाएको भ्रष्टाचारको पुल तरेर नारायणहिटी फर्किने कुचेष्टा भने गरिरहेका छन् । २००७ साल र २०५८ जस्तो अप्रत्याशित परिस्थिति बन्ला कि भनेर ढोक्सा थापेर बसेका छन् ।तर, ढोक्सामा माछा परिहाल्ला भन्नेमा उनी स्वयं विश्वस्त छैनन् ।
गणतन्त्रका सत्ताधारीहरूले जति धेरै कुकर्म गर्दै जान्छन् , त्यति छिटो माहोला बन्दै जान्छ भन्नेमा भने उनी विश्वस्त देखिन्छन् । उनलाई उचालेर नारायणहिटीमा पुनः विराजमान गराउन हिडेका भाइहरूको भने मेल देखिन्न ।दुईवटै समूहले राजा फर्काउँछौ भनिरहेका छन् ।तर, दुईवटै समूह सुन्नी र सिया झै गरिरहेका छन् ।एकले अर्कोलाई स्वीकार्दैनन्।बरू, कसले शाहलाई धेरै रिझाउने र राजतन्त्र पुनःस्थापना भैहालेमा जस लिएर लाभ लिने भन्ने मै तछाडमछाड भएको देखिन्छ ।
यो तथ्य र यथार्थता ज्ञानेन्द्र शाहले राम्रोसँग बुझेका छन् । यति मात्रै होईन, हिजो जुन तागतले राजतन्त्र फालियो, त्यही तागत चाहिन्छ फर्काउन पनि ।यो विज्ञानसम्मत कुरा हो। प्रहरीले दिएको जानकारी अनुसार १५ हजारले गएको फागुन २५ मा ज्ञानेन्द्रको स्वागत गरे।
यीनै मानिसले व्यवस्था उल्टाउन सक्ने कुरा पनि भएन । दुईचार वटा युट्युबरले हल्ला गरेको भरमा व्यवस्था फर्किने पनि होईन। मुलधारको मिडिया चिहानमा पुगेको राजतन्त्र फर्काउने विषयमा कहिल्यै सहमत हुन्न ।हिजो यीनै शाहको सैन्य शासनको ज्यादती बेहोरेको थियोे नेपाली मिडियाले ।त्यही शासकलाई सत्तामा फर्काएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको कत्लेआम गर्न कदापि सहमत हुन्न।
राजावादीले सामाजिक सञ्जालमा उल्टि गरेकै भरमा गणतन्त्रलाई खतरा होईन मजबुत बनाउँछ। कम्तीमा शासकहरूको चेत खुल्छ। यो सकारात्मक कुरा हो । सडकमा चर्को आवाज बोल्ने कुनै न कुनै त चाहिन्छ नै ।
अर्को कुरा राजावादीले ५० हजार मानिस सडकमा उतारे गणतन्त्रवादीले ५० लाख उतार्न सक्छन् भने संसदमा ९०प्रतिशत बढी गणतन्त्रवादी छन् । सत्ता उनीहरू कै छ। यस्तो प्रतिकूलताको बीचमा राजतन्त्र फर्काउने कुरा आगोमा पुतली झम्टे जस्तै हो। सरकारले सदाशयता देखाएको छ। बल प्रयोग गरेमा धेरैको बास खोरमा हुन सक्छ। राजावादीका पछि धेरै लाग्दैनन्। पूर्व पञ्च र तिनको रयलपयल खाएको सानो युवा जमात छ। त्यही समूह सञ्जा ल र सडकमा तीन हात उफ्रिरहेको छ। न कुनै एजेन्डा छन् । न कुनै जनजविकाका सवाल छन्। हावामा तथानाम चर्को बोलेर भाईरल बन्ने भिड छ।यस्तो भाइरल भीडले व्यवस्था फर्किन्न।
उता घरेलु परिस्थिति र दबाब नबनि छिमेकीको शुभ आशिरवादले पनि प्रभाव पार्न सक्दैन । यी र यस्ता तथ्य र यथार्थताको कारण लिङ्देनहरूले बोकेर हिडिरहेको मृत राजतन्त्र फर्किदैन।उनीहरूको यो दबाब देश बनाउन ,सत्ता पक्षलाई सुशासनमा हिडाउन भन्दा पनि बार्गेनिङ पावर बढाउन हो।
यत्ति कुराको यथार्थतालाई बुझ्न पनि नसकेकाहरू लिङ्देनदेखि प्रसाईका हाहा र हुहसमा कुदेका छन ।राजतन्त्र उठाएर ल्याउने उनीहरूको घुर्कि छ।
गणतन्त्रवादीसंग चुनावी तालमेल र सत्ता लेनदेन गरेका गणतन्त्रका पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन राजतन्त्रको स्थापना गर्न हिडेका छन् ।
यो आफैमा राजनीति अनैतिकता हो। हुन त नेपाली नेताहरूमा नैतिकता र ईमानदारीता भन्ने उनीहरूको डिस्नेरीमा हुदैन ।यदि त्यसो हुन्थ्यो भने राजनीति सबैभन्दा प्रतिष्ठा र सम्मानको विषय हुन्थ्यो । विडम्बना ,ईमान र नैतिकताको राजनीति नेपालीका लागि सपना कै कुरा भए। यही महारोगबाट राजा ल्याइदिम् ल्याइदिम् भन्दै आएका लिङ्देन समूह पनि अनैतिक र अराजकताको हिसाबले ओली प्रचण्ड र देउवा भन्दा फरक छैन र भिन्न छैन।
जुन कुरा राजावादीभित्रका अर्को समूह दुर्गा प्रसाईले संसद छोडेर सडकमा आउन भनिसकेका छन् ।तर, लिङ्देनहरू गणतन्त्रको नमक खाएर राजतन्त्रको सिनो बोकेर हिडिरहेका छन् ।