१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

विषादिका कारण गण्डकी गाउँपालिकामा फैलिदै ‘क्यान्सर’ !


१२ भाद्र २०८१, बुधबार  


गण्डकी गाउँपालिकामा क्यान्सरका रोगीहरुको संख्या ह्वात्तै बढेको पाइएको छ। तरकारी खेतीमा किरा मार्न विषादिको अत्यधिक प्रयोग भएपछि क्यान्सरका बिरामी बढेको पाइएको हो । गाउँपालिकामा ६१ जनामा क्यान्सर रोगका कारण बिरामी भएको पाइएको छ। जुन गएको वर्ष यस्ता बिरामीको संख्या ५५ थियो, भने यस वर्ष बिरामीको त्यो सख्या बढेृर ६१ जना पुगेको गाउँपालिका अध्यक्ष दीपक तिमिलिसनाले सरजु अनलाइनलाई बताए।

उनले भने, “बिरामीको संख्या गएको वर्ष भन्दा यस थप वर्ष बढको छ। तरकारी खेती गर्ने किसान मात्रै होइन, गाउँका अन्य मानिसहरु पनि क्यान्सर रोगबाट पीडित भएका छन्। क्यान्सर कसरी फैलिरहेको छ, भन्ने कुनै ठोस अनुसन्धान नभएपनि तरकारीमा विषादिको अत्यधिक प्रयोगबाट हुन सक्छ,। यद्यपि हामी यस विषयका ज्ञाता होइनौ, मेडिकल साइन्सको मान्छे नभएपनि हाम्रो अनुमानले त्यस्तै देखाउँछ। अध्यक्ष तिमिल्सिनाका अनुसार रोग लुकाउनेहरुको संख्या धेरै हुन सक्छ।” यति मात्रै हाेईन, १५ जनाकाे मृगौला फेल भएको छ। क्यान्सर बिरामीलाई पालिकाले ५ हजार मासिक खर्च दिदै आएकाे छ। यस्ता बिरामी अरू पनि हुन सक्ने अनुमान गरिएको छ। धेरै मानिसहरुले रोग देखाउन अप्ठ्यारो मान्छन्। सबैको स्वास्थ्य जाँच गर्ने हो, भने यो संख्या धेरै हुन सक्ने देखिन्छ ।

यस गाउँपालिकाको जम्मा क्षेत्रफल करिब १२४ वर्ग किलोमिटर रहेको छ । यस गाउँपालिका भित्र विभिन्न जातजाती हरुको बसोबास रहेको छ जसमा प्रमुख जातजाती हरु ब्राहमण,नेवार ,मगर, गुरुङ,चेपाङ,छेत्री,सार्की आदिको मिश्रित बसोबास रहेको छ ।राष्टिय जनगणना २०७८ अनुसार यस पालिकामा २५ हजारको जनसंख्या छ। एउटै गाउँपालिकाभित्र क्यान्सर जस्तो जटिल रोग फैलिनु निकै चिन्ताको विषय हो । यद्यपि यस्ता क्यान्सरका बिरामीहरु अन्य पालिकामा पनि नभएको भने होइन। तर, यस पालिकामा हरेक वर्ष क्यान्सरका बिरामीको दर तीब्ररुपले बढ्नु गम्भीर विषय हो ।

यस विषयमा संघीय स्वास्थ्य मन्त्री प्रदीप पौडेलसंग जानकारी लिने हामीले प्रयास गरेका थियौ। तर, मन्त्री पौडेल सम्पर्कमा आएनन्। उता कृषि मन्त्रालयका प्रवक्ता प्रकाश सन्जेलसंग पनि सम्पर्क गर्न खोजिएपनि मोबाइल फोन उठेन । यस गाउँपालिकामा तरकारी खेती हुँदै आएको छ। यहाँबाट पोखरा काठमाडौ लगायतका शहरमा निर्यात हुने गरेको पनि बताइएको छ। साथै यस गाउँपालिकाको पूर्व दक्षिणमा धादिङ,पश्चिममाः चितवन जिल्ला,उत्तरमाः शहिद लखन गाउँपालिका रहेका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ५ : २४ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित