२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

उपसभामुख जोडिएको संस्थाले भन्यो, ‘बालमन्दिरबाट लगिएका बच्चा पढ्दै छन्’


१० भाद्र २०८२, मंगलबार  


उपसभामुख इन्दिरा रानामगर जोडिएको संस्थाले बालमन्दिरबाट लगेको ५ जना बालबालिकाबारे प्रहरीलाई जवाफ पठाएको छ ।

रानामगर उपसभामुख बन्नुभन्दा पहिले नै २०७२ कार्तिकमा ‘पीए नेपाल’ नामको संस्थामा बालगृहले पठाएको बालबालिका नफर्केको घटना सार्वजनिक भएको विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले त्यसबारे चासो राखेको थियो ।

सीआईबी मातहतको मानव बेचबिखन ब्युरोले लेखेको पत्रको जवाफ दिँदै मंगलबार पिए नेपाल ९बन्दी सहायता नेपाल०ले बालबालिकाहरु अहिले पढिरहेको जानकारी गराएको हो ।

बालमन्दिरबाट लगेको भनिएको बालबालिका अहिले अध्ययन गरिरहेको भनेर पिए नेपालले जानकारी गराएको मानव बेचबिखन ब्युरोका एसपी नरेन्द्र कुँवरले बताएका छन् ।

उनले भने, ‘त्यसबेला जेलमा भएका अभिभावसँग अनुमति लिएर बालबालिका लगेको उहाँहरुले हामीलाई बताउनुभएको छ ।’

यस संस्थाले अहिले बालबालिकाहरु कक्षा १२ र बिए पढ्दै गरेको भनेर प्रहरीलाई भनेको छ । एसपी कुँवर भन्छन्, ‘उहाँहरुले पढ्दै छन् भनेर भन्नुभएको छ, हामी क्रस भेरिफिसकेशन गर्छौँ ।’

रानामगर तत्कालीन अध्यक्ष रहेको ‘पीए नेपाल’ले सिफलस्थित बालगृहबाट पाँच बालबालिका लगेर र उनीहरू नफर्केको भन्दै केही सत्ता निकट सञ्चारमाध्यममा सार्वजनिक भएको थियोे ।त्यसपछि त्यसबारे सीआईबी मातहतको मानव बेचबिखन ब्युरोले तथ्यबारे चासो राखेको हो ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ७ : २४ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित