सेयर बजारमा सुधार आएको छ । मंगलबार पनि बजार १७.८० अंकले वृद्धि हुँदै सुधार आएकाे हाे ।
साताको तेस्रो कारोबार दिन बजार परिसूचक २ हजार ७७५.८५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । सोमबार पनि बजार २० अंकले वृद्धि भएको थियो ।
आज पनि बैंकिङग् समूह, विकास बैंक, होटल तथा पर्यटन, लगानी समूह, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूह घटेको छ । यी बाहेकका अन्य समूहहरु भने हरियाली बनेका छन् ।
बजार बढेपनि कारोबार रकम भने घटेको छ । सोमबार १० अर्ब बढीको सेयर खरिदबिक्री भएको थियो । तर, आज भने ८ अर्ब ५२ करोड १२ लाख १९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
आज ङादी ग्रुप पावरको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको २६ करोड ७४ लाख ३७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
यस्तै, जानकी फाइनान्सको २६ करोड ५१ लाख, बेष्ट फाइनान्सको २४ करोड ६ लाख ३२ हजार, एनआरएन इन्फ्रास्ट्रक्चरको २३ करोड ८७ लाख २३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएकाे छ।