घुस प्रकरण चुहिन्छ।लेनदेनको सम्वाद आँधी झै फैलिन्छ। चोैतर्फी विरोध हुन्छ। छताछुल्ल हुन्छन्,प्रमाणहरु। सडकदेखि सदनसम्म चर्चा अडियोकै हुन्छ। चिया चमेनादेखि चिन्तन चोैतारीसम्म जग्गाको घुस प्रकरणको तुँवालोले छपक्क छोपिन्छ। अख्तियार अनुसन्धानमा पस्छ। चौतर्फी दबाबपछि मन्त्री राजकुमार गुप्ताले राजिनामा दिन्छन्।
राजिनामाले मात्रै बैठान हुन्न, यो प्रकरण । किनकी गुप्तासंग बहालवाला भूमि व्यवस्था मन्त्री जोडिन्छन्। बहालवाला मन्त्री अधिकारीसंगै पूर्व मन्त्री रन्जिता पनि यो खेलमा देखा पर्छिन्। पशृुपतिको दर्शन गर्दा पनि उनलाई नगददेखि नरिवल तेल असुल्न भ्याइ नभ्याइ हुन्छ। यता गुप्तासंगै मुछिएका मन्त्री वलराम अधिकारीले राजिनामा दिन्नन्। बरु, ओलीको ढाडसमा अधिकारी पत्रकार सम्मेलन गर्छन्।
विवादित भूमि विधेयक फास्ट्रयाकबाट पास गर्ने ओलीको गोटी बन्छन्। विचोैलिया वर्चस्वमा सिंगो एमाले शहीद हुन तयार हुन्छ। यति घिनलाग्दो ओलीको खेल भइरहँदा पनि कांग्रेसले भद्र सहमति गर्र्न तयार हुन्छ। विश्वप्रकाश, गगन र शेखरले धम्काए झै गर्छन्। शेरबहादुर ओलीलाई इमान्दार भन्दै तारिफ गर्दछन्। घुस प्रकरणको गर्भगृहमा रहेको तथ्य बाहिर आउँदैन।तैपनि अति भएपछि खति भने झै घुस डिल गरको अडियो बाहिरिन्छ।
गिरीबन्धु र नक्कली भुटानी शरणार्थी काण्डका नायकहरु उत्साहित हुन्छन्। बाल्कोटको आदेश र फरमान आउँछ। सरकारको यस्ता घिनलाग्दा कुकर्मको बचाउ डटेर बचाउ गर्नु भन्दै नेता कार्यकतालाई ओलीले आदेश गर्छन्। भ्रष्टाचारले ह्वास्सै गन्हाउँदा पनि आदेशपालक कार्यकर्ता चूँसम्म गरेर बोल्न सक्दैनन्। जे जे बाल्कोटको आदेश आउँछ। उनीहरु त्यही त्यही गर्छन्। कम्युनिष्ट पार्टीको कार्यकर्तामा आलोचनात्मक चेत हुनपर्र्ने हो। विडम्ब्ना, त्यो चेत सबै ओलीकै आदेशले भुत्ते भइदिन्छ।
घुस प्रकरणमा राजकुमार गुप्ताको घुस डिल मात्रै होईन ।यहाँ थरुहट जगमा उदाएकी रञ्जिता श्रेष्ठको संलग्नता पनि देखिन्छ। उनले नगददेखि नरिवलको तेलसम्म माग्ने गरेका अडियो र शब्द सन्देशले देखाउँछन्। जुन कुरा आफैमा निकै डरलाग्दो र चिन्ताजक हो। थरुहटबाट उदाएको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष हुन्,रन्जिता श्रेष्ठ । थरुहट आन्दोलनको उत्कट उन्मुक्तिको एउटा आशाको किरणको रुपमा हेरिएको थियो। तर, एउटा अडियोको आवाजले नै धुलिसात बनाउँछ ।
एमाले कांग्रेसको सत्ता मैमत्तता चुलिन्छ।
संसदमा प्रमुख हिस्सेदारी भएकोमा उनीहरुमा अहंकार निकै झाँगिन्छ। विपक्षीलाई जेलको खोरमा र आफ्ना भ्रष्टहरुलाई काखमा च्याप्छन्, ओली देउवा । सत्तारुढ एक सुत्रिय राज्यदहोन एजेण्डामा निर्लिप्त हुन्छन्। भ्रष्टाचारमा संलग्न भित्रीयाहरुलाई उन्मुक्ति दिन राज्यसत्ताको चरम दुरपयोग गर्छन्। बार,महिना र अनुहार हेरेर कारबाहीको डण्डा चलाउँछन्। सबै संयन्त्रको अचाक्ली दलिय दलालीकरणमा मुलुकलाई चुर्लुम्म डुबाइन्छ।
सुशासनको गफाडी प्रधानमन्त्री घुस डिलका नाइकेसंग कुम जोड्छन्। सिंहदरबारमा घुस डिल गरेर कीर्तिमान कायम गरेका उनै बलरामलाई फास्टट्रयाकमा भूमि विधेयक पास गराउन लिट्टो कसेर लाग्छन्। उनी ढुक्क देखिन्छन । भ्रष्टाचारमा भाग मिलाउने देउवासंग उनको जेण्टलम्याम एग्रीमेण्ट भैसक्छ। फाईल मिलान लेनादेना डटकमको डोमिन सुरक्षितै राखिन्छ, । यति ठूलो भद्र सहमति गराउन सिपालु विचौलियाहरु जिउँदै छन्।
सिंहदरबारमा रहेका अधिकांश पात्रहरु हुँडार जस्ता देखिन्छन्। यीनीहरुले जहाँ जहाँ राज्यको श्रोत भेट्छन्। त्यहाँ त्यहाँ हुँडार शैलीमा लुच्छन्। यस्तै लुछुवा मन्त्री हुन्, पन्चायतदेखि गणतन्त्रसम्म मन्त्री खान योग्यता भएका मानिस शरतसिंह भण्डारी । उनी श्रमबजारको खेती गरेर लाखौ युवालाई लखेट्छन्। सरकारी गाडी महन्थकी छोरीलाई सुम्पिन्छन्।
यस्तै अर्का मानिस हुन्, शेरबहादुर देउवा। जो दलपतिहरुमा सबै भन्दा ठूला र बलिया मानिन्छन्। उनी यो लोककै श्रीमती मानिन्छन्। श्रीमतीको एस म्यान उनी अहिल्यै उपप्रधानमन्त्रीमा बढुवा गरेर पति धर्म निर्वाह गर्न चाहान्छन्। सहयात्री दलपतिले गरेको आग्रह एमालेका सिइओ ओलीले सहमत गर्छन्। एमालेभित्र प्रतिस्पर्धा गर्ने विद्यालाई निषेध गर्छन्। भ्रष्टाचारकी कुलदेवीको उपमा पाएकी देउवा पत्नी आरजुलाई सत्तामै भएको बेला उपप्रधानमन्त्रीको तक्मा लगाएर गुण तिर्न हतारिन्छन् । ०००








