मेडिकल कलेजको अनुमति नपाएर रन्थनिएका दुर्गा प्रसाईं एकाएक अति राजावादी र हिन्दु अतिवादी भए । उनी समाज,समय र सन्दर्भको अध्ययन र औचित्यता ठानेर एकाएक घोर राजावादी र हिन्दुवादी भएका भने होइनन्।
निजी मेडिकल कलेजलाई रोक्ने डाक्टर गोबिन्द केसीसंग सरकार झुकेपछि प्रसाईको उग्रता बढेको देखिन्छ । त्यसअघि प्रचण्ड र ओलीको काख र साथमा हुर्किएर मार्सीभातले चम्किएका एक नामुद व्यापारी हुन् उनी।
एउटा व्यापारीको शक्तिलाई उपयोग गरि व्यवसाय गरेर नाफा नाफा कमाउनु अन्तिम उदेश्य हुन्छ, त्यो एउटा व्यापारीको धर्म र कर्म पनि हो । यसलाई अन्यथा मान्न सकिन्न र मान्नु हुन्न पनि । प्रसाइले गरेको पनि त्यही हो।
कांग्रेसी पृष्ठभूमिबाट आएका प्रसाईंलाई द्वन्दकालमा माओवादीहरूले खुबै प्रयोग गरे। पूर्वी नेपालको नाकामा उनी विश्वास पात्र भर काम गरे र सेनाको हिरासतमा पनि बसे। हक्की स्वभावका प्रसाईंलाई माओवादीले खुबै उपयोग गर्यो भने प्रसाईंले पनि माओवादीको आवरणमा फाइदा लिएको उनलाई नजिकैबाट चिन्नेहरूले बताउँछन् ।
प्रसाईं जंगबहादुर शैलीका मानिस हुन् । यद्यपि जंगबहादुरमा चतुरता र कूटनीतिक कला थियोे । प्रसाईंमा अहमता,अहंकार ,अभिमान ,असहिष्णुता र अराजकता ज्यादा छ। विवेकको चरम खडेरी छ। आवेग र उत्तेजनाको भीषण बाढी छ। के बोल्नेरु कसरी बोल्ने रु र के बोल्दा उपयुुक्त हुन्छ या हुदैन भन्ने कुरामा उनी मतलब राख्दैनन् ।अरूको सल्लाहमा आफ्नो विवेक र बुद्धि मिसाउन चाहादैनन्।
बरू, अरूलाई नांगो बनाउँदा बडो आनन्द मान्छन् ।अरूको डाह र प्रतिशोधलाई जीवनको उदेश्य ठान्छन् । साम्प्रदायिकतामा घ्यू थप्छन् । विशेषगरी मारवाडी समुदाय विरू्द्ध घृणा फैलाउँछन् । समाजको नेतृत्व गर्ने मान्छेले समाजलाई भड्काउँदैन, बरू जोड्छ। समाज जोड्नेहरू राजनेता बन्न सक्छन् । फोड्नेहरू टोले नेतामै थन्किन्छन्।
गएको तीन वर्ष यता उनी बैंक तथा वित्तीय ठगहरूको नेता जस्तै बने। बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न हुन्न भने।एकहुल त्यस्ता मानिसहरू छन् । जसले बैंक तथा वित्तीय संस्थाको ऋण ठग्न चाहान्छन्। तिनै मानिसहरू बोकेर हिन्दुराज्य र राजसंस्था फर्काउँछु भन्दै देशभर दौडिए प्रसाई।उनको अराजकताले केही मानिसको ध्यान खिच्यो । देशमा मौलाएको भ्रष्टाचार र बेथितिले जनता वाक्क दिक्क भएको बेलामा प्रसाईंले चर्को र अशिष्ट आवाजमा ढुंगा हाने। प्रचण्ड ,ओली र देउवालाई गाली गरेर युट्युबरको माल बने ।
उनका अशिष्ट,असभ्य, असहिष्णु अभिव्यक्ति युट्युबमा निकै खपत भयो । प्रसाईं भाइरल बने अनि उनी झन् उत्तेजित बन्दै गए । राम्रो या नराम्रो भन्दा पनि युटयुबरले चर्चामा ल्याइदिएपछि व्यवस्था अहिल्यै फालिने र ज्ञानेन्द्र शाह नारायणहिटी अहिल्यै फर्किने उद्घोष गर्दै हिडे। एमाले ,कांग्रेस र माओवादीका नेतासहित ठूलाठूला घरानाहरू पनि भाग्ने कथा हाल्न थाले । उनी बेसुरमा देश दौडाहमा लागे । वौद्धिक वर्ग उनको अराजकता र अशिष्ट शैलीका कारण समर्थन गर्न सकेन ।उनी गति भएका तर, मियो र मति नभएका अराजक मानिसको रूपमा देखा परे।
प्रसाईंले भने जस्तै देशमा भ्रष्टाचार, बेथिति र विकृति छ,त्यो सत्य हो ।बैंक तथा वित्तीय संस्थाबाट धेरै निमुखा र निर्धाहरू पीडित छन् । यो पनि यथार्थ हो।यही पीडामा सहानुभूति क्यास गरेर प्रसाईं राजनीति गर्न हाम फाले ।एकताका आफू प्रधानमन्त्री बन्न योग्य र तयार भएको अभिव्यक्ति समेत दिन भ्याए ।
प्रसाईंले आफूलाई घोर हिन्दुवादी ठान्छन् । तर हिन्दु धर्म ,दर्शन ,संस्कृति र सभ्यताको ुसुपनि थाहा छैन,उनलाई किनकि उनी वौद्धिक निरक्षर र सामान्य साक्षर मात्रै हुन् । नागरिक र धर्म संस्कृति बचाउछु भन्ने प्रसाईं आफै असहिष्णु र अशिष्ट छन्।
प्रसाईं एक सफल व्यवसायी भने हुन्। ६ सय करोडको ऋणी भएपनि उनले बैंक तथा वित्तीय संस्थामा राम्रोसंग व्यवस्था गरेका छन् ।अरूलाई ऋण तिर्न हुन्न, मलाई साथ देउ, ऋण मोचन म गरिदिन्छु भन्ने प्रसाईंले समाजलाई भड्काएपनि आफू भने खुरुखुरु साँवा र व्याज तिरिरहेका छन् । आ फ्नो व्यवसाय उनी व्यवस्थित छन्।
प्रसाईं अराजक मात्रै छैनन् ,चरम महत्त्वकाँक्षी पनि उस्तै छन् ।गएको चैत १५ मा उनले मच्चाएको विध्वंस कार्यक्रमको व्यानरमा ज्ञानेन्द्र शाह र आफ्नो फोटो राखेका थिए । राजेन्द्र लिङ्देन जस्ता जीवन भर राजसंस्था भन्दै हिडेकाहरूलाई जबर्जस्ती छाँयामा पारेर आफू राजभक्त भएको देखाउन खोजे ।ज्ञानेन्द्र शाहले पनि गएको फागुन २५ गतेको भीड जम्मा गर्ने प्रसाईंलाई विश्वास मान्न थाले।त्यसपछि प्रसाईं झन् उग्र बन्दै गए। चैत १५ मा उनको उग्रताले सीमा नाघ्यो। पत्रकार सुरेश रजक सहित दुई जनाका ज्यान जाने गरि भएको हिंसात्मक आन्दोलनको बीचबाट भागेर भारत पुगे ।
लुकेर बसेका उनलाई करिब एक महिना प्रहरीले खोरमा पुरायो । करिब ४ महिनापछि रिहा भएका उनले आफू राजावादी नभएको सार्वजनिकरूपमै घोषणा गरे। साउथ इण्डियन फिल्मी शैलीमा राजनीति गर्ने उनको उदेश्यको सबै पर्दा उघारिएपछि उनी सामाजिक अराजकताका नायक ठहरिए । प्रारम्भमा जे मुद्दा उठाए, त्यो मुद्दा छोडेर ईतिहासको कुनामा मिल्काइएको राजसंस्था बोक्न थालेदेखि उनको असली चरित्र खुलासा हुदै गयो।र अन्तमा समाजलाई भड्काएर नायक बन्ने सबै सपना तुहिएपछि लिङ्देनहरूलाई गाली गर्दै आफू राजावादी नभएको सार्वजनिक रूपमै भनिदिए ।००








