२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

नेपाल पुनर्बीमा कम्पनी घाटामा जाँदा, गोल्छा समूहको हिमालयन रि–इन्स्योरेन्स मालामाल !


४ माघ २०८१, शुक्रबार  


सरकारी पुनर्बीमाको संस्थागत मजबुतीकरण विना निजी क्षेत्रलाई पुर्नबिमाको लाइसेन्स दिदाँ त्यसको प्रभाव देखिन थालेको छ। गोल्छा समूहको हिमालयन रि इन्स्योरेन्स नाफामा जाँदा सरकारी पुनर्बीमा कम्पनी भने चरम संकटमा परेको छ।

माओवादी केन्द्रका नेता तथा तत्कालीन कांग्रेस – माओवादी गठबन्धनका अर्थमन्त्री जर्नादन शर्माको पालामा गोल्छा समूहले विना प्रतिस्पर्धा पुनर्बीमा लाइसेन्स हत्याएको थियो । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो । स्वार्थ समूहको प्रभावमा परेर तत्कालीन देउवा सरकारले गोल्छा समूहलाई लाइसेन्स दिएको थियो ।

गएको आर्थिक वर्षमा यस हिमालयन रि इन्स्योरेन्सले १ अर्ब २८ करोड नाफा गर्दा उता सरकारी पुनर्बीमा कम्पनीको आर्थिक वर्ष २०८०÷८१ को साउनदेखि असोज मसान्तसम्म ४७ करोड ५६ लाख रुपैयाँ नोक्सानीमा पुगेको थियो । यस अघिको अािर्थक वर्षको यही अवधिमा कम्पनीले २६ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । प्रिमियम आम्दानी पहिले वर्ष २ अर्ब १९ करोड रहेकोमा पछिल्लो वर्ष घटेर १ अर्ब ४३ करोडमा झरेको थियो । दावी भुक्तानीसहितको कुल खर्च पहिले १ अर्ब ७९ करोड रहेकोमा पछिल्लो वर्ष २ अर्ब २१ करोड पुग्यो ।कम्पनी नोक्सानीमा रहेपछि प्रतिसेयर आम्दानी पनि ३ रुपैयाँ ७१ पैसा ऋणात्मक देखिएको थियो । प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ १४ पैसा छ । उस्तै प्रकृतिको हिमालयन रिइन्स्योरेन्सले भने यस आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरी ९३ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको बताएको थियो ।

निजी पुनर्बीमा कम्पनीले गएको आर्थिक वर्षमा ५ अर्ब ४६ करोड रुपैयाँ खुद प्रिमियम आर्जन गरेको थियो भने यही अवधिमा २ अर्ब ७५ करोड रुपैयाँ खुद दाबी परेको थियो । गएको आर्थिक वर्षमा १ अर्ब २८ करोड रुपैयाँ खुद नाफा गरेको यस कम्पनीको ईपीएस १२.३४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५४.२६ रुपैयाँ र पीई रेसियो ४७.१५ रहेको थियो यता चालू आर्थिक वर्ष २०८१।८२को पहिलो ३ महिनामा यस कम्पनीले ९३ करोड खुद प्रिमियम आर्जन गर्दा ४९ करोडको खुद दाबी परेको छ ।

३ महिनामा कम्पनीको नाफा करिब २३ करोड र ईपीएस ८.७१ रुपैयाँ रहेको छ । असोज मसान्तको तथ्यांकअनुसार १५९.१६ रुपैयाँ नेटवर्थ रहेकामा पीई रेसियो १०३.५६ छ ।हिमालयन रिको इफिसियन्सी र उत्पादकत्व व्यवस्थापन खर्च खुद प्रिमियम आर्जनको १२ प्रतिशतमात्र हुनु, कमिसन खर्च २५ प्रतिशतमात्र हुनुले पनि यसको अवस्था राम्रो देखिएको सञ्चालकहरुको दाबी छ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ११ : २९ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित