२५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026

परराष्ट्रमन्त्री डा. राणा र एमसीसी कार्यकारी प्रमुखबीच भेटवार्ता


१५ आश्विन २०८१, मंगलबार  


वाशिङ्गटनडिसी (अमेरिका) परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) प्रमुख कार्यकारी अधिकृत एलिसा अलब्राइटबीच सोमबार भेटवार्ता भएको छ।

यहाँस्थित नेपाली राजदूतावासमा भएको भेटघाटका क्रममा सन् २०१७ मा नेपालले हस्ताक्षर गरेको एमसिसी परियोजनाको कार्यान्वयन र यसअन्तर्गतका परियोजनाहरू समयमा नै सम्पन्न गर्ने विषयमा छलफल भएको डिसीस्थित नेपाली राजदूतवासले जनाएको छ।

एमसिसी कम्प्याक्टअन्तर्गत नेपालको विद्युतीय प्रसारण लाइन निर्माण र सडकको स्तरोन्नतिसम्बन्धी परियोजना कार्यान्वयनमा गएका छन्। उक्त कम्प्याक्टमा एमसिसीले नेपाललाई ५० करोड डलर अनुदान सहयोग उपलब्ध गराएको थियो।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन अमेरिका आएकी परराष्ट्रमन्त्री डा राणा यहाँबाट कतारको दोहा प्रस्थान गर्नुअघि एमसीसी कार्यकारी प्रमुखसंग भेटघाट भएको हो।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ११ : ३० बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित