२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

सुरू भयो, ‘सगरमाथा सम्वाद’


३ जेष्ठ २०८२, शुक्रबार  



काठमाडौमा सगरमाथा संवाद शुरू भएको छ। पहिलोपटक नेपालमा हुन लागेको सगरमाथा संवाद जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित छ।

अन्तर्राष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’ को प्रधानमन्त्री केपी ओलीले शुक्रबार (जेठ २) विशेष समारोहकाे बीचमा संवादको शुभारम्भ गरेका छन् ।

समारोहमा स्वदेशी र विदेशी गरी ३५० भन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता छ । समारोहमा परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा। आरजु राणा देउवाले विशिष्ट अथितिको स्वागत गरेकी थिइन् ।

समारोहमा विशिष्ट अतिथिले सम्बोधन गर्ने क्रम जारी छ । आउँदो आइतबारसम्म सञ्चालन हुने संवादमा शुभारम्भ समारोहपछि विषयगत एवं समानान्तर सत्र सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शुक्रबार  १० : ३६ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित