८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

पर्यटन उद्योगमा हवाई यातायातको योगदान र झेलिरहेको चुनौति !


९ जेष्ठ २०८२, बिहिबार  


वायुमण्डलमा एकै समयमै करिब १४ हजार विमानहरू तैरिरहेका हुन्छन् । यी विमानमा लाखौं मानिस उडिरहेका हुन्छन् । भरपर्दो हवाई सुरक्षा प्रणाली र पूर्वाधारको भरोसा हुन्छ, ताकि सुरक्षित यात्रा गरियोस्। यस्तै संसारका हवाई अड्डाहरूमा बेलायत र भारतको मुम्बई जस्ता विमानस्थल धेरै सुरक्षित मानिन्छन् ।

हवाई मार्ग धावन मार्ग ,विमान ,सञ्चार प्रणाली र चालक मुख्य पक्ष हुन्।यी पक्षको तादम्यता नमिल्दा हवाई यात्रा असुरक्षित हुने गरेको तीतो अनुभव छ। यद्यपी यातायातको सबैभन्दा छिटो छरितो माध्यम हवाई सेवा क्षेत्र हो ।

नेपाल जस्तो भौगलिकता विकटता र विविधता भएको देशमा यसको झन् महत्त्व छ नै ।पूर्वाधार र प्रविधिको उन्नत व्यवस्था र व्यवस्थापनमा हामी सुरक्षित यात्रा गर्न सक्छौ । यसका लागि राज्य र निजी उत्तिकै जिम्मेवार छन् ,भने हामी नागरिकमा पनि हवाई क्षेत्रको बारेमा आधारभूत ज्ञान पनि आवश्यक छ। जसले हामीलाई निर्भीक र निसंकोच यात्रा गर्न मद्दत गरोस्।


मुलतः उडानमा धेरै पक्षहरू जिम्मेवार हुन्छन् । किनकि यो क्षेत्र सडक जस्तो पनि होईन जोखिमको हिसाबले ।यो अलि बढी जोखिम र अलि बढी सुविधायुक्त भएकोले यसका मुलभुत कुरामा चर्चा गरौ।

पहिलोमा, हवाई क्षेत्र अर्थात एयरस्पेस
भौगलिक विकटता र विविधता नेपालको परिचय हो।यीनै भौगलिक विकटता र मौसमी विविधताको सामना गरिरहेको छ, नेपालको उड्डयन क्षेत्रले।विश्वकै सर्वोच्च शिखर सगरमाथादेखि अन्य ८ हजार माथि करिब दर्जन हिमाल नेपालमा पर्छन्। यीसैगै हाम्रो ठूलो भूभाग पहाडी परिवेशले ओगटेको छ। छिटो सेवा पुराउनुपर्ने चुनौति छ भने अवसरहरू पनि छन् ।तर, असाध्यै धेरै पहाडी भूखण्ड भएकोले हाम्रा उडान मार्ग र हवाई ट्राफिक व्यवस्थापन यिनै भू–परिस्थिति तथा मौसममा ज्यादा निर्भर छन् ।

लुक्ला र जोमसोमजस्ता उच्च हिमाली क्षेत्रका विमानस्थलहरू निकै जोखिम छन् । त्यसका लागि विशेष तालिम तथा अत्यन्तै कौशलतापूर्ण उडानको सीप र ज्ञानको अनिवार्य हुन्छ । ताकि, चालकहरूले जटिल हवाई यातायातलाई पनि सुरक्षित रूपमा व्यवस्थापन गर्न सकून् ।

भौगलिक चुना‌तिपछि दोश्रो पक्ष हो मौसम। हवाई उडानमा यो अर्को एक महत्वपूर्ण पक्ष हो । नेपालमा मनसुनी वर्षादेखि भारी हिमपातसम्म, विभिन्न प्रकारका मौसमी अवस्थाहरूले उडानको भिजिविलिटी (दृष्य) र सुरक्षामा प्रत्यक्ष प्रभाव पार्ने गर्दछन्।

मौसममा आएको बदलीका दिनमा धेरै उडानहरू जोखिममै हुन्छन् । उडानहरू सही मार्ग भएर आफ्नो गन्तव्यसम्म सुरक्षितरूपमा पुग्न चालकको कार्यकौशलताले मात्रै हुदैन । त्यसका लागि विमानहरु पूर्ण रुपमै एयर ट्राफिक कन्ट्रोलर (एटीसी)को निर्देशनमा ज्यदा निर्भर रहनुपर्ने हुन्छ।

त्यसो भए एटीसी भनेको के हो र यसले कसरी काम गर्छ?

हवाई यात्रामा त्यो पनि जान्न जरुरी छ। एयर ट्राफिक कन्ट्रोल हो एटीसी भनेको ।यसको नियन्त्रण गर्ने दायित्व अहिलेसम्म नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को हो। विशेष गरी काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलजस्ता व्यस्त हवाई अड्डाहरूमा एयर ट्राफिक कन्ट्रोलरहरूले उच्च सतर्कताका साथ काम गरिरहेका हुन्छन् ।उनीहरुले प्रत्येक उडान तथा अवतरण सुरक्षित एवम् व्यवस्थित होस् भन्ने सुनिश्चित गर्छन् । सुरक्षित दूरी कायम गर्नु, दिशानिर्देश गर्नु (नेभिगेसन) र हवाई ट्राफिकको प्रवाह व्यवस्थापन गर्नु एटिसीका मुख्य दायित्व र जिम्मेवारी हो ।

एटीसीले कसरी गर्छ उडान व्यवस्थापन ?
एटीसीले पाइलटहरूलाई नेपाली पहाड र हिमालमाथिको जटिल भू–भागबारे जानकारी दिनुका साथै नेपालको हवाई क्षेत्रहुँदै उड्दा मार्गनिर्देशन प्रदान गर्छन् । हिमालमाथिको हवाई क्षेत्र हुँदै उड्दा एटीसीले हवाई ट्राफिकको प्रवाहलाई नियमन गरिरहेका हुन्छन् ।उडान गतिविधिमा हुने ढिलाइ अर्थात ट्राफिक जाम घटाउने र हवाई क्षेत्रको प्रयोगको दक्षतालाई अधिकतम स्तरसम्म बढाउने काम गर्दछन्।

कस्तो छ, हवाई ट्राफिक व्यवस्थापनको अवस्था ?
पछिल्ला वर्षहरूमा नेपालले हवाई यातायात व्यवस्थापन प्रणालीलाई व्वस्थित बनाउँदे लगेको छ।जहाँ अत्याधुनिक रडार र निगरानी प्रणालीहरूको कार्यान्वयन यसको उदाहरण हो। यी प्रणालीहरूले एटीसीको निगरानी, अनुगमन र व्यवस्थापन गर्ने क्षमता वृद्धि गरेका छन् । त्यस्तै, विमानको गति र स्थानलाई सही रूपमा व्यवस्थापन गर्न, विमानसम्बन्धि ताजा जानकारी अर्थात (रियल टाइम डेटा) हासिल गर्न र परिस्थितिजन्य सजगता एवम् सुरक्षा सुधार गर्न महत्वपूर्ण भूमिका खेलिरहेका हुन्छन् ।आधुनिक सञ्चार प्रणालीले हवाई यात्रालाई व्यवस्थित बनाएको छ।


चालक र एटीसीबीचको विश्वास एवम् स्पष्ट सञ्चारले उचित समन्वय स्थापित गरेको छ । जसले हवाई यात्रालाई अझ बढी सुरक्षित बनाएको अनुभव हुन्छ ।
त्यसैगरी क्यानले स्याटेलाइटमा आधारित नेभिगेसन प्रणालीहरू पनि सुरु गरेको छ । यसले चालकहरूलाई जटिल भू–भागमा नेभिगेसन त्रुटिहरूको जोखिम घटाउँदै उडान मार्गहरूलाई पछ्याउन सहयोग गरिरहेको हुन्छ ।

यस्तै घरेलुु वायुसेवा कम्पनीहरूले पनि नेपालको अवस्था र आवश्यकता अनुसार आफूलाई अनुकूल बनाउँदै अझ विश्वासिलो र पूर्ण तयारीका साथ आकाशमा उड्ने अभ्यासलाई अघि बढाएका छन् । हवाई यातायात सम्बन्धि सूचना जानकारीलाई आम यात्रुसम्म पुर्याउने गरेकाछन् । चालकहरूलाई पूर्वतयारीका साथ प्रभावकारी सञ्चार सिकाउन फ्लाइट प्यानल ट्रेनिङ (एफटिपी) मा डेमो एटीसी सञ्चार समावेश गरिएको छ । जसले उडान सुरक्षालाई अझ मजबुत बनाउने हवाई विज्ञहरू बताउँछन् ।

करिब ८ दशक लामो छ, नेपालको हवाई क्षेत्रको इतिहास । पूर्वाधारको समस्या छन्। यद्यपि एटीसी व्यवस्थापनको हिसाबले हाम्रो त्रिभुवन विमानस्थल अग्रपंक्तिमा देखिन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग दशकौंअघि निर्माण गरिएको हो, र अहिले उडान आगमन तथा प्रस्थानको संख्या धेरै गुणा चाप बढेको छ।हवाई पूर्वाधार अहिले पनि चुनौतिको विषय भएको सत्य हो। यसमा मुलतः राज्य जिम्मेवार बन्नै पर्छ। आ म नागरिक पनि हवाई यात्राको विषयमा जानकार हुन पनि खाँचो छ।

कति छन् नेपालमा विमान कम्पनी ?
नेपालमा नेपाल वायुसेवा निगम सहित ८ विमान कम्पनीले हवाई सेवा दिइरहेका छन् , भने ३३ वटा हेलिकप्टर कम्पनी छन् । हवाई इतिहासमा कम्पनी नेपाल वायुसेवा निगम हो। यसको सन १९५८ मा स्थापना भएको हो। करिब ७ दशकमा उसको १३ वटा विमान छन् । यसैगरी सन १९९६ मा स्थापना भएको बुद्ध एयरको १८ विमान छन् । यस्तै यतिसंग ५ श्री एयरलाइन्सको ८ ,हिमालयको ४ ,सीताको ४ ताराको ३, गुणको ७ र समिट ४ विमान रहेका छन् । देशभर तीन अन्तर्राष्ट्रिय सहित ५६ विमानस्थल छन् ।जस मध्ये ४३ कालोपत्रे गरिएको धावनमार्ग छ। हवाई उद्योगमा सरकारी तथा निजी गरि अर्बौं लगानी छ।

पर्यटन उद्योगमा हवाई यातायातको योगदान
हवाई क्षेत्र नेपालको पर्यटनको महत्त्व पक्ष हो।करिब १० लाख विदेशी पर्यटक हवाई मार्गबाट नेपाल आउने गर्दछन्।मुलुकको अर्थतन्त्रको आ धार पर्यटन क्षेत्रको मेरूदण्डको रूपमा रहेको हवाई क्षेत्रलाई बढी प्रतिस्पर्धाी र गुणस्तरीय बनाउन राज्यले हवाई नीतिमा व्यापक सुधार गर्न खाँचो छ।
पछिल्लो समय नियमन र सञ्चालनलाई अलग अलग गर्ने गरि विधेयक संसदमा पुगेको छ।यसपछि दोहोरोपनाको अन्त्य भइ सहज हुने अपेक्षा गरिएको छ।त्यस्तै युरोपेली बजारमा उडानका लागि कालो शुचिबाट हटाउनेदेखि अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने गरि राज्यले ईमानदारीपूर्वक काम थाल्न ढिलाउनु हुदैन ।हजारौंलाई रोजगारी अवसर दिएको उड्डयन क्षेत्रलाई प्राथमिकतामा राखी निजी क्षेत्रलाई उत्साहित बनाउन कन्जुस्याइँ गर्नु हुदैन ।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, बिहिबार  ७ : ३६ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित