९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

मिक्स्ड मार्शल आर्ट विजेता रवीन्द्रलाई मेयर बालेनले २ लाख पुरस्कार,राष्ट्रपतिले बिस्कुट !


२८ श्रावण २०८२, मंगलबार  


म्याट्रिक्स फाइट नाइटुमा भारतका चुनरेङ कोरेनलाई हराउँदै नेपालका लागि अन्तर्राष्ट्रिय मिक्स्ड मार्सल आर्ट च्याम्पियन जितेका रवीन्द्र ढाँटलाई काठमाडौ महानगरका मेयर बालेन साहले दुई लाख पुरस्कारसहित सम्मान गरेका छन्।

भारतमा भएको प्रतियोगितामा बझाङ घर भएका उनलाई केही दिन राष्ट्रपति रामचन्द्र पौडेलले दुईवटा बिस्कुट र चिया खुवाएर सम्मान गरेका थिए।राष्ट्रप्रमुखको सम्मान थाप्न गएका रवीन्द्रलाई गरिएको स्तरहिन सम्मान भन्दै आलोचना भएको थियोे ।

म्याट्रिक्स फाइट नाइटुको चर्चा पछिल्लो दिनयता नेपालीहरूबीच चुलिएको छ । फाइटर रवीन्द्र ढाँटको असाधारण प्रदर्शनपछि एकाएक चर्चाको शिखरमा छन् । राष्ट्रिय मात्रै नभएर र अन्तर्राष्ट्रिय मञ्चमा पनि उनको खेलको प्रशंसा चलिरहेको छ ।

नेपालबाट अन्तर्राष्ट्रिय मिक्स्ड मार्सल आर्टस् (एमएमए) च्याम्पियन बन्ने पहिलो खेलाडी बनेका रवीन्द्रलाई बधाई दिनेको ओइरो अझै थामिएको छैन । राष्ट्रपति, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीको बधाई खान भ्याइनभ्याइ भइरहेका बेला उनलाई बझाङका धेरै पालिकाहरुले नगद पुरस्कारसहित सम्मान गर्ने घोषणासमेत गरेका छन् ।

यही साउन १७ गते राति भारतको नोयडामा भएको प्रतिस्पर्धामा भारतीय प्रतिस्पर्धीलाई हराउँदै रवीन्द्र म्याट्रिक्स फाइट नाइट (एमएफएन) बान्टमवेट च्यापियन बनेका हुन् । रवीन्द्रले यसअघिका अविजित च्याम्पियन भारतका चुनरेङ कोरेनलाई पराजित गरेका थिए । तेस्रो राउन्डमा रवीन्द्रले गरेको लगातारको प्रहारले कोरेन संकटमा परेपछि रेफ्रीले फाइट रोक्दै रवीन्द्रलाई टिकेओद्वारा विजेता घोषित गरेका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०८२, मंगलबार  १० : ३७ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित