२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

मानव तस्करीमा संलग्न भएको आरोपमा अनुसन्धानमा रहेका भट्टराई र उनकी पत्नीकाे अमेरिकी भिसा रद्द !


१५ जेष्ठ २०८२, बुधबार  


गृहमन्त्रालयका गृह सहसचिव तीर्थराज भट्टराईको भिसा रद्द भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा जाने नेपाली यात्रुसँग रकम असुलेको आरोपमा अनुसन्धानमा तानिएपछि अमेरिकाले उनी र उनकी पत्नी देवीमाया बराल (भट्टराई) का नाममा जारी पाँच वर्षको ‘मल्टिपल इन्ट्री’ भिसा (प्रवेश अनुमति) रद्द गरेको हो।

भिजिट भिसा तस्करी प्रकरणमा विमानस्थल अध्यागमनका प्रमुख अध्यागमन अधिकृत भट्टराईलाई गएको बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएपछि अमेरिकाले भट्टराई दम्पतीका नाममा जारी भिसा रद्द गरेको हो । प्राप्त जानकारी अनुसार नेपालस्थित अमेरिकी दूतावासले भिसा रद्द गरिएको विषयमा परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको छ ।

अध्यागमन कानुनको परिपालना गर्ने उच्च तहका अधिकृत नै आर्थिक लेनदेनमा परेर भिजिट भिसामा तस्करी गर्ने जस्तो गम्भीर अपराध आरोपमा मुछिएको विषयलाई गम्भीर रूपमा लिएर अमेरिकाले आफैं सहसचिव भट्टराईको भिसा रद्द गरेको हो।

यो विषय नेपालभित्रको मात्रै मामिला नभएर अन्तर्राष्ट्रिय मामिला भएको परराष्ट्र जानकारहरू बताउँछन् ।यस्तो किसिमको अपराधलाई विश्व जगत्ले गम्भीरतापूर्वक विश्व जगतले उनीहरूको भनाइ छ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने अपराधमा तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित उच्च पदस्थ पदाधिकारी तथा कर्मचारीहरू नै संलग्न रहेको खुलेपछि अमेरिकाले गम्भीर चासो देखाएको थियो ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बुधबार  ७ : ३८ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित