१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

गृहले भन्यो – ‘निषेधित क्षेत्र तोडे कडा कारबाही हुन्छ’


६ बैशाख २०८२, शनिबार  


राप्रपाले बैशाख ७ गतेको विरोध कार्यक्रममा निषेधित क्षेत्र तोड्ने भन्दै उत्तेजक अभिव्यक्ति दिएकोमा गृहको ध्यानाकर्षण भएको छ।

शनिबार गृहका प्रवक्ता रामचन्द्र तिवारीको हस्ताक्षरमा जारी विज्ञप्तिमा समाजमा अराजकता फैलाउने कसैले पनि नछाडिने उल्लेख छ। यदि कसैले प्रचलित कानुन विपरीत त्यस्ता हिंसात्मक गतिविधि गरेमा कडा कारबाही गरिने भनिएको छ।

राप्रपाले भोलि बिजुली बजारमा कार्यक्रम गर्दै छ। राप्रपा अध्यक्ष लिङ्देन स्वयंले सरकारलाई धम्की दिदै आएका छन् । कार्यक्रम पूर्व ज्ञानेन्द्र शाहले लिङ्देनसहितका नेतालाई रात्री भोज दिएका छन् ।


१५ गते राप्रपाको समर्थनमा तीनकुनेमा कार्यक्रम भएको थियोे । दुर्गा प्रसाईं समूहले आ योजना गरेको त्यस कार्यक्रम भड्किएको हिंसामा दुई जनाको ज्यान गएको थियोे ।५० करोड नोक्शानी भएको थियोे ।हिंसा भड्काएको दुर्गा प्रसाईं रवीन्द्र मिश्रसहित ८३ जना विरू्द्ध प्रहरीले अनुसन्धान गरिरहेको छ।

अर्बपति शाहले यश अघि प्रसाईंलाई कमान्डर तोकेका थिए। प्रसाईंको कारण तीनकुनेमा हिंसा भड्किएको थियोे ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ८ : ४० बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित