३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

इतिहासको तथ्य पढौं, गणतन्त्रको होइन, ‘ओली देउवा र प्रचण्डको विकल्प खोजौं’


१२ चैत्र २०८१, बुधबार  


राजावादीहरूले भन्दै आएको जस्तो पनि होईन, देशको अवस्था ।न ओलीले प्रचार गरे जस्तो समृद्धिको बाटोमा मुलुकले गन्तव्य तय गरेको हो । यी दुबै विचार यथार्थ भन्दा धेरै टाढा छन् ।तर,आंशिक सत्य पनि छन् ।

गएको ३४ वर्षमा देश भित्र केही पनि भएन भनेर भ्रमको तावामा रोटी सेक्नेहरूको गलत भाष्यपछि कुद्नु पहिले यो तथ्य हेरौं।

जतिबेला मुलुकमा प्रजातन्त्रको पुनर्वहाली हुदै थियोे, त्यतिबेला नेपालमा निरपेक्ष गरिबी ४९ प्रतिशत थियो, अहिले १८ प्रतिशत मा झरेको छ । पञ्चायती शासनमा रहेको आय असमानता २१ गुणाबाट घटेर ६ गुणामा झरेको छ । देशमा उच्च आयकर्ता घटेको र मध्यमवर्ग बढेको छ । हवाई सेवा र क्षमता बढेको छ । पञ्चायत कालमा कति एयरपोर्ट थिए रु अहिले कति छ रु कति जहाज उड्थे रु अहिले कति उड्छन् रु पर्यटक बढेको, सेवा क्षेत्र विस्तार भएको छ । सञ्चार क्षेत्र कस्तो थियोे र अहिले कस्तो छ रु जनसंख्याभन्दा बढी मोबाइल प्रयोगमा छ । ७३५ जनसंख्या सूचना तथा सञ्चारको प्रत्यक्ष पहुँच भएको तथ्य छ । मोबाइल २ करोड ६६ हजार पुगेको छ । यी सबै सूचना, सञ्चार, मनोरञ्जनमा उपयोग भएको छ । पञ्चायत कालमा रेडियो राख्न पनि सरकारी कार्यालयमा दर्ता गरेर लाइसेन्स लिनुपर्थ्यो, नत्र अवैध९गैरकानुनी मानिन्थ्यो । बन्दुक राख्ने र रेडियो राख्ने नियम उस्तै थियोे । विद्युत उपयोग गर्ने परिवार जम्मा १४ प्रतिशत रहेको थियोे, यतिबेला ९८ प्रतिशत पुगेकोछ ।

पञ्चायतको अन्तिमतिर जम्मा पूर्ण पक्की घर ११ प्रतिशत थियोे ।अहिले ५६ प्रतिशत पुगेको छ । खानेपानी ३३ प्रतिशत बाट ९६ पुगेको पुगेको छ । सहकारी, फाइनान्स, लघुवित्त बाहेककै बैंकिङ सेवा बढेको छ र १२ हजार शाखाबाट कारोबार भइरहेको छ । उच्च शिक्षा ६ गुणा बढेको छ ।


स्वास्थ चेतना र सेवा बढेको छ। पञ्चायतको आ खिरमा प्रतिव्यक्ति १६० अमेरिकी डलर थियोे ।अहिले १४३३ पुगेको छ। अर्थतन्त्रको आकार अढाई खर्बको थियोे,अहिले ५६ खर्ब माथि छ।

विद्युत २ सय मेगावाट पनि थिए, अहिले ३ हजार मेगावाट छ। ४० प्रतिशतले विजुली देखेकोमा अहिले ९८ प्रतिशत घरधुरीमा विजुली छ।


२०४५/४६ सालसम्म नेपाली जनताको सरदर९ओैसत० आयु ५४ वर्ष थियोे, जुन अहिले बढेर ७२ वर्ष पुगेको छ । यी तथ्यहरूलाई मसिनो गरि केलाउँदा वास्तविकता थाहा हुन्छ ।

सञ्जाल र सडकमा कसैले हाहा र हुहु गरेको भरमा बहिकनु गलत छ। यति भनिरहँदा अहिले रामराज्य छ, भन्ने होईन। समस्या अहिले पनि छन् । शासकीय चरित्र र आ चरणमा व्यापक समस्या छ। तर, केही मानिसहरूमा झिँगा प्रवृत्ति बढेको छ, जसले फोहोर मात्र देख्छ । सफा पनि छ भन्ने विर्सिएको देखिन्छ ।

नेपाली समाज र हाम्रा नेता कस्ता छन् यो पनि हेरौं

दार्शनिक नित्सेले भन्छन् ,भीडमा मिसिएपछि विद्वान पनि महामूर्ख बन्छ। हो, यतिबेला नेपाली समाजको मनोविज्ञानन ठ्याक्कै यही हो। चाडै खुशाउने र ठुसुाउने अधैर्यवादी प्रवृत्तिबाट नेपाली समाज प्रत्यक्ष प्रभावित देखिन्छ । त्यसको माहोलमा ढुंगा हानेर परिस्थिति आफ्नो काबुमा ल्याउने तत्व निकै सक्रिय छ। मुद्दा होईन, माहोलमा विश्वास चाडैं गर्ने अस्थिर प्रवृत्तिकै कारण मुद्दा विहिन पात्र लामिछानेदेखि प्रसाईहरू पर्दाका हिरो झै क्षणिक हिरो बन्ने गरेका छन् ।

लोकरञ्जनावादको महाभुतमा अभिशप्त प्रवृत्तिगत चरित्रमै खेलेर भीडलाई आफू अनुकूल बनाउन प्रसाईं समूह देखिन्छ । उनैले उत्तेजित बनाएको भीडको घोडा चढेर नारायणहिटी फर्किने दुस्साहस ज्ञानेन्द्र शाहले पनि गरिरहेका छन् । भारतीय सत्ताधारीको आशिरवादमा उनलाई धेरै भरोसा छ। तर,उनको उदेश्य पूरा हुने देखिन्न किन कि नेपाली समाज राजनीतिक र सामाजिक रूपले धेरै अग्रगामी छ।

उनीहरूले देशमा विकास भएन ,गणतन्त्रको कारण भएन, खोपीको देउता झै राजा फर्किए रामराज्य हुन्छ भनेर दिग्भ्रमित गरिरहेका छन् ।त्यो आंशिक सत्य भए पनि सम्पूर्ण रूपमा गलत छ। नेतामा भ्रष्ट र निरंकुश शैली छ। दलीय माफीयाले राज्य कब्जा गरेका छन् । बेथिति र विकृति छ।जसको अन्त्य यही व्यवस्थाभित्रबाटै मात्रै सम्भव छ। गलत गरेमा, एउटा शासक पाँच वर्षमा जनमतबाट फालिन सक्छ। तर, एक तनाशाह राजा फाल्न अढाई वर्ष लाग्छ। उसले अर्थराजनीति,समाज र संस्कृतिमा एकल दक्खल बनाउँछ, सयौ वर्ष समाजलाई पछाडि धकेल्छ। यति मात्रै होईन संसारभर नागरिक स्वतन्त्रता छ।अब नागरिक अन्तिम अजय शक्ति हुन्।कथित राजा रजौटा होईनन्।

यही वास्तविकतालाई छाँयामा पारेर फर्किने कुचेष्टा सर्वथा गलत छ।सडक र सञ्जाल भड्काएर स्वार्थको तावामा रोटी सेक्ने समूह निकै सल्बालाएको छ। यसो हुनुमा गणतन्त्रका मठाधिशहरूको अराजनीतिक ,भ्रष्ट र निरंकुश शैलीले मट्टीतेल थपिरहेको छ। यही आगोलाई डढेलो बनाएर जनता झुक्याउने रणनीति देखिन्छ ।तर, यो सफल हुदैन ।

किनकि इतिहास अघि बढ्छ,पछि फर्किन्न ।प्रतिगामी चलखेल रोक्न नेतृत्वमा आ चारण र शैली सुधार या सत्ता र पार्टी राजनीतिबाट सन्यास नै तत्कालको हल हो।यसर्थ विकल्प असफल नेताको हो, गणतन्त्रको होईन ।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ८ : ४१ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित