बुधबार त्रिभुवन विमानस्थल भयानक विमान दुर्घटना भयाे र क्षणभरमै १८ जनाको ज्यान लियाे ।१९ जना सवार थिए,दुर्घटना भएको साैर्य एयरलाइन्सको विमानमा। विदेशीसहित एयरलाइन्सका कर्मचारी थिए,विमानमा।४ जनाकाे उद्दार भएपनि १८जनालाई निर्दयी कालले छाेडेन।दुर्घटनापछि विमानस्थलमा एकाएक हल्लाखल्ला भाे,उद्दार गर्न टीम पुग्याे।भयानक विमान दुर्घटनाले परिवारजनमा बज्रपात भयाे।
दुःखकाे यश घडीमा भीडले मानवीय संवेदना गुमायाे। मानिसहरू जलिरहेछ,भीडले दृष्य खिच्न ठेलमठेल गरिरह्ये। सबैलाई क्यामरा हाेस् ,या माेबाईलमा दृष्य कैद गर्न हतार थियोे ।मानाै, यति गम्भीर दुर्घटनाकाे बीभत्स तस्बिर भीडलाई कैद गरेर सञ्जालमा पहिलो हुनु थियोे ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै विमान उडानक्रममा दुर्घटना भएको थियोे । यति भयानक र कहालीलाग्दो दुर्घटना उर्लेकाे भीडका लागि उत्सव थियोे । मानाै उनीहरूकाे याे राष्ट्रिय उत्सव थियोे ।जुन उत्सव दृष्य कैद गर्न उनीहरू तछाडमछाड गर्दै थिए।दुर्घटना स्थलमा जे जस्ता असंवेदनशील तमासा देखिए।
ती तमासाले नेपाली समाजले मानवीय संवेदनशीलता गुमाएको भान हुन्थ्यो ।कस्तो दृष्य खिच्न हुन्छ, कस्तो हुदैन ।कति बेला खिच्न हुन्छ ? या हुदैन भन्ने न्यूनतम चेत पनि नदेखिनुले नेपाली समाजले मानवीय संवेदना गुमाएको प्रष्ट हुन्छ । आखिर किन यति धेरै असंवेदनशील भयो ,हाम्रो समाज ? हाम्रो शिक्षाकाे नतिजा हाे? हाम्रो समाजकाे उपज हाे ? यही हाे, हाम्रो सामाजिक स्कुलिङ ?बुधबारकाे विमान दुर्घटना स्थलमा जुन रमिता देखियाे, त्यस रमिताले समाजकाे मानवीय भावना पूरै मरेको संकेत गर्छ।
परिवारजनकाे दुःखको यश घडीमा पनि मानवीय संवेदनशीलता गुमाउने समाजबाट अपेक्षा के हुन सक्छ ? मृत्युमा पनि उत्सव मनाउने समाजले देश र समाजलाई के सन्देश दिन सक्छ ?यसकाे जडकाे कारक समाज र राज्य नै हुन्।राज्य अभिभावक हाे।अभिभावकले जस्तो शिक्षा र दीक्षा अनि चेतना दियाे,त्यसैकाे बिम्ब देखिया। जुन देखिएको दृष्य हाम्रो समाजको ऐना हाे।बुधबार विमान दुर्घटनामा देखिएको तमासा एक प्रतिनिधिमूलक दृष्य हाे।