२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025

बुबा र भाइको हत्या गर्ने मिलन आचार्य पक्राउ !


९ पुस २०८१, मंगलबार  


भक्तपुर बालकोटमा बाबु र भाइको हत्या गर्ने मिलन आचार्यलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। यही पुस ९ गते राति ९ः५० बजे आफ्नै बाबु र भाइलाई हत्या गर्ने मिलनलाई काठमाडौ महानगरपािलका वडा नम्बर ४ महाराजगञ्जस्थित भाटभटेनी पसल नजिकैबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।

स्थायी घर ठेगाना खोटाङ जिल्ला रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ भएका उनीहरु भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर २ बालकोटमा बस्दै आएका थिए । प्रहरीका अनुसार वर्ष ५६ का बाबु कुलप्रसाद आचार्य र कान्छा छोरा वर्ष २२ का प्रविण आचार्य छुट्टाछुट्टै २ वटा कोठामा मृतृ अवस्थामा फेला परेका थिए ।

प्रहरीले हुलियाका आधारमा मिलन आचार्यलाई महाराजगञ्जबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक ढुण्डिराज नेउपानेले निज आचार्यको प्रहरी वृत्त ठिमी भक्तपुरमा अनुसन्धान भइरहेको बताए ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ६ : ४५ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित