गएको असोज ७ गतेको तिथिमिति हो। जेनजी आन्दोलन भएको दश दिनपछि एमाले अध्यक्ष केपी ओली सार्वजनिक भएका थिए । उनका अनुसार सेनाको नजरबन्दमा रहेका बेला उनलाई साथ दिनेहरु सबै लाखापाखा लागिसकेका थिए । गएको भदौ २४ गते सुरक्षा प्रमुखहरुसंग नोकझोक परेपछि राजिनामा दिएका उनलाई सेनाले हेलिकप्टरमा राखेर शिवपुरी पुराएको थियो ।
यद्यपि ओली मकवानपुरमा लुकेका थिए भन्नेहरु पनि छन्। तर, त्यो दशदिन बन्धक जस्तो बनाइएका ओली शिवपुरीमा थिए या मकवानपुनर त्यो कुरा अहिलेसम्म खुलाएका छैनन्। जेनजीको डरले भागेका उनी तीन महिना पछि निकै तंग्रिएका छन् ।
सुशीला कार्की सरकारको निर्वाचन गराउने हैसियत नभएको भन्दै कडा टिप्पणी गरेका उनको त्राण भर्ने पात्र हुन्, महेश बस्नेत ।
जेनजी आन्दोलनले लगभग कोल्याप्स जस्तै भएको एमाले उनै महेशकै बलबुताले यतिबेला सडकमा खुलेर विरोध गर्न सक्ने भएको छ । जेनजी र सरकारसंग क्रूद्ध भएको एमालेको ओली समूहले देशभर प्रदर्शन मात्रै गरेन । सरकारलाई आफ्नो तागत भएको पनि देखायो । गएको केही दिन अघि सिमरामा जनेजीसंग भिडेको एमालेमाथि विराटनगरमा पनि आक्रमण भएको थियो । सोमबार र मंगलबार पनि एमालेको कार्यक्रमा अवरोध गर्न खोजिएपनि त्यत्ति ठूलो प्रभाव परेन ।
तर, सत्य कुरा के हो भने एमाले अहिले जुन अवस्थामा बौरिएको छ । त्यसको सबैभन्दा श्रेय एमाले पोलिटव्यूरो सदस्य महेश बस्नेतलाई जस जान्छ । ओलीको रक्षा गर्न देखि पार्टीलाई आवस्यक परे सडकमा भिड्नका लागि पुष्प श्रेष्ठको कमाण्डिङमा नेसनल भोलेन्टीयर्स फोर्स समेत गठन गरेको छ । पूर्व माओवादी लडाकुलाई फौजी कमाण्डरको जिम्मा दिएर ओली महेश बस्नेतले पार्टीका रक्षा मात्रै गरेका छैनन्। एमाले शक्तिशाली दल हो भन्ने सन्देश दिएका छन् । सडक र सन्जालमा आक्रमक एमाले यतिबेला कांग्रेससंग पनि क्रूद्ध छ ।
कांग्रेसले नीतिगत निर्णय गर्दै निर्वाचनमा जाने भएपछि उ क्रूद्ध भएको हो । सबै दलहरु निर्वाचन आयोगमा दर्ता भएपछि उसमाथि पनि चर्काे दबाब परेको थियो । संसद पुनस्थापना र निर्वाचन दुबैलाई संगसंगै बोकेर अघि बढ्ने उसको रणनीति देखिन्छ । एमालेको यो अवस्थासम्म पुराउने मुख्य भूमिका उनै बस्नेतले गरेका हुन् । जुन कुरा कांग्रेसका नेता चन्द्र भण्डारीले एमालेमा एउटा बहादुर युवा नेता रहेछ । उसले पार्टी र नेतृत्वको रक्षा कवज भएर भिडिरहेको छ ।
विरोधीहरुलाई साइजमा राख्न र एमालेमाथिको आक्रमणलाई प्रतिरोध गर्न सञ्जिीवीनी बुटीको का गरिरहेको छ। एमालेभित्र घग्डान घग्डान नेता छन्। तर, ती अधिकांश नेता ओलीलाई अहिल्यै पद त्याग्न दबाब मात्रै दिएका छैनन्। उनीहरुले ओलीको अस्तित्व समेत अस्वीकार गरेको बेला खास सारथि र भरपर्दाै उनै महेश बस्नेत बनेका छन् । महेश बस्नेतकै कारण ओलीको गुण्डुमा कुटी मात्रै बनेन, नरसंहारको आरोपको प्रतिरक्षा समेत गर्न नेता कार्यकर्तामा दबाब बढेको छ । यसर्थ ओलीको राजनीतिको उत्ताद्र्धमा आइपुग्दा खास रक्षाकवज उनै महेश बस्नेत बनेका छन् । ०००








