पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको आ र्थिक समृद्धिका लागि निजी क्षेत्रको लगानी अभिवृद्धिको विकल्प नभएको बताएका छन् ।
लगानीको वातावरण निर्माण गर्न सरकार सदैव तत्पर रहेको बताएका हुन्।
सोमबार नवलपुरको गैँडाकोटमा निर्माण गरिएको इला होटेल तथा आइएमई हस्पिटालिटीको उद्घाटन कार्यक्रममा यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
मन्त्री पाण्डेले कुनै पनि देशको विकासका लागि निजी क्षेत्र अगाडि बढ्नुपर्ने चर्चा गरे। सरकारको मात्रै लगानीले आर्थिक समृद्धि प्राप्त नहुने भन्दै लगानीमा जोड दिन उनले आ ग्रह गरेका हुन्।
निजी क्षेत्रले केबलकार, एयरलाइन्सलगायत पर्यटनको क्षेत्रमा लगानी नगरेको भए पर्यटकीय क्षेत्रको विकास अहिलेको गतिमा हुन नसक्ने बताए । हालै ल्याएको अध्यादेश र त्यसपछि बनेको ऐनले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको उनको भनाइ छ।
साथै मन्त्री पाण्डेले निजी क्षेत्रले व्यवसायबाट आर्जित रकमबाट इमान्दारितापूर्वक राज्यलाई कर तिर्नुपर्ने पनि बताएका छन् ।








