२५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026

राेल्वालिङ क्षेत्रमा बढ्यो पर्यटकीय चहलपहल,वडाको पहलमा पदमार्ग सञ्चालन


३ कार्तिक २०८१, शनिबार  



दोलखाकाे गौरिशंकर गाउँपालिका वडा नम्बर ९ मा रहेको दोलखाको प्रशिद्ध पर्यटकीय स्थल रोलवालिङ क्षेत्रमा पर्यटकको संख्यामा बृद्धि भएको छ । पर्यटकीय सिजन लागेसँगै यो क्षेत्र घुम्न जाने स्वदेशी तथा विदेशी पर्यटकको संख्यामा ठूलो मात्रामा बृद्धि भएको हो । 


रोलवालिङ क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेकोले यो क्षेत्रमा विद्यमान होटलहरुले थेग्न गाह्रो भइरहेको गौरिशंकर गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष ङिमगेली शेर्पाले जानकारी दिए । यश क्षेत्रका केही होटलहरु गएको असार २९ मा आएको भीषण बाढी पहिरोले क्षति पुराएपछि हेटल सेवा दिन समस्या भएको उनलेे बताए


गौरिशंकर संरक्षण क्षेत्र भित्र पर्ने भएकोले नयाँ होटलहरु थप्न पनि झञ्जटीलो प्रकृया रहेको  उनको भनाई रहेको छ । गएकाे असार २९ गतेको बाढीले रोलवालिङ पदयात्रा मार्गका विभिन्न भागहरु बगाउनाका साथै विभिन्न ठाउँमा रहेका झोलुङ्गे पुलहरु बगाएको थियोे । पदमार्गलाई सुचारू गर्न स्थानीय तथा वडाको पहलमा खोलाहरुमा काठे साघु हालिएको छ। पदमार्ग सुचारू गर्न कतिपय स्थानमा वैकल्पिक मार्ग निर्माण गरिएको गौरिशंकर गाउँपालिका वडाअध्यक्ष शेर्पाले जानकारी दिए ।


बाढी पहिरोको कारण रोलवालिङ क्षेत्रको सम्पर्क जिल्लाका अन्य क्षेत्रसँग टुटेपछि वडाध्यक्ष शेर्पा पदमार्ग अस्थायी रुपमा खोल्न सबैलाई आग्रहगर्दै आफै जुटेका छन् ।रोलवालिङ पदयात्रा मार्ग हुँदै पर्यटकहरु विश्व प्रसिद्ध च्छोरोल्पा ताल तथा दुध कुण्ड लगायतका ठाउँमा पुग्ने गर्दछन् ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ८ : ५२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित