हुन त लोकतन्त्रको विकल्प लोकतन्त्र हो। खराब लोकतन्त्र किन नहोस् त्यसको विकल्प नै सुधारिएको उन्नत लोकतन्त्र हो।
गएको करिब १७ वर्षको समय अवधिमा पूर्ण लोकतान्त्रिक अभ्यास हामीले राजनीतिमा गर्यौ। दरबारको अधिकार खोसेर जनतामा निहित गर्यौ संविधानमा सुन्दर अक्षरले लेख्यौ। रगतको फाल्सामा लेखिएको यो संविधान संविधान मात्रै थिएन, बलिदानको कथा संग्रह पनि थियोे र हो।सिद्धान्त: यो आफैमा अग्रगामी र रूपान्तरणकारी उपलब्धि थियोे र हो।आत्मैदेखि हामी लोकतन्त्रवादी भयौ अनि हौं पनि।
आचरणमा सुधार
हामी आचरणमा सुध्रिएन छौ पटक्कै । हामी आचरणको हिसाबले रसातालमा पुगिसकेको छौ। लोकतन्त्रको बलियो खम्बा हो, आचरण अर्थात नैतिकता । तर, मनैदेखि यही सत्य र यथार्थ कुरा स्विकार्न सकिएको देखिन्न।
शासनमा लोकतन्त्र भन्यौ, लेख्यौ तर, थिति बस्न सकेन। संविधानमा जनता अजय शक्ति हुन,निर्माता हुन् भन्यौ।तर, व्यवहारमा तीन जनाको कानेखुसीमा देश चलाउन थाल्यौ।टोल समितिदेखि संवैधानिक परिषद्सम्म पदको बिलो लगायौ, योग्यता भन्दा चाटुकारितालाई मापदण्ड ठान्यौ।हिजो शाहहरूले जनतालाई रैती ठाने।
लोकतन्त्रमा नेताले कार्यकर्तालाई नोकर बुझे। जनतालाई नयाँ रैती देख्न थाले। विषय विज्ञहरूलाई रत्तिभर नगन्ने आफै विद्वान ठान्ने शैली सबैमा देखियो।अन्धभक्त कार्यकर्ताले बजाउने तालीलाई जनताको समर्थन ठान्यौ।भ्रष्टलाई सम्मान गर्यौ, राजकीय पदमा बसाल्यौ। इमानदार र लगनशील राष्ट्र सेवकलाई लखेट्यौ, भ्रष्टलाई समेट्यौ।
राजनीतिमा छिर्नु अघि पटपटी फुटेका थिए खुट्टा ।तर,सत्तामा पुगेपछि लाखका जुत्ता लगाउन थाल्यौं ।दोहोरो तेहेरो सुविधा लियौ। हामीलाई कुनै हिच्किच्याट भएन, उपहार र कोशेली थाप्यौ। उपहार र कोशेलीमै आफ्नै इमान र नैतिकता बेच्यौ। जनता विर्सेयौ।माफियालाई आफ्नो ठान्यौ। खबरदारी गर्ने सचेत तप्कालाई वैरी मान्यौ।
कमिसन,घुस,नातावाद,परिवाद र फरियावादलाई आदर्श मान्न ठान्यौ। मालेमावाद,वीपीवाद र जबजलाई रद्दीको टोकरीमा फालेर होली वाईन पिउन थाल्यौ। पृथ्वीनारायण शाहका शालिक ढालेर आफ्नै राख्न जान्यौ। वडादेखि शितल निवाससम्म आफ्नै गुणगानलाई असल राष्ट्र भक्त मान्यौ। आ फैले आ फैलाई महान राजा भन्न थाल्यौं ।
हिजोको संघर्ष ,लडाइँ र आन्दोलनको त्यो आदर्श, आचरण र संस्कार सबै बागमतीमा बगायौ, अनि महल र पजेरोमा बसेर लुटको साम्राज्य चलाएर भन्न थाल्यौ ,लोकतन्त्र जिन्दावाद ।दुई चार सय बथान मानिसले गरेको चाकडीलाई हेरेर आफै राजनेता बन्न थाल्यौ ,भन्न थाल्यौ।भ्रष्ट र बेथितिको ठूलो ढिस्कोले पुर्नै लाग्दा पनि सुशासनको भजन गाउन छोडेनौ, किनकि हामी आचरणले पतित भैसकेको होस पनि पाएनौ। सडकमा भीड उचालेर एकथरीले मान्छे जिउँदै जलाउन थालेपछि बल्ल बौरियौ, निरो जस्तै मस्त सत्ताबाट ।
निर्वाचन प्रणाली र शासकीय सुधार
संविधान जारी भएको करिब अब दशक पुग्दै छ।दुईवटा आ वधिक निर्वाचन भए ।यी निर्वाचन प्रणाली र शासकीय पद्धतिले गणतन्त्रले पार पाउने देखिन्न।यही निर्वाचन प्रणालीमा कसैले नजित्ने अवस्था रहन्छ।सधैं सत्ताको लिगलिगे दौडको अन्त्य नगरी धरै छैन।सत्ताको च्याँखे थापेर राजनीति शटर चलाउने गोरख धन्दाको अन्त्य गर्न निकै जरुरी भैसक्यो। संघीयताको विषयमा पुनर्विचार गर्न ढिलाइ गर्न हुन्न।तीन तहको संघीयतालाई दुई तहमा झारौ।
प्रत्यक्ष जनताबाट निर्वाचितकार्यकारी राष्ट्रपति या प्रधानमन्त्री तय गरौ। सरकार प्रमुख जनताले चुन्ने र मन्त्री विज्ञका आ धारमा नियुक्त गर्ने प्रबन्ध गरौ।जनताले चुन्ने सरकार प्रमुख जनताप्रति जवाफदेही हुन्छ।
अहिलेको हाम्रो अभ्यास संसदप्रति हुने परम्परा छ।जुन अब असफल भैसक्यो। संसदलाई विधायीकी भूमिका मात्रै दिउँ। शक्ति पृथककीरणकोआ धारमा शक्तिको विन्यास गरौ,सबैलाई संविधानको परिधिभित्र रहेर स्वतन्त्र ढंगले काम गर्ने संरचना निर्माण गरौ।
त्यसका लागि संख्या र संरचनामा नयाँ ढंगले सोचौ । जस्तै संवैधानिक निकायको संख्या घटाउँ,संसद र सरकारको आकार र संख्या घटाउँ। निर्वाचन प्रणाली प्रत्यक्ष गरौ।त्यसभित्र समावेशी र समानुपातिकलाई सुनिश्चित गरौ। संविधानले भनेर अनुसार सबै जाति क्षेत्र ,लिंग र समुदायको प्रतिनिधित्व हुने गरि संघमा १७५ संसद बनाऔ ।प्रदेश खारेज गरौ।स्थानीय तहको संख्या ५ सयमा झारौ । श्रोत साधन र अधिकारले शक्तिशाली बनाऔ।
त्यसको लागि संघमा चुस्त बलियो संयन्त्र बनाऔ । साधारण खर्चलाई व्यापक कटौती गरेर राष्ट्रिय उद्योगहरूको पुनःस्थापन गरौ। शिक्षा ,विज्ञान, प्रविधि र नव प्रवर्तनको क्षेत्रमा परिणाम देखिने गरी लगानी गरौ। पञ्चायती शासनदेखि उच्च तहमा पुगेका सबैको सम्पत्ति छानबिन गरौ।स्वतन्त्र र बलियो आ योग बनाएर त्यस्ता अकुत धनलाई राष्ट्रियकरण गरौ।त्यो धनलाई पनि उत्पादनमा लगानी गरौ।
त्यसका लागि शीर्ष नेताबाट स्वघोषणाको अभियान थालौ।अकुत धन सम्पत्ति थुपार्ने भ्रष्टहरूलाई सामाजिक बहिस्कार गरौ। प्रणालीले हरेक तह तप्कादेखि आ म सर्वसाधारणलाई निर्देशित गर्ने परम्पराको शुभारम्भ गरौ। कानुन र समाजदेखि सबै झुक्ने परिस्थिति र मनस्थितिको परिवेश बनाऔ ।
सर्वप्रथम ,मबाट सुधारका थालनी गरौ, म सुध्रिए अरू पनि सुध्रिन्छन् भन्ने सोचको विकास गरौ। मुलीबाट यस्तो अभियान थालिएमन सबैले अनुशरण गर्ने छन् । पहिले आचरण सुधारौ,अनि शासन सुधारेर अघि बढौ।।देश आफै बन्छ। देश हामीले बनाउने हो, हाम्रै पालामा देश बन्छ।सुखि नेपाली समृद्ध नेपालको नारा साकार हुन्छ ।








