पछिल्लो समय पर्यटकहरुको आवागमनमा उल्लेख्य वृद्धि भएसँगै आगामी २०३० सम्ममा नेपाल घुम्न आउने पर्यटकको संख्या १६ लाखको हाराहारीमा पुग्ने सरकारी अधिकारीहरु प्रक्षेपण गरेका छन् ।
उनीहरुकाअनुसार हवाई पूर्वाधारदेखि नेपाल एयरलाइन्ससम्मले गन्तव्य बढाउनसके पर्यटकको संख्यामा भारी रुपमा वृद्धि हुनेछ । नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रवन्धक सूर्य थपलियाकाअनुसार अहिले पर्यटक आगागमनको क्रमलाई हेर्दा सन् २०२५ को जुलाइमा मात्रै ७० हजार भन्दा बढी पर्यटक आगागमन भएको छ ।
उनले सन् २०२४ को जुलाइको आँकडा हेर्दा बढेको बताए। यसरी पर्यटक वृद्धि २०२५ मा करिव १२ लाख पर्यटक आगागनको हाराहारीमा पुगिनेछ । त्यसो त, नेपाल एयरलाइउनको सुझाव छ।
नेपाल पर्यटन बोर्डकाअनुसार सन् २०२५ को जुलाइमा मात्रै ७० हजार भन्दा बढी पर्यटक नेपाल आएका छन् । जुलाईमा कुल आगमनमध्ये सबैभन्दा बढी भारतबाट मात्रै २७ हजार १ सय ५२ अर्थात् ३८.७ प्रतिशत पर्यटक आएका छन् । दोस्रो स्थानमा चीनबाट ६ हजार ८ सय ९० जना, तेस्रोमा अमेरिकाबाट ६ हजार ६ सय २६ जना, बंगलादेशबाट ४ हजार ४ सय १३ जना र बेलायतबाट ३ हजार ५ सय ४७ जना पर्यटक नेपाल आएका छन् ।
बोर्डका अनुसार ‘भारत चीन अमेरिका श्रीलका बंगलादेशका लगायतबाट नेपालमा बढि पर्यटक आउने गरेको छन् । हवाई यात्रा हुँदै भारतबाट कम पर्यटक आएको देखिएपनि सडकमार्ग हुँदै भारतीय पर्यटक धेरै आउने गरेका छन् । २०१९ मा १२ लाखसम्म पर्यटक आएको आँकडा थियो ।
२०२५ अहिले १२ लाखको नजिक नजिकमा तथ्यांक देखिन्छ। राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको हवाई विस्तार गर्न जरुरी छ। अन्तर्राष्ट्रिय बजारमा जुन हवाई मूल्यको प्रतिष्पर्धा हुन्छ ।
यसमा खरो उत्रन हाम्रो आफ्नै राष्ट्रिय ध्वजावाहक चाहिन्छ । अहिले नेपाल एयरलाइन्सको गन्तव्य ८–१० ओटा मात्रै छ, यो दोब्बर भएको खण्डमा सन् २०३० सम्ममा १५–१६ लाखको हाराहारीमा पर्यटक भित्राउन सकिने देखिन्छ ।








