४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

बलिभद्र राना, नेपाल निर्माण उद्योग परिषद्काे अध्यक्षमा,यसरी बने सर्वसम्मत !


१८ भाद्र २०८१, मंगलबार  


बलिभद्र राना मगर समकालीन नेपाली राजनीतिमा उदाएका उम्दा युवा नेता हुन्।दाेश्राे जनआन्दाेलनपछि नेकपा एमालेमा जाेडिएर राजनीतिकाे यात्रामा निस्किएका उनी दाङका काबिल नेताकाे रूपमा चिनिन्छन् ।

निकै शालीन ,मृदुभाषी र परिपक्व युवा पुस्ताका नेताका रूपमा स्थापित उनी साेमबार सम्पन्न नेपाल निर्माण उद्योग परिषद्काे अध्यक्षमा सर्वसम्मत निर्वाचित भए ।नेकपा एमालेकाे एक शक्तिशाली भातृसंगठनकाे रूपमा हेरिने यश परिषदकाे नेतृत्वका लागि धेरै आकांक्षीहरू थिए।धेरै आकांक्षीकाे विश्वास जितेर उनी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन्।

नेकपा एमालेको जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासंघको घटक अर्थात सहायक संगठनकाे रूपमा हेरिने यश व्यवसायीक मन्च नेपाल निर्माण उद्योग परिषद् हाे । यही संगठनकाे सम्पन्न तेस्रो अधिवेशन तथा पचौँ साधारण सभाबाट बलिभद्र राना मगर नेतृत्वमा आएका हुन्।

अधिवेशनबाट खुल्ला उपाध्यक्षमा सुरेन्द्र पाठक निर्वाचित भए । कोशी प्रदेशबाट उपाध्यक्षमा कमलप्रसाद गौतम, मधेसबाट रामसुरत देव, बागमतीबाट नारायणप्रसाद बडाल, उपत्यकाबाट कृष्णप्रसाद गौतम, गण्डकीबाट नारायण जिसी, लुम्बिनीबाट प्रकाश शाह, कर्णालीबाट लक्ष्मणप्रसाद पोखरेल र सुदूरपश्चिमबाट कृष्णबहादुर साउद निर्वाचित भएका छन्। यस्तै महिला उपाध्यक्षमा मञ्जु भुसाल निर्वाचित भएकी छिन्।

संगठनको महासचिवमा रामशरण देउजा , उपमहासचिवमा पुष्कल श्रेष्ठ र बलराम श्रेष्ठ; सचिवमा मनोज तामाङ र दिनेश पौडेल निर्वाचित भएका छन् भने कोषाध्यक्षमा उज्वल गौतम चुनिए।
नवनिर्वाचित कमिटी ८५ सदस्सीय रहेको छ ।

नवनिर्वाचित अध्यक्ष राना मगर नेपाल निर्माण व्यवसायी महासघं लुम्बिनी प्रदेशकाे अध्यक्ष समेत हुन्। सत्तारूढ एमालेका महासचिव शंकर पाेखरेलका दाहिने हातकाे रूपमा मानिने बलिभद्र राना मगर दाङका लाेकपृय युवा नेताकाे रूपमा स्थापित छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ११ : ५४ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित