संघीय निजामती विधेयकमा छलछाम गरेको विषयले संसदमा गर्मागर्मी छ।संसदीय समितिले दफावार छलफल गरेर हाउसमा पठाएको विधेयकमा सुटुक्क केरमेट भएपछि दोषी खोजि हुदैछ।
समिति सभापति रामहरि खतिवडाले नैतिक जिम्मेवारी लिने बताए पनि कारबाही भैहाल्ला भन्ने देखिन्न ।संसद र सभामुखलाई समेत छलेर गरिएको यस्तो हर्कत दण्डनीय मात्रै होइन अक्षम्य भएको संविधानविद् डाक्टर भीमार्जुन आ चार्य बताउँछन् ।सार्वभौम संसदलाई छक्याउने यस्तो कार्य विरू्द्द धेरै कानुन आकर्षित
हुने उनी बताउँछन् ।
यसरी संसदको मर्यादाको हुर्मत लिने गरि सिमित कर्मचारीको स्वार्थमा भएको हत्कण्डामा संसदको महासचिवतिर शंकाको सुई सोझिएको छ।संसदको महासचिव , त्यस्तो पद उसले यी सबैको अभिलेखिकरण गर्छ। सभामुखको सदस्य सचिव जस्तै हो। तर, उनै पद्मप्रसाद पाण्डेले यस्तो गरेको हुन सक्ने आशंका छ।
यश प्रकरणमा नाम जोडिएका संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयमाथि ३ वटा नागरिकता बनाएको आरोप पनि छ । दोहोरो नागरिकता र दोहोरो राहदानी बनाएको विषय बाहिरिएपनि उनीमाथि अनुसन्धान गरिएको छैन।
संसदको महासचिव पदमा नियुक्त उनी प्रधानमन्त्री केपी ओलीका पृय पात्र भएकोले कुनै छानबिन नभएको बताईन्छ। यीनै हुन्, कुलिङ पिरियड २ वर्षको राख्नु पर्ने समितिको निचोड विरोध गरेका थिए। क्यामरा अघि अनुहार छोप्दै हिडेका उनीमाथि आशंका गरिएको छ। यद्यपि छानबिन तथा अनुसन्धान भएमा सत्य तथ्य बाहिर आउन सक्छ।








