३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

साेलुकाे थामेमा एक बेपत्ता,११ घरमा क्षति( अपडेट)


३२ श्रावण २०८१, शुक्रबार  


सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडन नम्बर ५ थामेमा बाढीका कारण एक विद्यालयसहित ११ घर र होटलमा पूर्ण रूपमा क्षति पुगेको छ। एक क्लिनिक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

क्षतिग्रस्त संरचनामध्ये एक विद्यालय, एक क्लिनक, पाँच होटल र सात घर छन्। अन्य सात घर जोखिममा रहेका छन्। एक्कासी बाढी बस्तीमा पस्दा एकजना हराइरहेका छन्।

प्रहरीले थामे खोलामा पानीको बहाव एक्कासी बढेर क्षति पुगेको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय थाम्बुचे, नाम्चेबाट प्रहरी र नेपाली सेनाको टोली परिचालित भएको जनाएको छ। थामे खोलामा एक्कासी पानीको बहाब किन बढ्यो भन्ने खुलेको छैन। 

प्रहरीले पानीको बहाव घट्दै गए पनि कटानको कारण माथिल्लो तटीय क्षेत्रमा जोखिम रहेको र तल्लो तटीय क्षेत्रमा कटानको कारण सोलुखुम्बूको माप्य दूधकोशी गाउँपालिका– ६ बोदेबहर बलेखास्थित पाँच घरका मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको जनाएको छ। यद्यपि, दुधकोशी नदीको तल्लो तटीय क्षेत्र भने खतरामुक्त रहेको स्थानीय प्रशासनले बताएको छ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ६ : ५८ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित