२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

सहकारी पीडितद्वारा माइतीघरमा नग्न प्रदर्शन


१२ जेष्ठ २०८२, आइतबार  


सहकारी पीडितले काठमाडौंको माइतीघरमा थाल ठटाउँदै अर्धनग्न भएर प्रदर्शन गरेका छन् । पुरूष सहकारी पीडितहरूले सरकारको ध्यानाकर्षण गराउन भन्दै यस्तो प्रदर्शन गरेका हुन्।

माइतीघरमा सहकारी पीडितको अर्धनग्न प्रदर्शन
सरकारसँग पटकपटक भएको सम्झौता र सर्वोच्च अदालतको परमादेशअनुसार कोष खडा गरेर बचतकर्ताको बचत फिर्ता गर्नुपर्ने लगायतका माग उनीहरूको छ ।

राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्न सर्वोच्चले सरकारका नाममा परमादेश दिएको थियो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि सहकारी नियमन प्राधिकरण अन्तर्गत कोष बनाइने उल्लेख छ ।आउँदै गरेको बजेटमा समेत आफ्नो माग राख्न प्रदर्शन गरिएको पीडितहरुले बताएका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, आइतबार  ४ : ५९ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित