२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

‘गीतकार टेक तामाङ सांगीतिक साँझ–२०८२’ मा उनका गीतहरू गुञ्जिए, लाइभमा दर्शक झुमिए


१६ असार २०८२, सोमबार  


गीतकार टेक तामाङ सांगितिक साँझ २०८२ ले गुन्जियो कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान। गएको शनिबार साँझ आयोजित कार्यक्रममा लोकप्रिय गायकरगायिकाहरूले गीतकार तामाङद्वारा रचित १७ वटा गीतको लाइभ प्रस्तुति दिदै । कलाकारहरुको धमकेदार प्रस्तुतिले पूरा हल गुञ्जियो ।

समारोहमा ‘नेपाल मेरो घर, आमा, स्वर्ग सुख, मीठा मीठा बोली, जित्नेहरूको पनि, आफ्नै धड्कन, मन पर्छ, अल्झिरहृयो याद, नजिक यति भएर पनि, तिमी सागर, तिमीलाई पराईको, अँगालोमा बेरिरहूँ, जन्मिखेली, माथिमाथि लेकमा, जोर मादलको तालैमा र स्वर्ग झैं सैलुङ’ बोलका १६ वटा एकलरयुगल स्वरका गीत प्रस्तुत भएका थिए ।

प्रसिद्ध संगीत संयोजक एवं संगीतकार अशोक लोहरुङ राईको संगीत संयोजन तथा निर्देशनमा शिलाबहादुर मोक्तान, मनोहरू सुनाम, मोहनकृष्ण कार्की ढली, रविन कार्की ढली, किशोर कार्की ढली, नारायण कार्की ढली, केशव सुनाम, विकाशनाथ योगी, गोपालदेव घतानी, धनबहादुर गुरुङ, कुमार महाराज, भरत बुढाथोकी, मेघराज लुंगेली, अनिल थापा, पोषण घर्ती, देव राई, सञ्जीव लिम्बू, दिपेश श्रेष्ठ, सीतामैया राजचल, भरत नेपाली र भुपेन्द्र रसाइली जस्ता प्रतिष्ठितदेखि कनिष्ठसम्मका वाद्यवादककरुको साथ रहेको थियो ।

यस समारोहमा टेक तामाङकै दुई गीतका भिडियो सार्वजनिक गरिएको थियो । उनका ‘सोल्टिनी’ र ‘माथि त लेकमा’ विमोचित गरिएको थियो । ‘सोल्टिनी’मा अञ्जु पन्त र विजय अधिकारीको स्वर छ भने विजयकै संगीत रहेको छ । यस्तै, ‘माथि त लेकमा’मा रेश्मा घिसिङको स्वर र संगीत चन्द्रकुमार दोङको छ ।

कार्यक्रमका अध्यक्ष एवं व्यवस्थापानमा वसन्त बित्यासी थापा थिए भने संगीत संयोजकमा अशोककुमार राई र कार्यक्रम व्यवस्थापन समतिका सदस्यहरूमा सुमन पण्डित ‘बैरागी’, टीका राई (शिव), कन्काइष्ट राई, शशि लुमुम्बू, सुशील केसी, अर्जुनबहादुर घलान र गोपालचन्द्र राई रहेका थिए । यस समारोहमा राजीनितक, शिक्षा, व्यवसायी, न्याय क्षेत्रका व्यक्तित्वहरू, गीत संगीत तथा कला साहित्य क्षेत्रका व्यक्तिहरूको बाक्लो उपस्थिति थियो । सिट क्षमताभन्दा बढी दर्शकरश्रोताको उपस्थिति रहेको कार्यक्रम चलचित्र विकास बोर्डका वर्तमान अध्यक्ष दिनेश डीसीले सहजिकरण गरेका थिए। गीतकार संघ नेपालका अध्यक्ष वसन्त बित्याशी थापाको सभापतित्व एवं प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तिलविक्रम नेम्बाङ ‘वैरागी काइँला’को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकोे थियो ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  १० : ५९ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित