११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

बालेन प्रधानमन्त्री, मोदी मोडलमा रास्वपा !


१३ पुस २०८२, आइतबार  


पुस १३ एउटा त्यस्तो क्षण र परिघटनाको सन्दर्भ बन्यो । जसले नेतातन्त्रको अन्त्य गर्दै लोकतन्त्रको सुदृढिकरणमा युवाहरुले हस्तक्षेप गर्ने गरी हस्ताक्षर गरे । यो हस्ताक्षर केवल कागजमा गरिएको लिखत दस्तखत मात्रै थिएन र होइन पनि । यो दस्तखत लोकतन्त्रको खास्टो ओढेर देश लुटिएको विरुद्धको हस्तक्षेप गर्ने बाचाको ऐतिहासिक दस्तखत थियो ।

३६ वर्षदेखिको भ्रष्टाचार, कुशासन र विकृतिको फोहोर पन्छाउने बाचा गर्दै रास्वपा सभापति रवि लामिछाने र काठमाडौ महानगरका मेयर बालेन साहले गरेका हुन् हस्ताक्षर । उनीहरुले गरेको हस्ताक्षरको मर्म र भावना वंशतन्त्रदबाट लुटिएको देश फेरि नेतातन्त्रको धरापमा परेपछि कोरिएको नयाँ सन्दर्भ हो । नेतातन्त्रको धरापबाट मुलुकलाई बाहिर निकालेरसुशासन र समृद्धिको उज्यालो बाटोमा हिडाउँन रवि र बालेनले गरेको चुनौतिपूर्ण हस्ताक्षर हो ।

यति मात्रै होइन, गएको भदौमा नव युवाहरुले गरेको विद्रोहलाई आत्मसाथ गर्दै त्यस्को दस्तावेजीकरण गरी मुलुकलाई रुपान्तरणको रेलमा अघि बढाउन हो । भ्रष्टाचारको तुवाँलो निस्सासिएको देशलाई सुशासन र सुसंस्कृत राजनीतिबाट अघि बढाउने राजनीतिक प्रयत्न हो । लोकतन्त्रमा लोकतान्त्रिक संस्कृतिको संस्थागत विकास गर्दै गणतान्त्रिक व्यवस्थामा अवस्था बदल्ने शर्तनामाको राजनीतिक तमसुक हो । पार्टीको नेतृत्वले मात्रै सरकारको नेतृत्व गर्ने जबरजस्तीको लोकतान्त्रिक तर व्यक्तिवादी प्रवृत्तिको श्रृंखला भत्काउन हो । लोकतन्त्र भनेको सामूहिक नेतृत्व र बहुविचारको साझा थलो हो । व्यक्तिलाई शक्तिशाली बनाएर शासन सत्तामा उसकै मनपरितन्त्र कदापि होइन ।

किनकी लोकतन्त्रले सामूहिक अस्त्वित्व र अपनत्वलाई स्वीकार गर्दछ । नेपाल जस्तो बहुल समाज र परिवेश भएको मुलुकमा साझा भावना, साझा संकल्प र अवसरसंगै अस्त्त्विको कुरा हो । विडम्बना, हामीले तारन्तर उही अनुहार सत्तामा देख्यौ । पार्टीमा पनि उही अनुसार सत्तामा प िउही अनुहार र प्रवृत्ति । जसको परिणाम मुलुकमा जेनजी विद्रोह भयो ।विद्रोहले विनाश र विध्वंस निम्त्यायो । विद्रोह रहरले हुने कुरा होइन र थिइन्। तर, नेतातन्त्रको विरुद्धमा नव युवाहरुले रगत बगाउन पनि तयार भए । तिनै युवाले बगाएको रगतको गर्भमा मुलुकमा सुशासनको बहस चलेको छ।

त्यही सुशासन कायम गर्नकै लागि सत्ताको नेतृत्व परिवर्तन गर्न जरुरी छ । त्यसका लागि रवि र बालेनबीच एकता भएको पक्का हो । रवि र बालेनबीचको एकताले आम जनतामा भरोसा र आशा मात्रै जगाएको छैन । अब रविले पार्टी चलाउने छन् भने बालेनले सरकार चलाउने छन्। रास्वपाको यो नयाँ मोडल मोदी मोडल हो । भारतमा मोदी प्रधानमन्त्री छन् । सत्तारुढ दल भाजपाको राष्ट्रिय अध्यक्ष ४५ वर्षीय नीतिन नविन छन् ।

मोदीको तेश्रो कार्यकालमा भारतीय सत्ता चलेको मात्रै छैन। आज भारत विश्व महाशक्ति बन्ने होडमा छ । ८ करोड पार्टी सदस्य भएको भारतीय जनता पार्टीलाई ४५ वर्षीय नीतिन नविनले हाँकिरहेका छन् । विगतमा नेपालमा पार्टी र सरकार सन्चालनकै विषयमा तत्कालीन नेकपा विभाजन भएको थियो । ओली र प्रचण्डको पार्टी र सरकार कब्जा गर्ने एककाटे र एकांगी प्रवृत्तिले नेकपा इतिहास मात्रै बनेनन् । फागुन २१ पछिका मितिदेखि यी नेताहरु सम्भवतः अब कहिल्यै बालुवाटार फर्किने छैनन् । किनकी समय निकै बलवान मात्रै छैन, बदलिदाँे पनि छ । बदलिदौ परिवेश र परिस्थितिलाई बुझ्न नसक्नेहरु राजनीतिमा पनि डाइनोसर बन्नेमा विमति नहोला की ? ००००

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ५ : ३९ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित