२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

उस्तै छ, ओली अहंकार ! पदप्रतिको लालसा पनि उही !


२१ जेष्ठ २०८३, बिहिबार  


नानीदेखि लागेको बानी मर्नेबेलासम्म पनि नजाने ! हो, यही उखानले भने जस्तै छ, केपी ओली प्रवृत्ति । ५ दशक बढी सक्रिय राजनीतिमा तीन पटक प्रधानमन्त्री भएका नेता हुन्, ओली । जेनजी विद्रोहबाट सत्ताच्यूत भएका उनी गएको फागुन २१ मा झापा ५ मा प्रधानमन्त्री बालेन्द्र शाहसंग झण्डै पचास हजारको मतान्तरले पराजित भए ।

आफ्नै किल्ला र जिल्लामा सर्मनाक हार बेहोरेर रन्थनिएका केपी ओली गएको बुधबार निकै जंगिए । कार्की आयोग र राष्ट्रिय मानव अधिकार आयोगबाट नरसंहारको आरोप खेपेका उनी लामो समयपछि सार्वजनिक मन्चमा देखिए । गएको बुधबार एमालेले आयोजना गरेको कार्यशाला गोष्ठीका क्रममा उनी निकै क्रोधित भएका हुन् । सरकारले गठन गरेको आयोगलाई नमान्ने र बयान पनि नदिने भन्दै उनले घर जलाउनेहरुले सम्पत्ति विवरण त्यही घरको खरानी लैजान कडा चेतावनी दिए ।

२०७१ साउनमा काठमाडौमा सम्पन्न नवौ महाधिवेशबाट पार्टी नेतृत्वमा आएका ओली त्यस यता तीन पटक अध्यक्ष भैसके । जेनजी विद्रोहपछि भएको एमालेको ११ औ महाधिवेशनबाट एकलौटी ढंगले अधयक्षमा दोहोरिएका उनी गएको चैत १४ गते शनिबार गुण्डुबाट पक्राउ परेका थिए । गएको चैत २६ गते १३ दिन हिरासतमै बसेका उनी रिहा त भए । तर, उनीमाथि नरसंहारसहित भ्रष्टाचारको आरोप छ ।

ओलीले सरकारको कडा आलोचना गर्दै कुनै पनि आयोगलाई बयान नदिने भन्दै वर्तमान सरकारले अराजकतन्त्र चलाएको आरोप लगाए । उनले ‘सरकारले बनाएको सम्पत्ति छानबिन आयोग तत्कालीन राजा ज्ञानेन्द्रले बनाएको आयोग जस्तै भएको दाबी गरे । सरकारका संवैधानिक आयोगहरू छँदैछन् । आयोगले नयाँ दल, सेनालाई छानबिन नगर्ने ? केपी ओली र रमेश लेखकलाई वा पुराना पार्टीका मान्छेलाई फसाउन बनाइएको हो ? यस्तो आयोगलाई म मान्यता दिन्नँ । म सम्पत्ति विवरण लेखेर पठाउँदिनँ । आगो लगाएर खरानी बनाएको घरबाट मैले खरानी भर्ने ?’भन्दै सरकारविरुद्ध रोष व्यक्त गरेका हुन् ।


बालेन सरकारले सरकारले गएको वैशाख पहिलो साता सर्वोच्चका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको नेतृत्वतमा सम्पत्ति जाँचबुझ आयोग गठन गरेको थियो । आयोगलाई सरकारले एक वर्षको समय दिएको छ ।एक वर्षभित्र आयोगले २०६२ देखि हालसम्मका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानबिन गर्ने कार्यादेश पाएको छ ।

यस आयोगका सदस्यहरूमा पुनरावेदन अदालतका पूर्वमुख्यन्यायाधीश पुरुषोत्तम पराजुली र उच्च अदालतका पूर्वन्यायाधीश चण्डीराज ढकाल, नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक गणेश केसी र नेपाल चार्टर्ड अकाउन्टेन्ट्स संस्था आईक्यानका पूर्वअध्यक्ष प्रकाश लम्साल छन् । सरकारले २०६२÷६३ सालदेखि २०८२÷०८३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरणको संकलन तथा छानबिन गर्न सम्पत्ति, आँचबुझ छानबिन आयोग गठन गरेको हो ।


ओलीले सरकारलाई बयान नदिने मात्रै भनेनन्। पार्टीको नेतृत्व छोड्ने दबाबविरुद्ध पनि कुर्लिए । पार्टीको विधान बमोमिज आफू नेतृत्वमा आएकोले कसैले पद छोड भन्दैमा नछोड्ने दाबी गरे । पार्टीलाई पुनः बलियो बनाएर मात्रै समय आएपछि नेतृत्वको विषयमा पुर्न विचार गरिने पनि दोहो¥याए ।

जेनजी विद्रोहपछि सबै भन्दा बढी विक्षिप्त भएका नेता हुन्, एमाले अध्यक्ष केपी ओली । उनी गएको फागुनको निर्वाचनमा समेत सहभागी नहुने भन्दै आएका थिए । तर, अन्य पुराना दलहरु पनि निर्वाचनमा गएपछि उनको दलले पनि भाग लिएको थियो । चुनावमा एमालेले प्रत्यक्षमा ९ सीट र समानुपातिकमा १६ गरी २५ सीटसहित संसदको तेश्रो दल हो । ०००००

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार  ३ : ११ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित