१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

शिक्षकको माग पूरा गर्न दुई खर्ब आवस्यक


१० बैशाख २०८२, बुधबार  



प्रधानमन्त्री केपी ओलीले शिक्षकका सबै माग पूरा गर्न नसकिने बताएका छन् । राष्ट्रिय ढुकुटीको अवस्थाले शिक्षकका मागलाई सम्बोधन गर्न नसकिने बताएका हुन्।


शिक्षकले अघि सारेका माग पूरा गर्न सरकारको दायित्वमा दुई खर्ब थपिन्छ।एकातिर राज्यको श्रोत साधनको अभाव छ, भने अर्कोतिर गुणस्तरीय शिक्षाको चिन्ता उस्तै छ। सरकारी तथ्यांक अनुसार ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरेका छन् ।

सरकारले वार्षिक विद्यालय शिक्षाको लागि मात्रै १ खर्ब खर्चिने गरेको तथ्यांक छ। स्वदेशी तथा विदेशी अनुदान शिक्षामा लगाईएको छ।परिणाममा १२ प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरेका छन् ।

सरकारी विद्यालयको उपलब्धि निजी विद्यालयको विद्यार्थी उत्तीर्ण प्रतिशत भन्दा तीन गुणा कम छ।यीनै १२ प्रतिशत उत्तीर्ण विद्यार्थीका लागि एक खर्ब माथि सरकारी खर्च छ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ११ : २२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित