१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

अध्ययन तथा अनुसन्धान गर्देनन् माननीय, बरु संसदमै भुसुक्कै निदाउँछन्


२२ श्रावण २०८२, बुधबार  


लोकतन्त्रको विकल्प उन्नत र सुस्कृत लोकतन्त्र हो। लोकतन्त्रमा संसद् नागरिकको प्रतिनिधिमूलक संस्था हो। जनप्रतिनिधिलाई नागरिकले मतदानबाट सार्वभौम अधिकार दिएका हुन्छन्। जनताको मतको बलमा संसद बनेको हुन्छ ।

जहाँ आवाजविहीनको आवाज बोलिन्छ। सरकार निर्मांणदेखि राज्यलाई खाँचो पर्ने ऐन कानूनको शब्द कोरिन्छ। मुलुक र जनताको भाग्य र भविष्य निर्माणको विषयमा विचार बहस छेडिन्छ। संसदको यही लोकतान्त्रिक सुन्दरतालाई अम्बेडकरले संसद् लोकतन्त्रको मन्दिर हो, जहाँ हरेक मतले अर्थ राख्दछ भने परिभाषा गरेका छन ।

संसद मन्दिर हो की. कसाही सेन्टर ?

त्यसो भए के अम्बेडकरले भने जस्तै हाम्रो संसदको चित्र र चरित्र छ ? यो निकै संगीन प्रश्न हो । संसद जति सुन्दर हुन्छ। समाज र देश पनि त्यत्ति सुन्दर, सभ्य र समृद्ध बन्छ । तर, हाम्रो इतिहासमा अम्बेडकरले गरेको परिभाषा जस्तो छैन । त्यस्का ज्वलन्त उदाहरणहरु पनि गिन्ति गरी साध्य नहोला । यद्यपि यहाँ संसदीय इतिहासका चर्चित काण्डहरु छन् । तत्कालीन सभामुख तथा हालका राष्ट्रपति रामचन्द्र पौडेललाई गोल्छे साकीले थप्पड हिर्काएका काण्डदेखि कुलिङ पिरियडमा राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडाले गरेका बेशरमीहरुको लामै सूचि भेटिन्छ। ।यद्यपि उनले आफू दोषी नभएकोले समितिले आफूले राजिनामा दिन्न भन्छन् ।

प्रजातन्त्रको पुनःस्थापना यताको संसदीय इतिहास उज्यालो भन्दा अध्याँरो धेरै छ। पहिलो पटक कांग्रेसको नेतृत्वमा बहुमत प्राप्त सरकार थियो । त्यत्तिबेला पनि संसदमा सत्ता पक्ष र प्रतिपक्षबीच घमासान हुन्थ्यो । त्यसको गतिलो उदाहरण हो, तत्कालीन सभामुख तथा हालका राष्ट्रपति रामचन्द्र पौडेलको गालामा थप्पड लगाएको विषय । २०४९ साल ताका हो । त्यत्तिबेला सांसद गोल्छे सार्कीले रामचन्द्र पौडेललाई संसद्भित्रै गालामा झापड हानेका थिए।

त्यस्तै २०५४ सालमा दल त्याग विधेयक पारित गर्ने विषयमा एमाले र कांग्रेसका सांसदहरूबीच कुर्सी हानाहान भएको थियो। संसदभित्रको यस्ता रमिता रोकिएनन। लोकतन्त्र स्थापनापछि २०६५ जेठमा सांसद कमला शर्माले हालका कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको गालामा चप्पलले चड्काएकी थिईन् । यसैगरी २०६७ सालमा माओवादी सांसदले अर्थमन्त्री सुरेन्द्र पाण्डेको बजेट वक्तव्य बोकेको ब्रिफकेसमाथि लछार पछार गरेका थिए ।

२०७१ सालमा माओवादी सांसद उमेशकुमार यादवले माइक र कुर्सी तोडेर सभामुख सुवास नेम्वाङमाथि हातपातको प्रयास गरेका थिए। यस्तै २०८२ को वैशाख २५ मा स्वतन्त्र सांसद अमरेशकुमार सिंह बोल्न नपाएको झोकमा संसदभित्रै अर्धनग्न भए । पछिल्लो समय कुलिङ पिरियडदेखि जापान काण्डले नेपालको संघीय र प्रदेश संसद बदनाम छ । मुलुकको संसदीय इतिहासमा पनि सांसदहरू बारम्बार अनुशासनहीन, विवादित, शारीरिक हर्कतदेखि, नाराबाजी, भिडन्तसम्म गरेका दृश्य पटाक्षेप भएका छन्। साथै, अदालतबाट पक्राउ तथा निलम्बनसम्म भएका दृष्तान्त छ।


अध्ययन गर्दैनन् सांसद !


संसदीय व्यवस्थाको जननी बेलायतका तत्कालीन प्रधानमत्री विन्स्टन चर्चिलले भने थिए,की जबसम्म बेलायती संसद्को थिति रहन्छ, तबसम्म बेलायत पनि रहन्छ र थिति नरहेका दिन बेलायत आफैं डुब्छ । हो, नेपालको संसदले पनि थिति बसाल्न नसक्ने हो भने एक दिन देशै डुब्नेछ । लोकतन्त्रमा संसद र सांसदका भूमिका र दायित्व कति महत्वपूर्ण हुन्छ भन्ने विषयमा अन्तर व्यवस्थापिका संघको ग्लोबल पार्लियामेन्टरी रिपोर्ट २०१७ ले प्रतिवेदन सार्वजनिक गरेको थियो ।

प्रतिवेदनमा विकासोन्मुख मुलुकमा सांसदले निरन्तर अध्ययन, अनुसन्धान र विशेषज्ञताको विकास गर्नुपर्ने देखाएको छ। तर, हाम्रा माननीयहरु संसदभित्र अस्वभाविक हर्कत मात्रै गर्दैनन्, संसदमा हाजिर लगाएर टाप कस्छन् । संसदीय बैठकमा बस्नै परेपनि संसदभित्रै निदाउँछन् ।यति मात्रै होइन, विद्युतीय कारोबार र विद्युत विक्रीबीचको भेद खुट्याउनै सक्दैनन् । राष्ट्रिय सभामा विद्युतीय कारोबार सम्बन्धि विधेयक छलफलमा थियो ।

तर, सांसदहरुले विद्युत विक्रीको विषयमा छलफल गरेका थिए । यस्तो हुनुमा हाम्रा सांसदहरु अध्ययन, अनुसन्धान र विशेषज्ञता हासिल गर्न चाहादैनन्। संसदीय दलको नेताले जे आदेश दियो , त्यही त्यही गर्छन्। संसद आफै स्वतन्त्र र विवेकी हुनुपर्छ भन्नेसम्मको ज्ञान राख्दैनन् । संसद र सांसदको गरिमाको ओज थाहा पाउन्नन् । ०००

प्रकाशित मिति : २२ श्रावण २०८२, बुधबार  १२ : ५७ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित