११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

घोराही- तुल्सीपुर चार लेन सडक बारे शंकर पोखरेल र रेखा शर्माका कार्यकर्ताहरूको ‘कुु’प्रचार


७ मंसिर २०८२, शनिबार  


काम गर्ने कालू मकै खाने भालु भने झै दाङको चार लेन सडकको विषयमा एमालेको ओली समूहले झुठो प्रचार गरेको स्थानीय जानकारहरू बताउँछन् ।

१५ महिना सरकारमा भएको बेला दाङका नेता समेत रहेका शंकर पोखरेलले सडक विस्तारमा पहल लिएनन् । तर, लामो समयपछि सरकारले निर्माणको काम थालेपछि शंकर पोखरेल उनका कार्यकर्ताले प्रचार गरिरहेका छन् ।

बजेट झापा र डडेल्धुरा खन्याउदा टरिगाँउ विमानस्थल र चार लेन सडकका लागि विनियोजनमा पहल गर्न नसकेको शंकरको ओली समूहले जयजयकार गरिरहेको छ।
सरकारले फागुन २१ चुनावको घोषणा गरेपछि भोटका लागि कुप्रचार गरिएको जानकारहरूको प्रतिक्रिया छ।
घोराही –तुलसीपुर सडक बन्न थालेको होइन—५ वर्षअघि हो । उहिल्यै सम्पन्न हुनुपर्ने परियोजना थियो । तर त्यतिबेला काम अलपत्र पारिएको थियोे ।तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलको समयमा न ठेकेदारलाई दबाब दिने, न काम नगर्ने ठेकेदारको ठेक्का रद्द गर्ने वातावरण बनाउने—यही राजनीतिक तथा प्रशासनिक ढिलाइका कारण सडक अल्झिएको हो।

तर, आज एमालेका ओली समूहका केही कार्यकर्ताहरूले शंकर पोखरेल भन्दै जयजयकार गरिरहेका छन् ।
जबकि राष्ट्रिय राजनीतिमा सधैं भएका शंकरको पहलमा भएको एउटा पनि विकास आ योजना छैनन् । बरू, तत्कालीन गृहमन्त्री समेत भएका खुमबहादुर खड्काले राप्ती लोकमार्ग निर्माण गरेको घोराही उपमहानगर ८ का पूर्व अध्यक्ष जितेन्द्र शाह बताउँछन् ।

तत्कालीन प्रचण्ड सरकारको पालामा सडक ठेक्का भएको हो। तर,तत्कालीन सञ्चार मन्त्री रेखा शर्माले ठेक्का रद्द गराईन्। ठेक्का रद्द पछि न रहे बाँस न रहे बाँसुरी।ठेक्का रद्द गरेपछि माओवादीकै पहलमा इज्जत राख्न सडक टालटुल गरिएको थियोे ।

यद्यपि पछिल्लो चरणमा ओली सरकारले त्यस निर्णयलाई निरन्तरता मात्र दिएको हो, जुन स्वाभाविक शासन प्रक्रियाअन्तर्गत पर्छ। नयाँ टेन्डर, बजेट विनियोजन, र काम सुरु गर्ने निर्णय—यी सबै निरन्तर प्रशासनिक प्रक्रियाका भाग हुन्।

त्यसैले आजको यो अवस्था कुनै एक व्यक्तिको “तथास्तु” ले बनेको होइन। सरकारले गरेको निर्णय, मन्त्रीको पहल, स्थानीय तहको समन्वय, प्रशासनिक प्रक्रिया र जनताको निरन्तर चाप—यी सबैको संयुक्त प्रयासले सडक आज निर्माण हुन लागेको हो।

२२ जनाको ज्यान लिएको यो मृत्यु मार्गमा जब सरकार बजेट व्यवस्था गरि ठेक्का आह्वान गर्याे ।तब जस लिने एमाले र माओ वादीका वफादार कार्यकर्ताबीच होडबाजी चलेको हो।यस्तो कुप्रचारको होडबाजी घोराही तुल्सीपुर चार लेन सडक मात्रै होईन, त्रिवि क्रिकेट रंगशालामा पनि उस्तै छ।

राजनीतिक लज्जा नभएका नेता र उनका वफादार कार्यकर्ताको कुप्रचार जनताले पत्याउँदैनन्। तैपनि जनता झुक्याएर मत असलुल्ने रणनीति हो,भन्छन् राजनीतिक विश्लेषक ।

प्रकाशित मिति : ७ मंसिर २०८२, शनिबार  ५ : ०५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित