गएको शनिबार बेलुकीपख ओली सुटुक्क देउवा निवास पुगे।जेनजी विद्रोहपछि दुई नेताको यो भेट पहिलो हो। २०८१ असार १५ ले सत्ता सहयात्री भएका यी नेता फेरि सत्तामै फर्कने दाउँमा छन्। चुनावमा जनतासंग मुख देखाउने ठाउँ छैन। चुनावपछि सत्ताका अवसरका सबै दिवार बन्द हुनेछन् । भ्रष्टाचार र नरसंहारले जेलको छिडीमा थन्काउन सक्ने ठूलो सम्भावना देखिन्छ । पछिल्लो समय ट्रष्टदेखि पोखरा विमानस्थल फाइल खोलेर धेरैलाई जेलमा जाक्ने सुईको पाएपछि उनी सत्ता दोस्तिसंग महाराजगन्जमा भेट्न पुगेका हुन्। त्यसैदिन ओलीले प्रधानमन्त्रीजी डाइरेक्टर फेरेर भएपनि पक्राउ गर्न दबाब दिएको खुलासा गरेका थिए ।
बाइट स् केपी ओली , अध्यक्ष नेकपा एमाले
पछिल्लो समय अख्तियार सक्रिय भएको छ ।उसले गएको आईतबार पाँच पूर्व मन्त्री सहित ५५ जना विरूद्ध पोखरा विमानस्थल निर्माणमा ८ अर्ब बढीको भ्रष्टाचार गरेको अभियोग फाइल विशेषमा दर्ता गर्यो। केही दिन अघि ओलीका बफादार नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ परे । ट्ष्टको लीज प्रकरणदेखि विमानस्थलसम्मको मुद्दाको लहरो यीनै नेतासम्म पुग्ने देखिन्छ । तसर्थ सत्तामा फर्किन र सुरक्षित हुन संसद व्युउताउनु नै उपयुुक्त विधि हो भन्ने ठानेका ओलीले यश अघि संसद पुनःस्थापनाको रिट सर्वोच्चमा पुराएका छन् । नक्कली भुटानी शरणार्थीदेखि टीकापुर जग्गा काण्डले देउवा दम्पतीलाई बगाउन सक्छ। त्यसलाई रोक्न सकिने भएकोले संसद व्युउताउनु उपयुुक्त हुनेमा ओ लीका प्रस्तावले देउवा विश्वस्त भएका हुन्।त्यसैका लागि देउवा निर्वाचनमा जाने आफ्नै पार्टीको निर्णय विपरीत ओलीकै पथमा बढ्न खोजेको देखिन्छन् । २०८१ असारको दही च्युउराले देशमा विद्रोह र विध्वंस भयो । अब यो भेटले थप मुठभेडलाई बल दिन सक्ने आशंका हुन थालेको छ। पुनःस्थापन हुने संसदबाट देउवा प्रधानमन्त्री हुने लली पप ओलीले देखाइदिएपछि देउवा लोभिएका हुन्।ओलीले प्रधानमन्त्री बनाउँने कसम खाएपछि संसद पुनःस्थापनका गर्नुपर्ने मागसहित देउवाले आईतबार आफ्ना दूतलाई सर्वोच्चमा रिट गर्न पठाएका थिए।
जेनजी आन्दोलनपछि पहिलो पटक भेटेर ओलीले देउवालाई प्रधानमन्त्री बनाउँने वाचा गरेपछि कांग्रेसको देउवा खेमा सर्वोच्च पुगेको हो । ओलीले अहिलेको सरकारलाई विस्थापित गर्न संसद पुनःस्थापनाका लागि कांग्रेसले सघाए प्रधानमन्त्री बनाउने बाचा गरेका हुन्। ओलीले आफ्नै निवासमा आएर आफूलाई प्रधानमन्त्री नै बनाउने कसम खाएपछि शेरबहादुरले विघटित प्रतिनिधि सभाका संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरे र सचेतक सुशीला थिङसहित ८ जना सांसदले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै पुनःस्थापनका लागि रिट दिएका हुन् । कांग्रेसले बैठकबाटै संसद पुनःस्थापनाका विपक्षमा रहदैँ चुनावमा जाने निर्णय गरेको थियो । तर, ओलीले फकाएपछि शेरबहादुर पनि सकारात्मक बन्दै प्रधानमन्त्री बन्ने लोभको महाजालमा परेका हुन्। ओली मोहजालमा परेर भदौ २४ गते आफ्नै घरमा सांघातिक हमला झेलेका थिए ।अब फेरि ओलीले थापेको प्रधानमन्त्रीको लोभले देउवालाई कहाँ पुराउँछ, त्यो भने भोलिका दिनमा अवस्य थाहा होला कि रु








