राष्ट्र बैंकले भर्खरै यसै महिना चुच्चे नक्शा अंकित १०० रूपैयाँको नयाँ नोट प्रकाशन गर्यो। तीस करोड नयाँ नक्शा अंकित नोट छपाइले भारत अत्तालिएको छ।
वर्षपछि सरकारले यसै महिना जारी गरेको १०० रुपैयाँको नयाँ नोटमा अङ्कित लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ आधिकारिक नक्सालाई लिएर भारत अत्तालिएको हो।
तर, नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरूप्रसाद पौडेलले सरकारले २०७७ साल जेठ ५ गते नेपालको राजपत्रमा सूचना प्रकाशित गरेर आफ्नो नक्सा अद्यावधिक गरेसँगै त्यही अनुसार एक सय रुपैयाँको छपाइ भएको बताउँछन्।
विगत पाँच वर्षयता उक्त नक्सा नेपालका निशान छापा, सरकारी कामकाज र विद्यालयमा अध्ययन अध्यापनमा प्रचलनमा रहेको छ।
तर, नयाँ नोट चलनचल्तीमा आएपछि व्यक्त प्रतिक्रियामध्ये एक भारतको प्रतिपक्षी दल इन्डिअन न्याश्नल कङ्ग्रेसले आफ्नो ट्विटमा ‘नयाँ १०० रुपैयाँको नोटमा राखिएको नेपालको नक्सामा धेरै भारतीय भूभागलाई आफ्नो दाबी गरिएकोू भन्दै त्यस कार्यलाई ‘ बिलकुलै सहन नसकिनेजनाएको छ।
विज्ञप्तिमा भनिएको छस् ‘मोदी सरकारले नेपाललाई कडा स्वरमा जवाफ दिनुपर्छ।’
नेपालको अद्यावधिक नक्सा देखिने नोट चीनमा छापिनु संयोग कि स्वाभाविक भन्दै नयाँ नेपाली नक्सा अस्वीकार्य भएको भारतीय प्रतिक्रिया छ। सोसल मिडियामा भारतीयका रूपमा देखा परेका कैयौँ पोस्टहरूमा नेपालको यस कदमलाई प्रधानमन्त्री नरेन्द्र मोदी एवं विदेशमन्त्री एस जयशङ्करका कूटनीतिक अक्षमताका रूपमा टिप्पणी गरिएको छ भने अधिकांश भारतीय सञ्चारमाध्यमले यसबारे खबर प्रकाशन तथा प्रशारण गरेका छन्।
त्यसमा भारतीय भूमि राखेर नेपालले नोट जारी गरेको, भारतलाई चिढ्याएको लगायतका विवरण समेटिएका छन्।
पाँच वर्षअघि नेपालले नयाँ राजनीतिक नक्सा जारी गरेदेखि नै भारतले त्यसलाई अस्वीकार गर्दै आएको छ।
२०७७ जेठ ३१ गते प्रतिनिधि सभाबाट नयाँ नक्शा अनुमोदन भएको थियोे । संविधानमा लिपिवद्ध भएको विषयमा भारतीय टिप्पणी दादागिरीको पछिल्लो संस्करण हो। राष्ट्र बैंकले संविधानमा भएको व्यवस्था अनुसार नयाँ नोट प्रकाशन गरेको हो। राष्ट्र बैकले सामान्यतः एक पटकमा ३ वर्षको मागलाई समेट्ने गरी नोटहरू छापिने गरेको जनाएको छ।
जसअन्तर्गत यसपटक ३० करोड थान सय रुपैयाँका नोट छापिने नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेल बताउँछन् ।
उनी भन्छन् ‘राष्ट्र बैंकले निष्कासन गर्ने ७ प्रकारका नोटमध्ये अन्यमा नेपालको नक्सा अङ्कित छैन। एक र दुई रुपैयाँका सिक्कामा यसअघि नै नेपालको आधिकारिक नक्सा अङ्कित भइसकेका छ।’
केन्द्रीय बैकले हाल ५, १०, २०, ५०, १००, ५०० र १,००० रुपैयाँका नोट निष्कासन गर्दै आएको छ।
नेपाल राष्ट्र ब्याङ्कले यसअघि ०७६ असोज मा १०० रुपैयाँका नयाँ नोट छापेकामा २०८१ वैशाखमा नयाँ नक्सासहितका उक्त मूल्य अङ्कित नोट छाप्ने निर्णय गरेको थियो।
२०८२ साल मङ्सिर ११ गतेबाट उक्त नोट चलनचल्तीमा ल्याइएको राष्ट्र ब्याङ्कले जनाएको छ।








