१ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026

सुनको मूल्यमा अस्वभाविक गिरावट,तोलामा १५ हजार ९ सयले कमी !


१० मंसिर २०८१, सोमबार  


नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धिले नयाँ-नयाँ रेकर्ड कायम गरिरहेकै बेला बजार मूल्य एकाएक अस्वभाविकरूपले गिरावट आएको छ।

विहेका सिजन भएकोले पनि सुन चाँदीको कारोबार बढ्नु स्वभाविक रहेको बेला अस्वभाविक रूपले मूल्यमा गिरावट आएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि सुनको मुल्य प्रतितोला १ लाख ५१ हजार ३ सय कायम भएको छ ।

सुनको मूल्य आइतबार प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो ।

यसैगरी हिजो चाँदी प्रतितोला १९ सय ६० रूपैयाँमा किनबेच भएकोमा १८ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ ।

यस हिसाबले सुनको मूल्य प्रतितोला १५ हजार ९ सय रूपैयाँले तथा चाँदीको १ सय १५ रूपैयाँले कम भएको हो ।

सरकारले पनि गएको बिहीबारको मन्त्रिपरिषद् बैठकबाट सुनको भन्सार मूल्य घटाएको छ। २०५ भन्सार मूल्य रहेकोमा अब १० ५ भन्सार मूल्य कायम गरिएको हो।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  १२ : ०६ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित