हिजाे गणतन्त्रको स्थापना गर्नका लागि काँधमा पहिलो पटक बन्दुुक उठाएको राेल्पा यति बेला बदलिएको छ। मुलुक परिवर्तनको लागि निधारमा कफन बाँधेका राेल्पालीहरू यतिबेला उद्मम र उत्पादनमा सक्रिय छन् ।
सडक र सञ्चारमा भएको अभूत्पुर्ब विकासले राेल्पालीहरूकाे साेचाइ र दृष्टिकोण नै बदलिएको छ। मुलतः उनीहरू उद्यम र उत्पादनमा सक्रिय छन् । उनीहरू विशेषगरी कृषि तथा पशुपालनमा सक्रिय भएका छन् । बन्दुक उठाउने हातमा आजभाेलि उद्यमशीलता र याेजनाका दस्तावेज हुन्छन् ।कृषि उद् यमबाट र्आथिक जीवन सुधार्न उनीहरू लागि परेको देखिन्छ ।

शान्ति प्रक्रिया पछि राेल्पामा सडक सञ्चारकाे युद्धस्तरमा विकास भयाे। जिल्लाका ७२ वटा वडामा सडक विस्तार भएको छ। जिल्ला भर करिब १ हजार किलोमिटर सडक खनिएको छ, भने सञ्चारकाे प्रविधिको विकास पनि त्यतिकै गतिले भएपछि उनीहरूकाे कृषि उद्यमलाई ठूलो टेवा पुगेको बताउँछन् पत्रकार खेम बुढा। उनी भन्छन , “सडक र सञ्चार क्षेत्रमा जस्तो भाैतिक विकास भएको छ, अब त्यस्तै स्थानीय उत्पादनलाई थप सघाउदै राेल्पाकाे आर्थिक उन्नतिमा लाग्नुपर्छ । पछिल्लो समय स्वयं स्थानीय कृषि तथा पशुपालन जे जसरी लागेका छन् । त्यही रफ्तारमा तीनै तहका सरकारले उनीहरूलाई सघाउनु जरुरी छ।”

तत्कालीन समयमा पाँच विकास क्षेत्र र ७५ जिल्ला बन्दा राेल्पाकाे २०१८ सालमा जन्म भयो । प्यूठान र सल्यानका विकट भाग काटेर राेल्पा बनाईएकाे थियोे । तर,लामो समयसम्म राेल्पाले विकासकाे अनुभव गर्न पाएन।सडक सञ्चार, विजुली,शिक्षा र स्वास्थ जस्ता आधारभूत विषयबाट उपेक्षित थियोे ।तर,शान्ति प्रक्रियापछि सत्तामा माअाेवादी पुगेपछि विकासका कामहरू भए । खास गरि सडक र सञ्चााारकाे विकास भएको छ।

शान्ति प्रक्रियापछि अभूतपूर्व विकास भएको छ। भाैतिक विकासमा जेजति भएको छ, अब आर्थिक उपार्जनलाई बढावा दिनुपर्छ, मान्छेकाे क्रयशक्ति कमजोर छ।परम्परागत अर्थतन्त्र पनि भत्किएको छ। वैदेशिक राेजगारीले थेग्न सधैं सक्दैन ।यसका लागि आन्तरिक उत्पादनमा विशेष जाेड दिन सक्नुपर्छ ।

यश जिल्लाबाट ५० हजार युवा वैदेशिक राेजगारीमा रहेको देखिन्छ ।यद्यपि श्रम विभाग अनुसार ८० हजारले श्रम स्वीकृति लिएको तथ्यांक छ। यी युवाले कमाएको पुँजीलाई पनि उत्पादनमा जाेड्न सक्ने हाे,थप राेजगारी सिर्जना गर्न सकिन्छ ।आज जिल्लामा उत्पादित कृषि उपजकाे बजार खासै अभाव छैन।बजारमा पुराउन सडक र सञ्चार पर्याप्त छ।जिल्ला भित्र सडकले नछाेएकाे कुनै वडा छैन।हजार किलोमिटर सडक मध्ये डेढ सय कालाे पत्रे गरिएको छ।

दक्षिणी राेल्पामा तरकारी खेतीले प्रख्यात छ। जहाँबाट वार्षिक करिब कराेडकाे तरकारी निर्यात हुन्छ । यस्तैगरि पश्चिम राेल्पाम तरकारी र फलफूल खेती उत्तिकै हुन्छ।।जहाँबाट ३ कराेडकाे निर्यात भएको देखिन्छ । गएको तीन वर्षमा राेल्पाबाट २३ कराेड हाराहारीमा खसी बाेका शहरमा निर्यात भएको छ।।यस्तै थबाङ,मिरूल, कुरेलीकाे आलु दाङ र बुटवलमा पुग्छ।यश वर्ष ४ कराेडकाे मात्रै आलु बजारमा पुगेको छ।यस्तै सुन्तला ३ कराेडकाे निर्यात भएको तथ्य छ। राष्ट्रिय जनगणना अनुसार राेल्पाम २ लाख ३४ हजार मानिसको बसाेबास रहेको छ। ।४५ % मगर समुदाय रहेको यश जिल्लामा पहिले लाहुरे संस्कृति थियोे । अहिले अधिकांश नयाँ पुस्ता सरकार सेवामा पुगेका छन्,भने स्थानीयहरू जीवन निर्वाह खेती छाेडेर उत्पादनमुखी कृषि तथा पशुपालनमा सक्रिय छन् ।

खेतीयोग्य जमिन करिब ३० % रहेेकाे राेल्पामा कृषिसंगै पर्यटनको सम्भावना छ। पछिल्लो समय सडक सञ्चार क्षेत्रमा भएको तीब्र विकासलाई पनि ग्रामीण पर्यटनमा जाेड्न सकेमा राेल्पाकाे आ र्थिक जीवनमा थप सुधार गर्न सकिन्छ ।
