मिति २०७५ पुस महिना ८ गतेकाे हुँदाे हाे,सडक सुधार तथा विकास अायाेजना निर्देशनालयले घाेराही- तुल्सीपुर चार लेन सडक विस्तार गर्ने ठेक्का अाह्वान गर्याे।चार लेन सडक ग्रीनबेल्टसहित स्मार्ट सडक बत्तिकाे हुनेछ भनिएको थियोे ।यस्ताे खबरले दंगालीलाई निकै खुशी बनायाे। नबनाअाेस् पनि किन ? किनकि साँगुराे सडकको कारण दाङ सडक दुर्घटना हुने जिल्लाहरूमा देशकै पहिलो पक्तिमा पर्दछ।याे सडक सुरक्षाको सवाल मात्र थिन।समग्र दाङकाे विकासकाे ढाेका खाेल्ने सपना पनि थियोे ।

तर,सपना तीन वर्षको अवधिमै तुहियाे।चार लेन सडक हाेईन,ज्यामारा धराप बन्याे।ठेकेदारलाई तह लगाउन नसक्दा ३ कराेड बढी भत्काएको सडक टाल्नैमा ठिक्क भाे।
पृष्ठभूमि यस्तो थियोे :
सडक सुधार तथा विकास निर्देशनालयले डिजाइन गरेको ७ मिटर चाैडाकाे ।तर,दाङको सडक भविष्यकाे दीगाेपनाका लागि भन्दै थप चाैडा बनाउन दबाब दिए तुल्सीपुर उपमहानगरका तत्कालीन मेयर घनश्याम पाण्डेले। उनै पाण्डेकाे पहलले सडक ७ मिटरबाट अवस्था हेरी ११ र १४ मिटर फराकिलो पारेर विस्तार हुने भयाे।३० महिना भित्रमा विस्तारकाे काम सक्ने गरि सम्झाैता भयाे २०७५ माघ महिनामा।निर्माणकाे जिम्मा लियाे,भारतीय कम्पनी तथ्य ईन्जिनियरिङ एण्ड ईन्फ्रा प्राजेक्ट प्रालिले १ अर्ब २० कराेड ३९ लाख ६० हजार ३४४ रूपैयाँ लागतमा ।तत्कालीन अायाेजना प्रमुख सुनिलबाबु ढकालले भनेका थिएकी ,याे सडक विस्तार अायाेजनाले दाङको सडक विकासकाे क्षेत्रमा ठूलो परिवर्तन ल्याउने छ,जुन कुरा अाम दंगालीसहित राप्ती क्षेत्रकाे लागि गाैरवकाे विषय थियोे र हाे पनि ।भारतीय एक्जिम बैंकको सहयोगमा बनाउने भनिएकाे सडक विस्तार ,जब निर्माण प्रारम्भ भयाे,तबदेखि अनेक तमासाहरू देखिन थाले।

सडक विस्तारकाे जिम्मा पाएकाे कम्पनी तथ्यले पेटी ठेकेदारलाई जिम्मा दियाे।यस्ता पेटी ठेक्का लिने त ८ जना फेरिए ।यस्तो घिनलाग्दाे प्रक्रिया ३ वर्षसम्म निरन्तर चलिरह्याे।३०महिनाभित्र हस्तान्तरण गर्ने गरि भएको सम्झाैता ताेड्दै गयाे कम्पनीले ।

चाैतर्फी दबाबपछि २०७८ साल मंसिर १० गते तथ्यले विस्तारका काम अाफै सम्पन्न गर्ने भन्दै वाचा गर्याे,जबकि २०७८ साउन २७ मा अायाेजना अवधि सकिएकाे थियोे ।निर्देशनालयले २०७९ बैशाख २९ सम्मका लागि भन्दै म्याद थप्याे,तर,काम अघि बढेन। सडक जताततै भत्काएकोले २२ जनाकाे खाल्डाखुल्डीकाे कारण दुर्घटनामा परेर अकालमै ज्यान गयाे।यस्तै दशा र दुूरदशा दंगाली जनताले देखे , प्रत्यक्ष भाेगे र अनुभव गरे।

राजनीतिक दलका नेता सडक बनाउन भन्दा विगार्न अघि सरे।सबैलाई कमिशनकाे बिलाेबट्टाे र जस लिने चिन्ता चासो थियोे र हाेपनि ।तर,अायाेजना पूरा गर्नेमा साझा याेजना भएको भए पूरा हुने थियाे बेलैमा ।यति बेला चारलेन सडकमा दंगालीहरू हुईकिन्थे हाेला।बिडम्बना,दंगाली यीनै नालायकहरूकै जालझेलले फेरि ठगिए।

सडककाे हालत थप बिहाल हुँदै गयाे,निर्देशनालयले फेरि म्याद थपिदियाे २०८० साल असार महिनाकाे ३१ गतेसम्म ।तर, २०८० जेष्ठ १ गते दाङमा सञ्चालित एक रेडियोकाे स्थापना दिवसको उद्घाटनमा पुगेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले तथ्यसंग सम्झाैता ताेडिएकाे खुलासा गरिन्।जबकि घाेराही तुल्सीपुरकाे सडक ग्रीनबेल्टकाे हुने भन्दै उनलेे चुनावी प्रचार गरेकी थिईन्,कांग्रेसकाे अाड भराेसामा चुनाव जितेर मन्त्री बनेकी उनकाे स्वर पनि मधुराे बन्दै गएकाे छ।

मन्त्री शर्माले सम्झाैता ताेडिएकाे खुलासा गरे यता यश सडक विस्तारमा खासै बाेलेकाे सुन्निन।उनी मन्त्री भएको करिब डेढ वर्ष भैराख्दा पनि कुनै पहल भएको देखिन्न।

माअाेवादी नेतृत्वकाे सरकार भएपनि अर्थमन्त्री वर्षमान पुनले बजेटमा चार लेन सडककाे विषयमा एक शब्द पनि खर्चेनन्। न त सरकारले चारलेन सडककाे विषयमा भारतीय एक्जिम बैंकसंग पहल गरेको देखियाे।सरकार त सडक टालेपछि यश विषयमा पनि मुख टालेकाे अवस्थामा छ।

दाङबाट निर्वाचित संघीय मन्त्री रेखा शर्मा र संघीय सांसद दिपक गिरी छन् । रेखा शर्मासंग यश विषयमा जिज्ञासा राख्न हामीले पटकपटक सम्पर्क गर्दा पनि फाेन उठेन,भने कांग्रेसबाट निर्वाचित सांसद दीपक गिरीले मन्त्री रेखा शर्माले भैहाल्छ- भैहाल्छ भन्दै अाएकाे बताए। चारलेनकै कारण जनता रुष्ट छन्, सरकारले पहल लिनु पर्याे भन्दा मन्त्री शर्माले टार्दै अाएकाे सांसद गिरीले खुलासा गरे। संसदमन बजेट बहस चलिरहेकाले अाफूले यश मुद्दालाई फेरि उठाउने सांसद गिरी बताउँछन् ।
उता,प्रदेशको मुख्यमन्त्री भए,कांग्रेसका डिल्लीबहादुर चाैधरी ।१८ महिना बढी उनकाे कार्यकालमा कांग्रेसका राजु खनाल स्वास्थ मन्त्री र अर्थमन्त्री माअाेवादीका धनबहादुर मास्की।तर जाे -जाे मन्त्री भएपनि यही सडकमै रमिता देखाएर कुर्सीबाट बाहिरिए।

उता,रास्वपाले सडकका लागि भन्दै जनदबाब दियाे ।मिति २०८० साल फागुन ५ गते शनिबारका दिन घाेराहीदेखि तुल्सीपुरसम्म पैदल हिडेर दबाब दिएकाे भनिएपनि त्यही फागुनकै २१ गते एमाले नेतृत्वको गठबन्धनमा सरकारमा रास्वपा पुग्याे। पैदल यात्रा गरेर दबाब दिएकाे रास्वपा सत्तामा पुगेपनि यश सडकको विषयमा कतै एक शब्द खर्चिएन।पुराना दलकाे विकल्प भनिएपनि पुरानाकाे फेराेमै सत्ताकाे पीङ खेलिरहेछ,यतिबेला रास्वपा पनि।तर, जनता चारलेनकाे टालटुले सडकमै हिड्न बाध्य छन् ।

सडक चारलेन विस्तार हुन्छ या हुदैन सबैतिर अन्याैल देखिन्छ ।अहिले त्यही टालटुले सडक पनि खण्डहरू हुँदै गएकाे छ।जनता सुविधा हाेईन,नारकीय सडक यात्रा गर्न विवश छन् ।याे नारकीय विवशताकाे अन्त्य कहिले भन्दै प्रश्न गरिरहेका छन् ।
