काठमाडौ प्राचीन शहर हाे,बागमती उपत्यकामा पर्ने यश शहरलाई सांस्कृतिक गन्तव्यकाे रूपमा अध्ययन,अवलोकन र भ्रमण गर्दछन्, विश्वभरका पर्यटकले । विश्व सम्पदा सूचीमा पर्ने धेरै सम्पदाहरू रहेको यश शहरकाे मुटु हाे,न्यूरोड ।जसकाे ऐतिहासिक र सांस्कृतिक महत्त्व छ,जसकाे महत्त्व अहिले मात्रै हाेईन, आज भन्दा ५० वर्ष अघि पनि उत्तिकै महत्त्व थियोे ,जसकाे संरक्षणका लागि काेशीस भएको थियोे । विक्रम सम्वत २०३१ सालमा गाेरखापत्रमा एउटा प्रकाशित सूचनाबाट पनि प्रष्ट हुन्छ कि न्यूरोड पर्यटकहरू फुटपाथमै घुम्ने गन्तव्य हाे।यहाँ सडक विस्तार र पार्किङ हाेईन,पर्यटक विचरण गर्ने थलाे हाे।

तर,२०४६ सालमा प्रजातन्त्रको पुनर्दय भयाे,तबदेखि न्यूरोड जस्ता सांस्कृतिक शहरका मुटुहरूमा माफिया ,दलालसंगकाे साँठगाँठमा राज्यसत्ता स्वयं लाग्याे।जसबाट सीमित नेता,हाकिम ,पुलिस र दलाल माेटाए। हाल धरहरामा मेयर बालेनले निशुल्क पार्किङ गर्दादेखि अत्तालिएकाे थियोे याे समूह ।जसले हलुका सवारी माेटरिाईकलबाट मात्रै कराेडाै असुली गर्दथ्याे।धरहरामा दैनिक सरदर ५ हजार माेटरसाईकल पार्किङ हुन्छन् । प्रत्येक माेटरसाईकलकाे ५० का दरले उठाउँदा दैनिक २ लाख पचास हजार ,मासिक ७५ लाख र वार्षिक ९ करोड संकलन हुने अनुमान गरिएकाे छ। जनताकाे यति ठूलो पैसा जाेगिएकाे छ, माफियाहरूकाे पार्किङ नामक ” दुधालु गाई” बन्द भएको छ।

यसरी जनता पार्किङका नाममा निरन्तर लुटिए। याे क्रम र उपक्रम निरन्तर ३३/३४ वर्षदेखि चलिरह्याे।शासन सत्तामा पुगेकाहरूकाे दुहुनो गाई जस्तै भाे,न्यूरोड ।न्यूरोड लगायतका चाेक तथा बजारमा जथाभावी पार्किङ गरेर कुरूप मात्रै बनाईएन,वार्षिक कराेडाै रूपैयाँ असुलेर सडक छापमै रहेकाहरू महलपति भए,पजेरोपति भए।सांस्कृतिक शहर कंक्रिटकाे झाडीबाट उकुसमुकुस बन्दै गयाे।विश्व सम्पदा सूचीमा रहेका मूर्त या अमूर्त धराेहरमाथि अतिक्रमण भइरह्ये।सत्ताले संरक्षण दियाे,पार्किङ माफिया र दलाललाई ।राजनीतिकाे लिस्नाे चढेर कानुन तथा विधि विधानलाई कब्जा गरेर निहित स्वार्थ पूरा गर्दै आएकाे थियोे माफिया समूहले ।

सत्ताकाे लिस्नाेमाथि चढेर मनमैजु गर्दै आएकाे यश सीमित समूहकाे गाेरखधन्दा विरूद्ध जब मेयर बालेन्द्र साहले ताल्चा लगाइदिए ।तब याे समूहले मेयर विरूद्ध आगाे ओकल्न थाल्यो ।यश माफिया समूहलाई साथ दियाे,सत्ताले।सडक विभाग उत्रियाे बालेनकाे फुटपाथ विस्तार विरूद्ध ।राजधानी सहित देशभरका सडक धराप जस्ता छन् ।ती सडकका धरापी खाल्डाे पुर्न समेत अल्छि गर्ने सडक विभाग सत्ताकाे फर्मान र आदेशलाई तत्काल पालना मात्रै गरेन,सडक छेउका पाेलमा स.वि – स.वि लेखेर अर्को रमिता देखाएको छ।सडकको नाममा वर्षेनी अर्बौंका आयाेजनाकाे कार्यान्वयन गर्ने विभागले न्यूरोडमा देखाएको यस्ता रमिताले सबैलाई अचम्मित बनायाे।काम कुराे एकातिर,कुम्लाे बाेकी ठिमीतिर भने जस्तै न्यूरोडमा मेयर बालेन विरूद्ध पाखुरी सुर्कायाे।तर,चाैतर्फी आलाेचना खेपेर नेताकाे आदेश पालना गर्दा बदनाम भयो, विभाग ।

राज्यको जिम्मेवार निकाय जनताप्रति जवाफदेही हुनु भन्दा नेताकाे आदेशमा चल्ने परिपाटीले जनताको विश्वास मात्रै गुमाएन,आफ्नाे स्वायत्तता र अस्तित्व पनि कमजोर बनायाे। उता,सत्तारूढ दलले आफ्ना वडाध्यक्षलाई मेयर बालेन विरूद्ध जुहारी खेल्न मात्रै लगाएन, बफादार कार्यकर्तालाई सडकमा उतारेर थप जनताको नजरबाट गिर्ने काम गर्याे।सत्ता र शक्तिकाे चरम दुरुपयोग गरेर बफादार कार्यकर्ताकाे भरणपोषण गर्ने नेताका लागि मेयर बालेन काउछाे बने।जनतालाई हवाइ सपना बाँडेर शकुनी राजनीति गर्ने एमाले ,कांग्रेस र माअाेवादी बालेनकाे अडानले तर्सिने मात्रै गरेनन् ।बालेन मुलधारकाे राजनीतिमा प्रवेशपछि खाइपाइ आएकाे सत्ताकाे महल सखाप हाेला भन्ने खतरा पनि देखेको छन् ।

विक्रम सम्वत २०४६ यता सत्ताकाे डाडु पन्यु समाएका, भ्रष्टाचारमा कीर्तिमान राखेका उनीहरू बफादार कार्यकर्ता मेयर बालेन विरूद्ध उतारेपनि जनताको साथ बालेनलाई थप चुलिएको छ,भने उनीहरू ,राजनीतिक तथा नैतिकरूपले स्खलित र पतन भए । बालेनकाे लाेकपृयता र इमानदारिता जलेका उनीहरू बालेन विरूद्ध सडक र सञ्जालमा विषवमन गरिरहेका छन् ।उनीहरूका यस्ता सुनियोजित र देश लुटेरा प्रवृत्ति विरूद्ध बालेन बमबार्द गरेर प्रतिरोध गरेका छन् ।वडादेखि राष्ट्रपति र खरिदारदेखि न्यायाधीशसम्म आफ्नै बफादार कार्यकर्ता भर्ती गरेका उनीहरूले मेयर बालेनलाई हर तरहले गलाउने र ढलाउने काेशीस गरे।तर, उनीहरू ती सबै जाली झेली प्रयत्नले हावा खाए।जनता झन् बालेनकाे पक्षमा उभिए ,सत्ताधारी विरूद्ध जनताको आक्राेषकाे मुस्लो थप दन्कियाे।









