२५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026

आज पुस पन्ध्र,मौलिक तमु ल्होसार पर्व ,गुरूङ जातिको विशेष दिन


१५ पुस २०८१, सोमबार  



गुरूङ जातिले आज पुस १५लाई नयाँ वर्षको रूपमा स्वागत गर्दै ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् ।

‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ जातिलेले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ । 

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । 

तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ७ : १६ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित