२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

आज पुस पन्ध्र,मौलिक तमु ल्होसार पर्व ,गुरूङ जातिको विशेष दिन


१५ पुस २०८१, सोमबार  



गुरूङ जातिले आज पुस १५लाई नयाँ वर्षको रूपमा स्वागत गर्दै ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् ।

‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ जातिलेले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ । 

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । 

तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ७ : १६ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित