एमाले कांग्रेसद्वारा ३६ वर्षसम्म जनतालाई गुमराहमा राखेर भ्रष्ट र शकुनि शासन चलाइयो यो देशमा । लोकतन्त्रको भोटोभित्र भ्रष्टहरूले धेरै पटक झुक्याए जनता ।
२०४८ सालदेखि उनै देउवा र ओलीलाई जिताए जनताले ।तर, ओली देउवाले देशलाई भ्रष्टाचार र कुशासनको दलदलमा फसाएर जनता र देशलाई हराए ।अति भएपछि खति हुन्छ भने झै भदौको जेनजी विद्रोहको भयानक आँधिबेहेरीले उनीहरू सत्ताको धुरीबाट लखेटिए ।
उनीहरूलाई लखेट्ने तिनै जनता थिए,जसले ओली देउवा धेरै पटक सत्तामा पुराएका थिए। तर, युवा विद्रोहले गएको भदौमा लखेटिएका उनीहरू र उनैका भजनमण्डली समूह सत्ता बाहिर बसेर डुक्रिरहेको छ । लोकतन्त्र र प्रजातन्त्रको नाममा कालो धन र कालो शासनले जनतामाथि क्रुर शासन नचलाएको जनता यतिधेरै क्रुद्ध हुनेवाला थिए।
तर, सत्ता च्यूत भएका ओ ली र उनको तानाशाही शासनले देशमा कुशासनको थुप्रो मात्रै थुपोरन, भ्रष्टाचारले सीमा नाघ्यो। देशलाई यति तन्नम कंगाल बनाइयो कि देशमा कुनै पनि नयाँ पुस्ता बस्ने स्थिति रहेन । तर,ओली देउवाका भारदारहरूले जनताले दुधभात खाइरहेका छन् भन्ने सन्देश पुराउँथे बालुवाटारमा । त्यही भाष्यमा संसद,सडक र सरकारमा बखानको लामा लामा कथा हाल्थे ओलीले ।
अंहकारका बादसाह यतिधेरै मैमत्त भएका थिएकी ओली शासनलाई २१ तोपको गोलाले पनि ढलाउन सक्दैन । कलियुगका दुर्योधन ओ लीको यो अंहकारले उनका भक्तहरूले जयजयकार गर्थे र ताली बजाउँथे। रोम जलिरहेछ, निरो बाँसुरी बजाईरहेछ, भन्ने ताल र सूरमा थिए,उनीहरू।
जब भदौ २३ र २४ देशभरबाट एकैसाथ विद्रोहको आ गो दन्कियो, तब कसैले घरमै सांघातिक हमला भयो ।कोही हेलिकप्टर चढेर भागे।बालुवाटार छोडेर सुपारीटार पुगेका ओ ली दस दिन भूमिगत थिए। उनका वरिपरिका सबै कुलेलाम ठोकेपछि ज्यान जोगाउन सुपारीटार पुगेका ओलीलाई महेश बस्नेतले उद्दार गरेर भक्तपुरको गुण्डुमा आश्रय दिए।
पछिल्लो समय सरकारमा रहेका बेला महेश बस्नेतलाई बालुवाटार छिर्न नदिएका ओलीलाई उद्दार गर्न एकमात्र पात्र भए महेश बस्नेत । प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार भएर मोजमस्ति गरेका विष्णु रिमालहरू ओली उद्दारमा देखिएनन् । त्यसको जवाफ उनले एमाले ११ महाधिवेशनमा पराजयबाट पाए । नेतृत्वबाट अवसर लिने तर, परेको बेला रक्षा गर्न नसक्ने रिमालहरू पराजय भोगेर धुरूधुरू रूनु परेको हो।
पाँच मिनेट हेलिकप्टरमा चढ्न ढिलाइ भएको भए भौतिक हमला झेल्नुपर्ने थियोे ।तर, सेनाले उद्दार गरेर ओ लीलाई बचायो। उही सेनालाई ओ लीजनहरूले लाल्छना लगाउँछन् ।यसैबाट पनि थाहा हुन्छ कि ओलीजनहरू चरम बैगुणी र स्वार्थी छन् । उनीहरूको यही प्रवृत्तिको उपज थियोे जेनजी विद्रोह ।
सत्ता सञ्चालनमा ज्यादती गर्दा युवाहरूले सत्ताबाट मिल्काएका थिए।उनीहरूको विद्रोह स्वतश्फूर्त थियोे ।यद्यपि सत्ताच्यूत भएको ओ ली समूहले विदेशी शक्तिहरूलाई दोष दिइरहेको छन् ।जबकि पश्चिमी मुलुकबाट अनुदान लिएर चलेको पार्टी हो, एमाले । एनजीओ र आइनजिओको पार्टी एमालेले सत्ताच्यूत विदेशीले गराइदिएको भन्ने तर्क आफैमा हास्यास्पद छ।
ओ ली समूह कति धेरै कमजोर छ भन्ने एउटा तथ्य काफि छ। एमालेको महासचिव जस्तो पदमा रहेका शंकर पोखरेलले शक्ति राष्ट्रका राजदूत फर्किए ।कुटनैतिक सम्बन्ध बिग्रेको दाबी गर्दै स्टाटस लेखे।जबकि चीन,अमेरिका लगायतका देशहरूको आफ्नै आन्तरिक प्रशासनिक कुरा थियोे ।तर,शंकर पोखरेलले सरकारलाई गलत देखाउन हावादारी स्टाटस लेखेका थिए।
ओ लीका रणनीतिकारका रूपमा रहेका शंकरलाई लिएर ओ ली देउवा फकाउन व्यस्त छन् ।ओ लीको प्रधानमन्त्री ललिपपले हौसिएका देउवा आफ्नो पार्टीको महाधिवेशन अनिश्चित बनाएर प्रधानमन्त्री पद खाने दाउँमा छन् ।पार्टी महाधिवेशन र देशको निर्वाचन भन्दा उनलाई हतारो प्रधानमन्त्री बन्ने देखिन्छ ।संसद व्युउँताएर सरकारको नेतृत्व गर्न पाएमा भ्रष्टाचार र नरसंहारका फाइल रोक्न सकिन्छ अनि विरोधी र आलोचकलाई सत्ताको बलमा झ्यालखाना पुराउन सकिन्छ भन्नेमा उनीहरू ढुक्क देखिन्छन् ।तर,परिस्थिति देउवा ओलीले मुख मिठाए जस्तो छैन । निर्वाचन नहुने र देउवा या ओ ली सत्तामा फर्किए उनीहरूको सर्वनाश त पक्का छ, देश महासंकटको भड्खालोमा जानेमा कुनै विमति नहोला कि








