२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

अहंकारी प्रधानमन्त्री !


१५ आश्विन २०८१, मंगलबार  



दुई दिनकाे झरीले २१७ जनाकाे ज्यान लियाे।२८ जना बेपत्ता छन् ,भने १ सय बढी घाईते छन् । सयाै घरबारविहीन् छन् ।सयाै यात्रु सडकमै छन् ।सडक पुल सबै ध्वस्त छन् ।

माैसमी खतरा टरेकाे छैन।राजधानी सहित मध्य र पूर्वी नेपालमा प्रकृतिले ठूलो विनाश गर्याे।विनाशकाे कारण मानवीय ज्यादा हाे,प्राकृतिक थाेरै।यसाे हुनुमा मुल दाेष राज्यसत्ताको हाे।यही राज्यसत्ताको बागडोर सम्हालेका एमाले अध्यक्ष केपी ओलीले ।उनी गएको असार २८ गते सत्तामा उक्लिए ।

प्रधानमन्त्री यही असाेज ४ गते अमेरिका हानिएका थिए। संयुक्त राष्ट्रसंघकाे महासभा बैठकमा नेपालकाे नेतृत्व गर्दै गएका थिए।उनले परराष्ट्र मन्त्रीलाई पनि पठाउने सक्थे।यद्यपि उनलाई अमेरिका घुम्ने रहर लाग्याे।राज्यको कार्यकारी पदमा भएको व्यक्तिले संयुक्त राष्ट्र संघको सभामा भाग लिन जानू उचितै हाे।यति मात्रै हाेईन,माेदीसंग साईडलाईन वार्ता गरेर अतिक्रमित भूमि फर्काउने उनको पहकदमी थियोे र हाे ।उनको याे कदम सकारात्मक छ।


तर, उनी अमेरिका भ्रमणमा रहेको बेला यही असाेज ११ र १२ गते भीषण वर्षातले देश दुई दिनमा तहनहस भाे।कार्यबाहक प्रधानमन्त्रीकाे जिम्मेवारी लिएका प्रकाशमान सिले बैठक बसाउन २ दिन लगाए,विद्यालय बन्द गर्न र राहतका लागि दान देउ भन्न बाहेक अरू सकेनन्।

त्यसको दाेश्राे दिन प्रधानमन्त्री स्वदेश फर्किए, उनी विमानस्थलकाे उडान आधा घण्टा अवराेध गरेर विमानस्थलमा पत्रकार सम्मेलन गरे।याे सरकारकाे स्वभाविक प्रक्रिया पनि हाे।तर,यसपटकको उनको स्वदेशी फिर्ती बेला देशको अवस्था भयावह थियोे र छ पनि।

नेतृत्व जनताको अभिभावक हाे,दुःखमा हाे,सरकार सारथि ।उनले जनतासँगको सम्बन्ध सुधार गर्न र विश्वास पुनर्स्थापित गर्नका लागि प्रभावकारी कदम चाल्नुपर्ने हाे । तर, पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको प्रस्तुतिबाट विपद्ले निम्त्याएको क्षति र वियोगले रन्थनिएका नागरिकमा कुनै आशा दिन सकेन। बरू झन् नेतृत्वप्रतिको विश्वासमा गम्भीर धक्का लाग्याे ।
भ्रमण छाेट्याएर छिटो फर्किनु पर्नेमा कर्मकाण्डी भ्रमणमा रमी रहे।यता,देश वियाेगमा छट्पटी रहेको थियोे र छ अहिले पनि।

१० दिने अमेरिका भ्रमणबाट सोमबार साँझ स्वदेश फर्केका प्रधानमन्त्री केपी ओली पत्रकारको प्रश्नमा आक्रामक देखिए। पत्रकारले जनताको र देशको दर्दकाे विषयमा प्रश्न गरेका थिए।उनी प्रश्नको जवाफ दिन भन्दा रवाफमै उत्रिए ।उनको असहिष्णु बानी झन् माैलाएकाे देखियाे। आफ्ना वफादार कार्यकर्ताकाे जयजयकारमा हुर्किएकाे राजनीतिक अंहकार विमानस्थलमा फेरि पनि छचल्कियाे।

जनताकाे दुःख र दर्दमा उनी निकै असंवेदनशील देखिए।जिम्मेवार सरकार प्रमुखको याे प्रस्तुति निकै खेदजनक थियोे र हाे।पत्रकारले शंकर माेकतानले राखेको जिज्ञासामा उनलेे रेडिमेड जवाफ दिए।माैसम विज्ञान विभागले पानी पर्छ मात्रै भन्याे,तर कहाँ कहाँ पर्छ भनेन यस्तो थियोे उनको जवाफ ।अनि प्रश्नमा काठमाडौका मेयर बालेन साहले पहिलेदेखि नदी खाेलाका बस्ती व्यवस्थापनमा बाेलेका थिए,भन्ने प्रश्नमा उनी झन् झाेक्किए,भाउन्निदै उत्तेजित भए ।


उनलेे १५ पृष्ठ लामो ३४ बुँदे प्रेस नोटमा मुलुक बाहिर रहँदा देशमा अकल्पनीय बाढी पहिरोले जनधनमा क्षति पुर्‍यायो । सयौं जनताको मृत्यु भयो । केही अझै बेपत्ता हुनुहुन्छ । सयौं घाइते हुनुहुन्छ । म मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । सरकारी निकाय र जनस्तरबाट उद्धारको कार्य जारी छ । सुझबुझ र धैर्यको लागि देशवासी दाजुभाइ तथा दिदीबहिनीहरुमा धन्यवाद ज्ञापन गर्दछु । सरकार यहाँहरूकै हो । यस विपदको घडीमा सक्दो सहयोग र राहत पुर्‍याउने कार्यमा सरकारले कुनै कसर बाँकी राख्नेछैन भन्ने विश्वास दिलाउन चाहन्छु ।’

तर,पत्रकारले जब विपद्को बेला भ्रमण छोट्याएर नफर्किएको र सरकारले कमजोर पूर्वतयारी र प्रतिकार्य नगरेको भन्दै प्रश्न तेर्स्याए, तब प्रधानमन्त्री अलि अस्वाभाविक रूपले प्रस्तुत भए।अनि सवाल जवाफ गर्न थाले। र भन्न थाले बाढी पहिराे पूर्वसूचना गरेर जाँदैन । गएपछि क्षति पुर्‍याउने नै हो ।

‘सरकारले विपद् व्यवस्थापनमा राम्रो तयारी गर्न सकेन भन्ने आरोप छ नि’ भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले विरोधका लागि विरोध भएको टिप्पणी गरिदिए । ‘सरकारले गर्नेसम्मको प्रयास तत्काल बैठकहरू बसेर, तत्काल सेना प्रहरी खटेर उद्धारको काम गरेको छ । अब बाढी आउने कुरालाई रोक्न सकिंदैनथ्यो भन्दै आफ्नै बचाउ गरे।यसलाई उनलेे जनतासँग संवाद गर्ने अवसरमा रुपान्तरण गर्न सक्नुपर्थ्यो। तर, उनी प्रतिवाद र रोषमै उत्रिए ।मानाै प्रश्न साेध्नेहरू सरकारका विराेधी र घुसपैठ थिए।

प्रधानमन्त्रीले विपद्ले बिथोलिएको समाजको दारू्ण अवस्था प्रति समवेदना देखाउन सके न पीडितप्रति बलियो प्रतिबद्धता न समाधानका नीति, याेजना र कार्यक्रम देखियो।

मुलुकमा बढेको भ्रष्टाचार र बेथितिले जनतामा असन्तुष्टि छ, राेष छ। त्यसको एउटा झिल्काे प्रधानमन्त्री
ओलीले अमेरिकामा पनि अनुभव गरे । याे घटना सामान्य हाेईन,यद्यपि विराेध स्थल गलत थियोे ।त्यसैकाे केही दिन यता विपत्ति निम्तियाे। विपद्मा सरकार कतै झुल्किएन।कमजोर पूर्वतयारी र प्रतिकार्यप्रति नागरिक आक्रोश उम्लिएको छ, यतिबेला ।

विपत्ति कसैलाई भनेर आउँदैन।तर,पूर्व तयारी जरुरी हुन्छ ।त्याे तयारी बढी राज्यले गर्नुपर्दछ।तर ,यसपटक पनि सरकार चुक्याे।यश विषयमा सरकार माफि माग्न याेग्यछ छ।किनकिउसले दायित्व र जिम्मेवारी पूरा गर्न सकेन।तर, प्रधानमन्त्री माफि हाेईन,उल्टाे उपदेश दिए र दिदै छन पनि ।

यश संकटमा उनमा छुद्रता र अहंकार थप बढेर गएको देखियाे ,जनताले भराेसा हाेईन,सरकारलाई तिरस्कार गर्ने स्थिति बन्यो ।२०७२ असाेजमा पहिलोपटक प्रधानमन्त्री हुँदा उनलेे जुन विश्वास हासिल गरेका थिए, त्याे सबै बचेखुचेकाे पनि यश पटककाे बाढीले बगाईदियाे।

दुई दिनकाे झरीका कारण आएकाे बाढीमा बगाइएका, पहिरोमा पुरिएका कैयौं नेपाली नागरिक बेपत्ता छन् । पृथ्वी राजमार्ग जेनतेन खुलेको छ तर,बीपी राजमार्गमा हजारौं नागरिक पाइतालाबाट रगत आउने गरी हिंडिरहेका छन् । बलिया बांगा मानिसहरू मात्र होइन, सुत्केरी महिला, बच्चा बोकेका महिला, भारी बोकेका वृद्धहरू, बालबालिका आदि । उनीहरू भोकभोकै हिंडिरहेका छन् । अधिकांशले देशमा सरकार रहेको अनुभूति गर्न पाएका छैनन् ।

विपत क्षेत्रका दृश्यहरू हृदयविदारक छन् । अनि यही पृष्ठभूमिमा अनावश्यक रूपमा भ्रमण लम्ब्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका प्रधानमन्त्री रातो कार्पेट टेक्दै विशिष्ट कक्षबाट प्रश्न गर्नेहरूतिर आक्रोश अभिव्यक्त गर्छन् । व्यङ्ग्य गर्छन् । रुख्खासुख्खा बोल्छन् । उल्टाे उपदेश दिएर आ फ्नै बचाउ गर्छन् ।

प्रधानमन्त्रीले भन्नपर्ने थियोे कि ‘ विपद्मा पर्याप्त उद्दार गर्न राज्य संयन्त्र सफल भएन जसकाे परिणाम जनताले भाेग्नुपर्याे।त्यसका लागि सरकार न कमजोरी स्वीकार्छ। जे नहुनु थियोे भयाे,यसमा सरकार दत्तचित्त भएर लाग्छ, भन्न उनलेे सकेनन् ।

उनलेे माफि मागेनन्, बरू सरकार सही भएको दाबी गरे। उनीमा हठ र अहंकार देखियाे । हुन त माफी माग्न त हिम्मत चाहिन्छ । फराकिलो छाती पनि चाहिन्छ हाेला । जनताप्रति संवदेनशील हुने मन चाहिन्छ । जनतासँग डर र भर मान्नुपर्छ । तर,उनमा निमेष भर कुनै पछुतो र ग्लानी देखिएन।उनलाई लाग्यो कि ,यी प्रश्न साेध्नेहरू सरकार विराेधी हुन्।घुसपैठवाला हुन्।

प्रधानमन्त्री त देशकै अभिभावक हुन् । भराेसा हुन्। साहरा हुन् विरोधको स्वर बोल्नेहरूलाई प्रतिस्पर्धीका रूपमा हेर्नु पर्ने हाे। तर, उनी प्रधानमन्त्री हुँ भन्ने पनि देखाउन सकेनन्। अरू देशमा राजीनामा समेत दिन्थे हाेला ।यदि त्यसाे नभए जनतासंग माफी माग्थे।तर,हाम्रा प्रधानमन्त्री राताे कार्पेटबाट बालुवाटार पुगे,राजर्षी ठाँट ,सान र साैकातका साथ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  १० : २० बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित