१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

राजावादी प्रदर्शनमा हिंसा भड्काएका अभियुक्तहरूलाई म्याद थपका लागि अदालतमा उपस्थित


१९ चैत्र २०८१, बुधबार  


राजावादी आन्दोलनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न भएको अभियोगमा पक्राउ परेका ४१ व्यक्तिलाई दोस्रो पटक म्याद थपका लागि आज (बुधबार)काठमाडौं जिल्ला अदालतमा लगिदै छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, पक्राउ परेकामध्ये ३० जनामाथि आपराधिक उपद्रव र संगठित अपराधको आरोप छ भने ११ जनालाई राज्यविरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ।

गएको आइतबार पहिलो पटक पाँच दिनको म्याद थप गरिएकोमा सो अवधि मंगलबार सकिएको छ। उनीहरुलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको थियो।

पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवल शमशेर राणासहितका नेताहरू छन्।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ३ : ३० बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित