विश्व बजारमा प्रभुत्व जमाएको अमेरिकाका लागि टाउको दुखाइ बनेको छ। व्यापार युद्धमा रहेको अमेरिकाले १५५ प्रतिशत ट्यारिफ लगाउँदा पनि चीनको अर्थतन्त्र धरमराएन बरू गरमाएको छ । माओ कालीन समयमा गरिब ,अभाव र पछ्यौटेपनमा रूमल्लिएको चीन संसारका लागि नमुना देश बनेको छ।
चीन आज जति बनेको छ, त्यसको श्रेय देङस्याओ पिङलाई जान्छ। चीनमा भएको अभूतपूर्व आ र्थिक उन्नति नग हाल्ने देङ हुन्। सोभियत मोडलमा जाँदा असफल भएको चीनले देङले बिरालो भएपनि सेतो भए पनि मुसा मार्ने हुनुपर्यो उनको भनाइ विश्वभर प्रख्यात छ।
चीनमा भएको आर्थिक उन्नतिका विषयमा एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटमा चीनको राजनीतिका विशेषज्ञ नील थोमस भन्छन्, ‘पश्चिमी नीतिहरू चुनावमा निर्भर हुन्छन्, तर चीनको नीति निर्माण प्रक्रिया योजनाबद्ध तरिकाले काम गर्छ।’
थोमस थप्दै अगाडि भन्छन्, ‘पञ्चवर्षीय योजनाहरूले चीनले के हासिल गर्न चाहन्छ र देशको नेतृत्व कुन दिशामा बढ्न चाहन्छ भन्ने कुरा बताउँछन्। स्रोतहरूलाई सोही दिशामा केन्द्रित गरिन्छ।’उनले चीनले गरेको प्रगतिका तीन आधार दर्शाएका छन् ।
देङले अघि सारेको खुला बजार अर्थनीति पहिलो हो। सन १९८१–८४सुधार र खुल्ला बजारको योजनावद्ध विकास अघि सारिएको थियोे ।यद्यपि
चीनको आर्थिक महाशक्ति बन्ने यात्रा कहिले सुरु भयो भन्ने निश्चित रूपमा भन्न गाह्रो छ, तैपनि यसको सुरुवात सन १९७८ डिसेम्बरदेखि भएको बताइन्छ ।
चीनले तीन दशकसम्म अर्थतन्त्रलाई सरकारको कडा नियन्त्रणमा राख्यो थियो। सोभियत शैलीको केन्द्रीकृत योजनाले देशमा समृद्धि ल्याउन सकेन र जनसङ्ख्याको ठूलो हिस्सा अझै गरिबीमा फसिरहेको थियो।
माओत्सेतुङको शासनको विनाशबाट चीन माथि उठिरहेको थियो। चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापकद्वारा चलाइएका दुई अभियान छन् । ग्रेट लीप फर्वाड र सांस्कृतिक क्रान्ति । यी अभियानले लाखौँ मानिसहरूको कत्लेआम गरेको थियोे ।
माओको मृत्युपछि देशका नयाँ नेता देङ सियाओपिङ आए । उनले ले चीन‘मा सुधार र आर्थिक उदारीकरण’ नीति सन् १९८१ मा सुरु गरे। जुन योजना अर्को पञ्चवर्षीय योजनाको महत्त्वपूर्ण हिस्सा बन्यो। यस नीतिअन्तर्गत स्थापित विशेष आर्थिक क्षेत्रहरू र तिनमा आएको विदेशी लगानीले चिनियाँहरूको जीवन परिवर्तन गर्न साबित भयो।
नील थोमसका अनुसार, त्यस पञ्चवर्षीय योजनाका लक्ष्यहरू अपेक्षाभन्दा धेरै सफल भए। उका अनुसार आजको चीन सन् १९७० को दशकका मानिसहरूले कल्पनाभन्दा पनि धेरै अगाडि पुगिसकेको छ।
राष्ट्रिय गौरवलाई पुनर्स्थापित गर्न र विश्वका ठूला शक्तिहरूमध्ये आफ्नो स्थान बनाउने सन्दर्भमा पनि यो ऐतिहासिक कदम थियोे र छ।यो परिवर्तनले विश्वव्यापी अर्थतन्त्रलाई पनि गहिरो रूपमा प्रभावित गर्यो। २१ औँ शताब्दीसम्ममा उत्पादन क्षेत्रमा पश्चिमी देशका लाखौँ रोजगारीहरू चीनको तटीय क्षेत्रका नयाँ कारखानाहरूमा सरे।
अर्थशास्त्रीहरू यसलाई ‘चाइना शक’ भन्छन् र यही कारण युरोप र अमेरिकाका पुराना औद्योगिक क्षेत्रहरूमा जनवादी पार्टीहरूको उदयको एक ठुलो कारण बन्यो।
उदाहरणका लागि, वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आर्थिक नीतिमा ट्यारिफ र व्यापार युद्धको महत्त्वपूर्ण भूमिका छ। यसको उद्देश्य दशकौँ पहिले चीनको नीतिका कारण गुमेका अमेरिकी रोजगारीहरूलाई फिर्ता ल्याउनु हो।
त्यसैगरी सन २०११–१५स् रणनीतिक रूपमा उदीयमान उद्योगहरू चीनको उन्नतिका आधार बने।चीनको ‘विश्वको कारखाना’ को दर्जा सन् २००१ मा विश्व व्यापार सङ्गठनमा समावेश भएपछि अझ झनै बलियो भयो।तर, नयाँ शताब्दीको मोडमै कम्युनिस्ट पार्टीको नेतृत्व आफ्नो अर्को कदमको योजना बनाउँदै थियो।
उनीहरूलाई चीन ‘मध्यम आयको जाल’ मा फस्ने डर थियो।यो त्यतिबेला हुन्छ ।जब कुनै विकासोन्मुख देशले धेरै कम मजदुरी दिन सक्दैन, तर उच्च गुणस्तरका उत्पादन बनाउनका लागि आविष्कार गर्ने त्यति क्षमता पनि राख्दैन ।
त्यसैले सस्तो उत्पादनमा निर्भर रहनुको सट्टा चीनलाई ‘रणनीतिक रूपमा उदीयमान उद्योगहरू’ खोज्नुपर्ने आवश्यकता थियो। यो शब्द पहिलो पटक सन् २०१० मा औपचारिक रूपमा प्रयोग भयो। चिनियाँ नेताहरूका लागि यसको अर्थ हरित प्रविधि — जस्तै इलेक्ट्रिक सवारी साधन (ईभी) र सौर्य प्यानलहरू थियो।
पश्चिमी देशको राजनीतिमा जलवायु परिवर्तन महत्त्वपूर्ण मुद्दा बन्नुअघि नै चीनले यी नयाँ प्रविधिहरूमा अभूतपूर्व स्रोतहरू लगानी गर्न थाल्यो। आज चीन नवीकरणीय ऊर्जा र ईभीको क्षेत्रमा विश्वको निर्विवाद नेता मात्र छैन, यी उत्पादनका लागि आवश्यक ‘दुर्लभ पृथ्वी खनिजहरू’ को आपूर्ति शृङ्खलामा पनि लगभग एकाधिकार राख्छ।
चिप निर्माण र आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० का लागि पनि महत्त्वपूर्ण रहेका यी स्रोतहरूमा चीनको पकडले उसलाई विश्वव्यापी स्तरमा शक्तिशाली स्थिति प्रदान गर्छ। यसै कारण चीनले दुर्लभ पृथ्वीको निर्यात नियन्त्रण कडा पार्ने हालैको कदमलाई ट्रम्पले ‘विश्वलाई बन्धक बनाउने प्रयास’ भनेका थिए।
‘रणनीतिक रूपमा उदीयमान शक्तिहरू’ शब्द सन् २०११ को पञ्चवर्षीय योजनामा समावेश भए तापनि हरित प्रविधिलाई विकास र भू(राजनीतिक शक्तिको सम्भावित इन्जिनको रूपमा तत्कालीन नेता हू जिन्ताओले सन् २००० को दशकको सुरुवातमै पहिचान गरिसकेका थिए।
नील थोमसका अनुसार आफ्नो अर्थतन्त्र, प्रविधि र निर्णयहरूको मामिलामा अधिक आत्मनिर्भरताको चीनको चाहना धेरै पुरानो हो। यो विचार चिनियाँ कम्युनिस्ट पार्टीको विचारधाराको जगमा बसेको छ।
अर्को पक्ष हो, सन २०२१–२०२५स् उच्च गुणस्तरको विकासको योजना । हालका वर्षहरूमा चीनको पञ्चवर्षीय योजनाहरूको ध्यान ‘उच्च गुणस्तरको विकास’ मा केन्द्रित भएको देखिन्छ।जसलाई सन् २०१७ मा राष्ट्रपति सी चिनफिङले औपचारिक रूपमा प्रस्तुत गरेका थिए। यसको अर्थ हो— प्रविधिको क्षेत्रमा अमेरिकी प्रभुत्वलाई चुनौती दिनु र चीनलाई यस क्षेत्रमा अग्रणी बनाउनु।
प्रविधिको क्षेत्रमा जस्तै भिडियो सेयरिङ एप टिकटक, दूरसञ्चार कम्पनी हुवावे र एआई मोडल डिप्सीक हुन्।यीनलाई चीनको प्रविधि क्षेत्रको सफल उदाहरण मानिन्छ ।
तर जब अमेरिकाले यसको बिक्रीमा रोक लगाएको छ, उच्च गुणस्तरको विकास अब नयाँ गुणस्तरको उत्पादन शक्तिको दिशामा परिवर्तन भएको देखिन्छ।
यो एउटा नयाँ नारा हो, जसलाई सी चिनफिङले सन् २०२३ मा प्रस्तुत गरेका थिए। यसको उद्देश्य राष्ट्रिय गौरव र राष्ट्रिय सुरक्षामा बढी जोड दिनु हो।
यसको अर्थ हो— चिप निर्माण, कम्प्युटिङ र एआईको क्षेत्रमा चीनलाई अग्रणी बनाउनु, ताकि ऊ पश्चिमी प्रविधिमा निर्भर नहोस् र कुनै पनि प्रकारका बाह्य प्रतिबन्धको प्रभावबाट सुरक्षित रहोस्।
आविष्कारको उच्चतम स्तरमा आत्मनिर्भरता चीनको अर्को पञ्चवर्षीय योजनाको मुख्य लक्ष्य हुने सम्भावना देखिन्छ । चीन राष्ट्रिय सुरक्षा र प्राविधिक स्वतन्त्रता चीनको आर्थिक नीतिको मूल उद्देश्य बनिसकेका छन्। यो त्यही राष्ट्रवादी सोचसँग जोडिएको छ।








