९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

पर्यटन क्षेत्रमा उत्साहजनक वृद्धि,अफसिजनमै साढे पाँच लाख पर्यटक भित्रिए


१९ असार २०८२, बिहिबार  


६ महिनामै साढे पाँच लाख बढी विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको सन् २०२५ को जुन महिनासम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

गत जनवरीदेखि जुन महिनामा विश्वका विभिन्न मुलुकका ५ लाख ७७ हजार ६८९ पर्यटन नेपाल भित्रिएका हुन् । यद्यपि, यो गत वर्ष सन् २०२४ को पहिलो ६ महिनाको तुलनामा भने केही ९०.९१ प्रतिशत० कमी हो । गत वर्षको सोही अवधिमा पनि ५ लाख ८३ हजार १६ जना विदेशी पर्यटक नेपाल घुम्न आएका थिए ।

अहिले नेपालमा पर्यटक आगमनका लागि अफसिजन मानिन्छ । सोही कारण नेपाल भ्रमण आउने विदेशी पर्यटकको संख्यामा केही गिरावट आएको बोर्डले जनाएको छ । पर्यटक आगमनको मुख्य सिजन भनेको अक्टोबर महिनादेखि मार्च महिनासम्म हो । त्यस बाहेकका महिनाहरुमा तुलनात्मक कम विदेशी पर्यटक नेपाल भ्रमण आउने गरेका छन् ।

बोर्डका अनुसार अप्रिलदेखि सेप्टेम्बरलाई भने अफसिजन मानिन्छ । यो अवधिमा केही मात्रामा पर्यटक आगमन संख्या कमी हुने बोर्डले जनाएको छ । यद्यपि, अघिल्ला वर्षहरुको तुलनाामा भने नेपाल भ्रमणमा आउने विदेशीको संख्या बढ्दो नै छ ।

पर्यटनको अफसिजन मानिने यो अवधिमा पनि पर्यटकको यति उल्लेख्य आगमनले नेपाल पर्यटन पुनः लयमा फर्किंदै गरेको संकेत देखिएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार नेपालमा मासिक १ लाख हाराहारी नै पर्यटन आउन थालेका छन् । बोर्डका अनुसार अहिले औसत ९६ हजार विदेशी पर्यटक नेपाल भ्रमणमा आउने गरेका छन् । गत जुन महिनामा ७६ हजार ४२५ जना विदेशी पर्यटक आएका छन् । यद्यपि, यो अघिल्लो मे महिनाको तुलनामा ११.३५ प्रतिशत कमी हो । मे महिनामा ८६ हजार २१६ जना पर्यटक नेपाल भित्रिएका थिए ।

सन् २०२५ को पहिलो महिना ९जनवरी० मा ७९ हजार ९९१ जना, फेब्रअरीमा ९६ हजार ८८०, मार्चमा १ लाख २१ हजार ६८७ र अप्रिलमा १ लाख १६ हजार ४९० जना विदेशी पर्यटक नेपाल घुम्न आएको तथ्याङ्क छ ।

जुन महिनामा कहाँबाट कति आए पर्यटक ?

नेपाल भ्रमणमा आउने सबैभन्दा ठुलो संख्या भारतीय छन् । एकै महिनामा ३२ हजार ६६२ जना भारतीय पर्यटक नेपाल भ्रमणका लागि आएका छन् । यद्यपि, यो संख्या हवाईमार्ग मार्फत भित्रिएको तथ्याङ्क हो । बोर्डले हवाई यात्रामा मार्फत नेपाल भ्रमण आउने पर्यटकको संख्या एकीकृत रुपमा राख्ने गरेको छ । तर, स्थलमार्गबाट पनि ठूलो संख्यामा भारतीय पर्यटक नेपाल आउने गरेका छन् ।

भारतपछि अमेरिकाबाट आउने गरेका छन् । सो मुलुकबाट एकै महिना ९ हजार ६९६ जना पर्यटक नेपाल आएका छन् ।


यस्तै, चीनबाट ६ हजार ७३६, बंगलादेशबाट ५ हजार ४४९, बेलायतबाट २ हजार २८४, अष्ट्रेलियाबाट १ हजार ८३१, मेलेसियाबाट १ हजार ३४८, भुटानबाट १ हजार १६७, जापानबाट १ हजार १९ र दक्षिण कोरियाबाट १ हजार २ जना पर्यटक नेपाल आएका छन् ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  ६ : ३२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित