१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

देशभर ९५ प्रतिशत रोपाइँ,७० हजार हेक्टर खेत बाँझै,धान उत्पादनमा ८ लाख टन कमी हुने


१२ भाद्र २०८२, बिहिबार  


मनसुन सबै क्षेत्रमा सक्रिय नहुँदा यस वर्ष ९५ प्रतिशत मात्रै रोपाइँ भएको छ ।

मुलुकभर १३ लाख ७६ हजार ४ सय ६६ हेक्टरमा बर्खे धान रोपाइँ हुन गर्दछ । यही भदौ ८ सम्म १३ लाख ६ हजार २ सय ९३ हेक्टरमा मात्रै रोपाइँ भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जानकारी दिएको छ ।

गएको वर्ष भदौ ७ सम्म भने करिब ९९ प्रतिशत रोपाइँ भएको थियो ।

यसपालि मनसुन सबै जिल्लामा सक्रिय नहुँदा खेतीयोग्य ७० हजार १ सय ७३ हेक्टर जमिनमा रोपाइँ हुन नसकेको केन्द्र प्रमुख केशव देवकोटाले बताएका छन्  । उनी भन्छन् , ‘मुलुकभर धान रोपाइँ सकिएको छ, तुलनात्मक रूपमा गत वर्षभन्दा रोपाइँ कम भएको छ,’ ‘धान रोपाइँ कम हुनुको कारण सिँचाइ अभाव नै हो । पानी अभावले यस वर्ष रोपाइँ घटेको छ ।’

नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० का धान वैज्ञानिक सुशील सुवेदीले यस वर्ष धान उत्पादन कम्तीमा ८ लाख टन घट्ने जनाए । ‘प्रतिहेक्टर ३.७९ टन उत्पादकत्वको हिसाबले ७० हजार हेक्टरमा रोपाइँ नहुँदा करिब २ लाख ६५ हजार टन घट्छ । धेरैजसो ठाउँमा छिप्पिएको बीउ ढिलोगरी रोपाइँ भएको छ । रोपाइँ भइसकेपछि पनि खडेरीले समस्या पारेको अवस्था भयो,’ उनले भने, ‘किसानले लोकल बीउ वा हाइब्रिड कस्तो जातको बीउ लगाएका छन् । त्यसमा पनि भर पर्ने देखियो । मलको अवस्थाले पनि निर्धारण गर्छ । फेरि पानी परेर बाढी आयो भने पनि उत्पादनमा असर गर्छ । यी सबै हेर्दा यसपालि करिब ८ लाख टन उत्पादन घट्छ ।’

कृषि मन्त्रालयका अधिकारीहरू पनि उत्पादन घट्ने बताउँछन् । तर, तत्काल कति उत्पादन घट्छ भन्न सक्ने अवस्था नरहेको उनीहरूको भनाइ छ । ‘खडेरीले प्रयाप्त रोपाइँ हुन सकेन । किसानले कस्तो बीउ लगाएका छन्, त्यो पनि थाहा भएन । मलको अवस्था पनि उस्तै छ, सहजै पाएका छैनन् । त्यसले पनि पक्कै उत्पादनमा असर गर्छ’ मन्त्रालयका एक सहसचिवले भने, ‘धेरैजसो किसानले ढिलागरी रोपेका छन, उत्पादन धेरै नै घट्छ । तर यति नै घट्ने भनेर अहिले नै यकिन गर्न गाह्रो हुन्छ ।’

केन्द्रका अनुसार सबैभन्दा मधेश प्रदेशमा समस्या देखिएको छ । मधेशलाई धान उत्पादनको राजधानी पनि भनिन्छ । मधेशमा ३ लाख ७० हजार १ सय ४५ हेक्टरमा रोपाइँ हुन्छ । तर यसपालि यहाँ ८७ प्रतिशत मात्रै रोपाइँ भएको छ ।

गएको वर्ष मधेशमा ९७ प्रतिशत रोपाइँ भएको थियो । मधेशमा खडेरीकै कारण रोपाइँ हुन सकेन । पछिल्लो समय पानी परेपछि किसानहरूले छिपिएकै बीउ रोपेका थिए । यद्यपि, शतप्रतिशत रोपाइँ हुन सकेन ।

केन्द्रका अनुसार कोशी प्रदेशमा पनि रोपाइँ घटेको छ । कोशीमा २ लाख ७६ हजार ३ सय ८६ हेक्टरमा रोपाइँ हुन्छ । यस वर्ष ९७ प्रतिशत मात्रै रोपाइँ भएको छ । २०८१ भदौ ७ सम्म भने कोशीमा शतप्रतिशत रोपाइँ भएको थियो । कोशीमा पनि पानी अभावकै कारण शतप्रतिशत रोपाइँ नभएको केन्द्रको ठहर छ । त्यस्तै, बागमती प्रदेशमा ९७ प्रतिशत रोपाइँ भएको छ । बागमतीमा १ लाख १५ हजार ६ सय २१ हेक्टरमा धान रोपाइँ हुन्छ । जसमध्ये १ लाख १२ हजार ४ सय ५९ हेक्टरमा मात्रै रोपाइँ भएको छ । गत वर्ष बागमतीमा ९९ प्रतिशत रोपाइँ भएको थियो ।

गण्डकीमा ९७ प्रतिशत रोपाइँ भएको छ । गण्डकी प्रदेशमा ९४ हजार १ सय ८२ हेक्टरमा बर्खे धान रोपाइँ हुन्छ । गएकाे वर्ष गण्डकीमा ९८ प्रतिशत रोपाइँ भएको थियो ।

लुम्बिनीमा ९८ प्रतिशत अर्थात् २ लाख ९८ हजार ११ हेक्टरमा रोपाइँ भएको छ । गत वर्ष लुम्बिनीमा ९८ प्रतिशत रोपाइँ भएको थियो ।

कर्णालीमा भने शतप्रतिशत जस्तै रोपाइँ भएको छ । केन्द्रका अनुसार कर्णाली प्रदेशमा ४१ हजार ४२ हेक्टरमा रोपाइँ हुन्छ । भदौ ८ सम्म ९९ प्रतिशत रोपाइँ भएको छ । गएको वर्ष कर्णालीमा ९९ प्रतिशत रोपाइँ भएको थियो ।

त्यस्तै, सुदूरपश्चिममा पनि सत प्रतिशत अर्थात् १ लाख ७५ हजार ६ सय ५२ हेक्टरमा रोपाइँ भएको छ । गएको वर्ष सुदूपश्चिममा शतप्रतिशत रोपाइँ भएको थियो । सुदूरमा १ लाख ७६ हजार १ सय ५१ हेक्टरमा बर्खे धान रोपाइँ हुन्छ । खेतीयोग्य जमिनमा रोपाइँ कम हुँदा उत्पादन घटेर धानरचामलको आयात बढ्ने जानकारहरू बताउँछन् ।

गएको आर्थिक वर्ष २०८१र८२ मा ५९ लाख ५५ हजार ४ सय ७६ टन धान उत्पादन भएको थियो । यो परिमाण आर्थिक वर्ष २०८०र८१ को भन्दा २ लाख ३१ हजार २ सय ४२ टन बढी भए पनि गत आर्थिक वर्षमा २० अर्ब ३५ करोडको ५ लाख टन धान ९बीउसहित० आयात गरिएको थियो । १८ अर्ब ६६ करोडको २ लाख ४१ हजार टन चामल ९कनिकासहित० आयात भएको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहिबार  ६ : ३२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित