१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

राष्ट्र बैंकको गभर्नरमा कांग्रेसका डाक्टर विश्व पौडेल पक्का, मंगलबार देउवा -ओलीबीच सहमति


७ जेष्ठ २०८२, मंगलबार  


लामो रस्साकस्सीछि राष्ट्र बैंकको गभर्नरमा ओ ली देउवाबीच सहमति भएको छ। मंगलबारको दुई शीर्ष नेताको बैठकले कांग्रेसका विश्व पौडेल राष्ट्र बैंकको गभर्नर बनाउने सहमति भएको हो।

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियामा लामो समयसम्म चलेको राजनीतिक रस्साकस्सीपछि अन्ततः शीर्ष नेताहरूबीच सहमति जुटेको हो ।

सहमति अनुसार डा। विश्वनाथ पौडेल गभर्नर नियुक्त हुने पक्का भएको छ । पौडेललाई गभर्नर बनाउन प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सहमति जुटेको हो । मंगलबार बिहान ओली–देउवाबीच पौडेललाई गभर्नर बनाउने सहमति कायम भएको हो ।

पूर्व राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत रहेका डा। पौडेल गभर्नर चयनका लागि गठित सिफारिस समितिका सदस्य पनि थिए । तर, नेपाली कांग्रेसको प्रस्तावमा उनी गभर्नरका उम्मेदवार बनेपछि सिफारिस समितिबाट राजीनामा दिएका थिए ।


दुई नेताबीच सहमति भएपछि सिफारिस समितिको बैठक सिफारिस गर्ने र बेलुकी मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने सत्तारूढ दलका एक नेताले बताए ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक डाक्टर गुणाकर भट्टको चर्चा थियोे । देउवाले उनलाई प्रस्ताव गरेका थिएर उनको राजिनामा कायममुकायम गभर्नर निलम ढुंगानाले रोकेपछि गभर्नरको रेसमा अल्झिएका थिए। उनको राजिनामा पनि स्वीकृत नभएपछि देउवाले डाक्टर विश्व पौडेललाई अघि सारेका हुन्।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, मंगलबार  ३ : ३४ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित