४ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025

हेलाे, सरकार ! युवा पलायनमा गम्भीर बन: बैकुण्ठ दाहाल


३० आश्विन २०८१, बुधबार  


सरकारले यदि युवा जनशक्तिलाई आफ्नै देशमा रोक्ने हाे भने, शिक्षा क्षेत्रमा आमूल सुधार गर्न जरुरी छ। त्यसकाे लागि शिक्षा क्षेत्रमा विद्यालय तहदेखिनै व्यवसायीक तथा प्राविधिक शिक्षामा जोड दिनु विकल्प देखिन्न ।

पुरातनवादी घोकन्ते शिक्षा नीति नै बेरोजगारी उत्पादन गर्ने कारखाना बनिरहेकाे छ। यस्तो भयावहकाे तथ्यांक देख्दादेख्दै पनि सरकार लाचार छ। समस्याको कारण र निवारणतिर किन सरकार गम्भीर बन्दैन ? असान्दर्भिक नीति र कार्यक्रममा पुनः विचार गर्न किन सकिरहेको छैन ? यहाँ नेर छ, गम्भीर सवाल !

जबसम्म सरकारले सम्बन्धित विषयगत विधामा युवाहरूलाइ दीक्षित गरि आफ्नै देशमा पसिना बगाइ उद्यम गर्ने वातावरण सुनिश्चित गर्दैन । तबसम्म युवा जनशक्ति विदेशिने क्रम रोकिदैन त्यसकारण सरकार बेलैमा चनाखो बनि युवाजनशक्तिलाई देशमै रोक्नतिर लाग्नुकाे विकल्प छैन।

विप्रेषणको भरमा देश चलाउनतिर लाग्नु भन्दा युवालाई आफ्नै देशमा उद्यमी बनाउन तिर केन्द्रीत हुनुमा नै देश र जनताको भलो हुनेछ ।
देश बिग्रियो सकियो र भत्किसक्यो देशमा कुनै सम्भावना नै छैन ,देशमा गरिखाने वातावरण नै छैन र गर्ने खालका क्षमतावान मान्छे पनि देशमा छैन भन्ने किसिमका अभिब्यक्तिले अहिले व्यापकता पाईरहेको छ ।

देशमा भएका सम्भावनाका ढोकाहरुमा भोटे ताल्चा मारेर देशका ठेक्दार भनाउदाहरु देशको नुनपानी खाएर देशकै बारेमा नकारात्मक टिका टिप्पणी गर्नमै एकथरी व्यस्त छन् । सबभन्दा पहिला त यीनैलाई सरकारले ठेगाना लगाउनु जरुरी छ ।

आफ्नै देशको नुनपानी खाएर आफ्नै देशका बारेमा नकारात्मक भाषय सिर्जना गरि भ्रमको खेती गर्नेहरुलाई अब सरकारले ज्वाई पाले जसरी पाल्नु देशका लागि घातक हुनेछ ।
अब लागौ युवा जनशक्ति र यीनलाई सरकारले किन आफ्नै देशमा रोक्न सकेन त भन्ने बहश तिर । देशबाट दैनिक ३/४ हजार युवा रोजगारी तथा अध्यानको लागि भन्दै विदेशी भूमितिर पलायन भैरहदा सरकार किन टुलुटुलु हेरेर मात्र बसरि रहेको छ त ?

किन सरकारले युवालाई आफ्नै देशमा रोजगारी दिन सकेन त ? के यी विषयमा कुनै पनि दिन सम्सद भवनमा बहस भएको छ त ? छैन किन्तु परन्तु सरकार आफ्नै कुर्सी जोगाउन बाहेक अरु कुनै पनि काममा लागिपरेको देखिदैन ।

जुन जोगि आएपनि कानै चिरेका भनेजस्तै छ। जति पनि सरकार बन्छन् । ती स्वार्थमा बन्छन् र भत्किन्छन् ।जब देशमा ठूला ठूला राजनीतिक परिवर्तनका लागि आन्दोलन हुन्छन् । तहामात्र युवाजनशक्तिको प्रयोग हुन्छ पछि तिनै शक्तिको अबमुल्यन हुन्छ । देशमा भएका उद्योगधन्दा कल- कारखाना मिट्टिका भाउमा बेचेर जनतालाई विदेशिन बाध्य पारिएको छ। यो निर्लज्ज राष्ट्रघाति दलाल सरकारबाट अब जनताले के नै आशा राख्ने ठाउ रह्यो र?

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ५ : ३७ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित