१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

गृहमन्त्री लेखक भन्छन्,-‘मलाई न्याय कसले दिन्छ ?’


१५ जेष्ठ २०८२, बुधबार  



गृहमन्त्री रमेश लेखकले आफूले पनि न्याय नपाएको बताएका छन् ।

भिजिट भिसा प्रकरणबारे बुधबार संघीय संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै उनले आफूलाई कसले न्याय दिने हो भन्दै प्रश्न गरेका हुन्।

‘सञ्चार माध्यम र सामाजिक सञ्जालमा कुरा उठ्ने बित्तिकै त्यसरी राजीनामा दिनुपर्ने स्थिति भयो भने के होला रु उठ्न सक्छ। तर त्यसमा गाम्भीर्यता हेरेर निर्णय लिनुपर्छ,’ उनले भने, ‘मैले पनि त न्याय पाउनुपर्‍यो नि। कि म न्याय नै नपाउने व्यक्ति हुँ र ?’

गृहमन्त्री लेखकले यसपूर्व तीन जना मन्त्रीले यो मन्त्रालय सम्हालेका बेला ६ जना व्यक्तिमाथि अख्तियारले मुद्दा हालेको समेत बताए। उनले त्यो बेला पनि यसरी नै प्रश्न उठ्दा राजीनामा नआएको भन्दै आफ्नो बचाउ गरे।

उनले भने, ‘सम्बन्धित मन्त्रालयसँग जोडेर प्रचार प्रसार गर्दै जाने हो भने शासन व्यवस्था ठीक ढंगले चल्छ, के यो सम्भव छ, पार्टी कार्यकर्ताको कुरा उठे सभापतिमाथि अनुसन्धान गर्ने ?’

गृहमन्त्री लेखकले राजनीतिक पूर्वाग्रह राखेर कर्मचारीलाई राजनीतिक व्यक्तिसँग जोड्दै जाने हो भने त्यो सम्भव नहुने दाबी गरे।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बुधबार  ६ : ४२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित